मुख्य समाचार
रुस-युक्रेन युद्धमा ज्यान गुमाएका नेपालीका परिवार क्षतिपूर्ति लिन मस्को पुगे
रुस-युक्रेन युद्धमा ज्यान गुमाएका नेपालीका परिवार क्षतिपूर्ति लिन मस्को पुगे

। रुसी सेनामा भर्ती भई युद्धमा ज्यान गुमाएका र घाइते भएका नेपालीका परिवारहरु क्षतिपूर्ति लिन मस्को पुगेका छन् ।

क्षतिपूर्ति पाउने नेपाली परिवारहरु कति संख्यामा छन् भन्ने अहिले नै स्पष्ट भइसकेको छैन । तर क्षतिपूर्ति दाबी र बेपत्तालाई खोज्दै करिब एक दर्जन हाराहारी व्यक्तिका नातेदार मस्को पुगेको अनुमान छ ।




परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले अनलाइनखबरसँग भने, ‘अहिलेसम्म दुई जना नेपाली मृतकका परिवारहरु क्षतिपूर्तिका लागि रुस गएको मेरो जानकारीमा छ । ती दुईमध्ये एक जनाको परिवारले दुई किस्तामा क्षतिपूर्ति प्राप्त गरिसक्नु भएको छ र अर्को प्रक्रियामा छ ।’ उनका अनुसार रुस सरकारले तीन किस्तामा क्षतिपूर्ति दिने गरेको छ ।

दुई जना मस्को पुगेको डकुमेन्ट आफूसँग रहे पनि त्योभन्दा बढी संख्यामा नेपालीहरु मस्को पुगेको सुनेको उनले बताए । ‘मेरो जानकारीमा दुई परिवार रुस पुगेको भन्ने मात्र छ । पछि थप अरु परिवारहरु पनि रुस पुगेको भन्ने सुनेको छु,’ ढकालले भने, ‘तर कति संख्यामा जानु भएको छ भन्ने डकुमेन्ट मेरो हातमा नभएकाले अहिले ठ्याक्कै भन्न सकिएन ।’




रुसी सेनामा भर्ती भएका नेपालीहरुको उद्धारका लागि भनेर अभियान चलाउँदै आएकी कृतु भण्डारी ७ जना मृतक र २ जना बेपत्ता गरी ९ जनाका नातेदार मस्को पुगेको बताउँछिन् । तीमध्ये एक जना दुबईबाट र एक जना हङकङबाट मस्को गएको उनको भनाइ छ ।

कन्सुलर सेवा विभागले दिन्छ पत्र

रुसमा नै गएर क्षतिपूर्ति प्राप्त गर्न चाहने नेपाली परिवारलाई मस्कोस्थित नेपाली दूतावासको सिफारिसमा परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले ‘टु हुम इट मे कन्सर्न’ अर्थात् ‘जो जससँग सम्बन्धित छ’ भन्ने पत्र लेखेर दिने गरेको छ ।

भण्डारीका अनुसार रुस सरकारबाट नेपालीले करिब २ करोड रुपैयाँ क्षतिपूर्ति पाएका छन् । तर त्यो रकम सहज ढंगले नेपाल ल्याउने वातावरण भने सरकारले बनाइदिनुपर्ने उनको भनाइ छ ।
सो पत्रका आधारमा नेपालको दूतावासले रुस सरकारका सम्बन्धित अधिकारी र निकायहरुसँग पीडित परिवारका सदस्यलाई सम्पर्क गराइदिने लगायतका काममा सहजीकरण गरिदिने मन्त्रालयका प्रवक्ता ढकालले बताए ।

रुसी सेनामा भर्ती भएर युद्धमा ज्यान गुमाएका र घाइते भएका नेपालीका परिवारलाई त्यहाँको सरकारले तीन किस्तामा क्षतिपूर्ति दिने गरेको छ ।

सो नीति अनुसार नेपालीका परिवारहरुले दुवै खालको क्षतिपूर्ति दाबी गरेको मन्त्रालयका प्रवक्ता ढकाल बताउँछन् । ‘एउटा मृतकका परिवारले र अर्को घाइते भएका व्यक्तिहरुले पनि क्षतिपूर्ति दाबी गर्नु भएको छ,’ उनले भने ।

‘रकम ल्याउने कानुनी गाँठो सरकारले फुकाइदिनुपर्छ’

भण्डारीका अनुसार रुस सरकारबाट नेपालीले करिब २ करोड रुपैयाँ क्षतिपूर्ति पाएका छन् । तर त्यो रकम सहज ढंगले नेपाल ल्याउने वातावरण भने सरकारले बनाइदिनुपर्ने उनको भनाइ छ ।

