मुख्य समाचार
रुस-युक्रेन युद्धमा ज्यान गुमाएका नेपालीका परिवार क्षतिपूर्ति लिन मस्को पुगे
रुस-युक्रेन युद्धमा ज्यान गुमाएका नेपालीका परिवार क्षतिपूर्ति लिन मस्को पुगे

। रुसी सेनामा भर्ती भई युद्धमा ज्यान गुमाएका र घाइते भएका नेपालीका परिवारहरु क्षतिपूर्ति लिन मस्को पुगेका छन् ।

क्षतिपूर्ति पाउने नेपाली परिवारहरु कति संख्यामा छन् भन्ने अहिले नै स्पष्ट भइसकेको छैन । तर क्षतिपूर्ति दाबी र बेपत्तालाई खोज्दै करिब एक दर्जन हाराहारी व्यक्तिका नातेदार मस्को पुगेको अनुमान छ ।




परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले अनलाइनखबरसँग भने, ‘अहिलेसम्म दुई जना नेपाली मृतकका परिवारहरु क्षतिपूर्तिका लागि रुस गएको मेरो जानकारीमा छ । ती दुईमध्ये एक जनाको परिवारले दुई किस्तामा क्षतिपूर्ति प्राप्त गरिसक्नु भएको छ र अर्को प्रक्रियामा छ ।’ उनका अनुसार रुस सरकारले तीन किस्तामा क्षतिपूर्ति दिने गरेको छ ।

दुई जना मस्को पुगेको डकुमेन्ट आफूसँग रहे पनि त्योभन्दा बढी संख्यामा नेपालीहरु मस्को पुगेको सुनेको उनले बताए । ‘मेरो जानकारीमा दुई परिवार रुस पुगेको भन्ने मात्र छ । पछि थप अरु परिवारहरु पनि रुस पुगेको भन्ने सुनेको छु,’ ढकालले भने, ‘तर कति संख्यामा जानु भएको छ भन्ने डकुमेन्ट मेरो हातमा नभएकाले अहिले ठ्याक्कै भन्न सकिएन ।’




रुसी सेनामा भर्ती भएका नेपालीहरुको उद्धारका लागि भनेर अभियान चलाउँदै आएकी कृतु भण्डारी ७ जना मृतक र २ जना बेपत्ता गरी ९ जनाका नातेदार मस्को पुगेको बताउँछिन् । तीमध्ये एक जना दुबईबाट र एक जना हङकङबाट मस्को गएको उनको भनाइ छ ।

कन्सुलर सेवा विभागले दिन्छ पत्र

रुसमा नै गएर क्षतिपूर्ति प्राप्त गर्न चाहने नेपाली परिवारलाई मस्कोस्थित नेपाली दूतावासको सिफारिसमा परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले ‘टु हुम इट मे कन्सर्न’ अर्थात् ‘जो जससँग सम्बन्धित छ’ भन्ने पत्र लेखेर दिने गरेको छ ।

भण्डारीका अनुसार रुस सरकारबाट नेपालीले करिब २ करोड रुपैयाँ क्षतिपूर्ति पाएका छन् । तर त्यो रकम सहज ढंगले नेपाल ल्याउने वातावरण भने सरकारले बनाइदिनुपर्ने उनको भनाइ छ ।
सो पत्रका आधारमा नेपालको दूतावासले रुस सरकारका सम्बन्धित अधिकारी र निकायहरुसँग पीडित परिवारका सदस्यलाई सम्पर्क गराइदिने लगायतका काममा सहजीकरण गरिदिने मन्त्रालयका प्रवक्ता ढकालले बताए ।

रुसी सेनामा भर्ती भएर युद्धमा ज्यान गुमाएका र घाइते भएका नेपालीका परिवारलाई त्यहाँको सरकारले तीन किस्तामा क्षतिपूर्ति दिने गरेको छ ।

सो नीति अनुसार नेपालीका परिवारहरुले दुवै खालको क्षतिपूर्ति दाबी गरेको मन्त्रालयका प्रवक्ता ढकाल बताउँछन् । ‘एउटा मृतकका परिवारले र अर्को घाइते भएका व्यक्तिहरुले पनि क्षतिपूर्ति दाबी गर्नु भएको छ,’ उनले भने ।

‘रकम ल्याउने कानुनी गाँठो सरकारले फुकाइदिनुपर्छ’

भण्डारीका अनुसार रुस सरकारबाट नेपालीले करिब २ करोड रुपैयाँ क्षतिपूर्ति पाएका छन् । तर त्यो रकम सहज ढंगले नेपाल ल्याउने वातावरण भने सरकारले बनाइदिनुपर्ने उनको भनाइ छ ।

‘रुस सरकारले मृतक र घाइतेका परिवारलाई केही पारिवारिक सहयोगका साथै करिब दुई करोड नेपाली रुपैयाँ बैंक खातामा जम्मा गरिदिन्छ । तर त्यति धेरै रकम विदेशबाट नेपाल ल्याउन नपाइने भएकाले सरकारले यसको कानुनी गाँठो फुकाइदिनुपर्छ,’ भण्डारीले भनिन् ।

त्यसका लागि निरन्तर पहल गरिरहेको उनी बताउँछिन् । ‘आफन्त गुमाएका र घाइते भएकाका परिवारहरुलाई क्षतिपूर्ति रकम ल्याउने क्रममा थप पीडा नहोस् भनेर पहल भइरहेको छ,’ उनी भन्छिन् ।

२ सय नेपाली रुसबाट फर्किए

रुसी सेनामा भर्ती भएका कति नेपालीको मृत्यु भयो र कति घाइते भएका छन् भन्ने एकिन विवरण भने सरकारसँग छैन । नेपाल सरकारको रेकर्डमा ४८ जना मात्रै नेपालीको मृत्यु भएको विवरण छ । तर त्योभन्दा पनि धेरै संख्यामा नेपालीको मृत्यु भएको स्रोतहरु बताउँछन् ।

रुस–युक्रेन युद्ध सुरु भएपछि रुसले आफ्नो सेनामा भर्ती लिने क्रम बढेको थियो । नेपालीहरु पनि लुकिछिपी रुस पुगेर सेनामा भर्ती भएको पाइएको छ । रुस र नेपालबीच सैन्य भर्ती सम्बन्धी सहमति–सम्झौता केही पनि नभएकाले रुसी सेनामा नेपाली भर्ना हुनुलाई अवैध मानिन्छ ।

युद्धमा नेपालीहरु मारिने र वेपत्ता हुने क्रम बढेपछि जोखिममा रहेकाहरुलाई फर्काउन सरकारलाई दबाब परेको थियो । तर अवैध तरिकाले आफूखुसी रुस पुगेर सेनामा भर्ना भएकाहरुलाई फर्काउन कठिन हुने परराष्ट्र मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

यद्यपि केही नेपालीहरु नेपाल फर्किएका पनि छन् । मन्त्रालयका प्रवक्ता ढकालका अनुसार नेपाली दूतावास मस्कोको सहयोगमा दुई सयभन्दा बढी नेपाली स्वदेश फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र ‘बीसीएम’को पहिलो बैठक पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ । लिस्बनस्थित परराष्ट्र मन्त्रालयमा शुक्रबार सम्पन्न बैठकमा द्विपक्षीय व्यापार, लगानी, पर्यटन, संस्कृति, शिक्षा तथा विज्ञान–प्रविधिको क्षेत्रमा सहयोग अभिवृद्धि र सहकार्य गर्ने सहमति भएको छ । बैठकमा नेपाल–पोर्चुगल सम्बन्धका राजनीतिक, आर्थिक तथा कन्सुलर मामिलालगायत समग्र पक्षहरूको समीक्षा गरिएको थियोे । दुवै पक्षले जलवायु ...
। मलेसियामा हाल १ लाखभन्दा बढी नेपाली सुरक्षा गार्ड कार्यरत छन् । महिनाको ३० दिन नै हरेक दिन १२ घण्टा ड्युटीमा खटिएर, ठुल्ठुलो भवनदेखि स–साना क्षेत्रको सुरक्षामा अहोरात्र खटिएका हुन्छन् । तर, मलेसियाको सुरक्षामा अहोरात्र खटिने नेपाली सुरक्षा गार्डहरू भने नारकीय जीवन भोग्न बाध्य छन् । महिनामा ३० दिन नै काम गर्नुपर्ने बाध्यता एकातिर छ भने ...
। बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी रहेको भन्दै भोक हड्ताल नगर्न आग्रह गरेको छ । ब्रिटिश गोर्खा संयुक्त संघर्ष समिति यूके–नेपालका तर्फबाट बेलायती प्रधानमन्त्री किअर स्टारमर तथा रक्षा मन्त्रालय अन्तर्गत भेट्रान्स मन्त्री लुइस स्यान्डर–जोन्सलाई पठाइएको एक अल्टिमेटम पत्रको जवाफ दिंदै जोन्सले सो कुरा बताएकी हुन् । भूतपूर्व गोर्खाहरुले उठाउँदै आएको समान ...
। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन(इन्टरपोल) सँगको समन्वयमा नेपाल फिर्ता ल्याएको छ । चालु आर्थिक वर्षमा ११ जनाविरूद्ध ‘रेड नोटिस’ र तीन जनाविरूद्ध ‘डिफ्युजन’ जारी भएकामा रेड नोटिस जारी भएका आठ र डिफ्युजन जारी भएका दुई जनालाई इन्टरपोलको समन्वयमा विभिन्न देशबाट पक्राउ गरी स्वदेश ल्याइएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी ...
। भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा परेर ज्यान गुमाउने नेपालीको संख्या चार पुगेको छ । बेपत्ता भएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएको हो । यससँगै मृतकको संख्या चार पुगेको छ । यही माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्समा रहेको अवैध कोइलाखानीमा विष्फोट हुँदा खोटाङकै बराहपोखरी गाउँपालिका-१ ...