मुख्य समाचार
लिग चरणको अन्तिम खेलमा मधेश प्रदेशले बागमती प्रदेशलाई ४ विकेटले हराए
लिग चरणको अन्तिम खेलमा मधेश प्रदेशले बागमती प्रदेशलाई ४ विकेटले हराए

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा मधेश प्रदेशले बागमती प्रदेशलाई ४ विकेटले हराएको छ।


मधेशका कप्तान अनिल कुमार शाहको अलराउन्ड प्रदर्शनमा मधेशले अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिता सकेको हो। उनले बलिङतर्फ २ विकेट र ब्याटिङमा ७० रन बनाए। मधेशसँग पराजित भए पनि बागमती भने शीर्ष ४ मा रहँदै जय ट्रफी खेल्ने भएको छ। समान ८ अंक भए पनि नेट रनरेटमा अगाडि रहँदै बागमती शीर्ष चारमा अटाएको हो।

सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट रंगशालामा लिगको अन्तिम खेलमा बागमती प्रदेशले २५९ रन बनाएको थियो। बागमतीले दिएको २६० रनको लक्ष्य पछ्याएको मधेशले ४६.१ ओभरमा ६ विकेट गुमाउँदै २६३ रन बनाएको थियो। मधेशको जितमा कप्तान अनिल कुमार शाहले ७० रनको अविजित पारी खेले। उनले ५३ बलमा ७ चौका र २ छक्का प्रहार गरेका हुन्।

मधेशका ओपनरद्वय रोहन विक र शैलेन्द्र शाहले क्रमशः ३९ र १६ रन बनाए। हरिशंकर शाहले ३३, पवन सरार्फले ३१, विशाल पटेलले १३ र दिपेश दासले १९ रन बनाए। रुपेश सिंह २५ रनमा अविजित रहे।

बागमतीका लागि बलिङ तर्फ सूर्य तामाङले सर्वाधिक २ विकेट लिए। उनले १० ओभरमा २ मेडनसहित ४४ रन खर्चिए। रिजन ढकाल, गौतम केसी, विपिन आचार्य र इशान पाण्डेले समान १–१ विकेट लिए।


पहिलो इनिङ्समा ब्याटिङ गरेको बागमती प्रदेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २५९ रन बनाएको थियो। बागमतीका ओपनर ब्याटर इशान पाण्डेले शतकीय पारी खेले। उनले १२७ बलमा १४ चौकासहित ११४ रन बनाएका हुन्।

शुभ कंसाकारले २०, रिजन ढकालले ३० र विवेक मगरले ३० रन र विपिन आचार्यले २७ रन बनाए। विपिन आचार्य १७ रनमा अविजित रहे। मधेशका लागि हरिशंकर शाह, पवन सर्राफ र अनिल शाहले समान २–२ विकेट लिए। रुपेश सिंह र विशाल पटेलले १–१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...