‘रुस सरकारले मृतक र घाइतेका परिवारलाई केही पारिवारिक सहयोगका साथै करिब दुई करोड नेपाली रुपैयाँ बैंक खातामा जम्मा गरिदिन्छ । तर त्यति धेरै रकम विदेशबाट नेपाल ल्याउन नपाइने भएकाले सरकारले यसको कानुनी गाँठो फुकाइदिनुपर्छ,’ भण्डारीले भनिन् ।

त्यसका लागि निरन्तर पहल गरिरहेको उनी बताउँछिन् । ‘आफन्त गुमाएका र घाइते भएकाका परिवारहरुलाई क्षतिपूर्ति रकम ल्याउने क्रममा थप पीडा नहोस् भनेर पहल भइरहेको छ,’ उनी भन्छिन् ।

२ सय नेपाली रुसबाट फर्किए

रुसी सेनामा भर्ती भएका कति नेपालीको मृत्यु भयो र कति घाइते भएका छन् भन्ने एकिन विवरण भने सरकारसँग छैन । नेपाल सरकारको रेकर्डमा ४८ जना मात्रै नेपालीको मृत्यु भएको विवरण छ । तर त्योभन्दा पनि धेरै संख्यामा नेपालीको मृत्यु भएको स्रोतहरु बताउँछन् ।

रुस–युक्रेन युद्ध सुरु भएपछि रुसले आफ्नो सेनामा भर्ती लिने क्रम बढेको थियो । नेपालीहरु पनि लुकिछिपी रुस पुगेर सेनामा भर्ती भएको पाइएको छ । रुस र नेपालबीच सैन्य भर्ती सम्बन्धी सहमति–सम्झौता केही पनि नभएकाले रुसी सेनामा नेपाली भर्ना हुनुलाई अवैध मानिन्छ ।

युद्धमा नेपालीहरु मारिने र वेपत्ता हुने क्रम बढेपछि जोखिममा रहेकाहरुलाई फर्काउन सरकारलाई दबाब परेको थियो । तर अवैध तरिकाले आफूखुसी रुस पुगेर सेनामा भर्ना भएकाहरुलाई फर्काउन कठिन हुने परराष्ट्र मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

यद्यपि केही नेपालीहरु नेपाल फर्किएका पनि छन् । मन्त्रालयका प्रवक्ता ढकालका अनुसार नेपाली दूतावास मस्कोको सहयोगमा दुई सयभन्दा बढी नेपाली स्वदेश फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विदेशमा रहेका नेपाली कामदारको पहिलो मासिक आम्दानी ५४ हजार ४०३ रुपैयाँ बराबर रहेको सरकारी सर्वेक्षणले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को प्राविधिक सहयोगमा नेपालमा पहिलो पटक आप्रवासी भर्ना लागत सर्वेक्षण २०२३ सञ्चालन गरेको हो । सो सर्वेक्षणको नतिजा कार्यालयले मंगलबार सार्वजनिक गरेको हो । सर्वेक्षणमा विदेश पुगेर नेपाल फर्किएका आप्रवासी कामदारसँग ...
: साउदी अरब सरकारले ३३ जना नेपाली कैदीलाई आममाफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीहरूलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाल सरकारले साउदी अरब सरकारको यस निर्णयप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा यो कदम नेपाल र साउदी अरबबीचको लामो समयदेखिको मित्रता, सद्भाव र सौहार्दपूर्ण ...
: साउदी अरब सरकारले ३३ जना नेपाली कैदीलाई आममाफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीहरूलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाल सरकारले साउदी अरब सरकारको यस निर्णयप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा यो कदम नेपाल र साउदी अरबबीचको लामो समयदेखिको मित्रता, सद्भाव र सौहार्दपूर्ण ...
: दक्षिण कोरियामा पछिल्लो एक महिनाको अवधिमा तीन नेपालीले विभिन्न घटनामा ज्यान गुमाएका छन् । २०८३ जेठ १५ देखि असार १३ सम्मको अवधिमा तीन जनाको मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुर स्थायी घर भएका प्रकाश राई र ओखलढुंगाको मोलुङ गाउँपालिका–७ स्थायी घर भएका २९ वर्षीय गणेश थापाको सवारी दुर्घटनामा ...
। कतारको रास लाफान औद्योगिक क्षेत्रस्थित बरजान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा घाइते भएका पाँच नेपालीमध्ये तीन जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । आइतबार राति भएको विस्फोट र त्यसपछिको आगलागीमा १३ जनाको मृत्यु हुनुका साथै ६६ जना श्रमिक घाइते भएका थिए । मृत्यु हुनेमध्ये १२ जना भारतीय र एक जना पाकिस्तानी नागरिक रहेका छन् । परराष्ट्र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम