मुख्य समाचार
गोप्य जानकारी चुहावटमा अमेरिकी सुरक्षा सल्लाहकारले लिए जिम्मेवारी
गोप्य जानकारी चुहावटमा अमेरिकी सुरक्षा सल्लाहकारले लिए जिम्मेवारी

— अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले सैन्य आक्रमणबारे गोप्य सूचना चुहावटमा जिम्मेवारी लिएका छन् । उनले यमनमा सैन्य आक्रमणको योजनाबारे छलफल गरिएको ‘च्याट ग्रुप’ मा एक पत्रकारलाई जोडेकोमा आफू जिम्मेवार रहेको स्वीकार गरेका हुन् ।



सामाजिक सञ्जाल सिग्नलमा बनाइएको उक्त ‘च्याट ग्रुप’ मा अमेरिकी उपराष्ट्रपति जेडी भेन्ससहितका उच्च पदस्थ अधिकारीहरू थिए । च्याट ग्रुपमा एट्लान्टिक पत्रिकाका प्रमुख सम्पादक जेफ्री गोल्डबर्गलाई पनि जोडिएको थियो ।

गोल्डबर्गले गल्तिले माइक वाल्ट्ज नामक प्रयोगकर्ताले सिग्नल च्याटमा आफूलाई पनि थपेको बताएका थिए । ‘म पूर्ण जिम्मेवारी लिन्छु । मैले समूह बनाएको थिएँ,’ वाल्ट्जले मंगलबार फक्स न्युजसँग भने, ‘यो लज्जास्पद हो ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र गुप्तचर प्रमुखहरूले च्याट ग्रुपमा सार्वजनिक सूचनाले सुरक्षा जोखिम नभएको र कुनै पनि वर्गीकृत सामग्री साझा नगरिएको बताएका छन् । तर विपक्षी दल डेमोक्रेटिकका साथै केही रिपब्लिकन दलका नेता तथा सांसदले यो विषय गम्भीर रहेको भन्दै अनुसन्धानका लागि आह्वान गरेका छन् ।

Sunrise bank


यसअघि गोल्डबर्गले एक लेख लेख्दै यमनमा हवाई आक्रमण हुनुभन्दा दुई घण्टा अघिसम्म हातहतियार, बम आक्रमण तथा लक्ष्यसम्बन्धी गोप्य योजनामा आफूले पहुँच पाएको बताएका थिए । तर उनले उक्त सूचना भने लेखमा खुलाएका थिएनन् ।

वाल्ट्जले फक्स न्यूजसँगको अन्तर्वार्तामा गोल्डबर्ग कसरी च्याटमा आए भनेर व्याख्या गर्न सकेनन् । तर उनले आफु मातहतका कुनै कर्मचारी जिम्मेवार नभएको बताए । उक्त ग्रुप च्याटमा अर्को एक अधिकारी हुनुपर्नेमा गोल्डबर्ग जोडिन पुगेको उनको दाबी छ ।


‘हामीसँग यो कसरी भयो भनेर हेर्ने उत्कृष्ट प्राविधिक छन्,’ वाल्ट्जले भनेका छन् । आफ्नो फोनमा गोल्डबर्गको नम्बर नभएको उनको दाबी छ । ‘म तपाईंलाई शत प्रतिशत भन्न सक्छु म यो मान्छेलाई चिन्दिन,’ वाल्ट्जले भने । वाल्ट्जले कसरी त्यस्तो भयो भनेर पत्ता लगाउन मद्दतका लागि इलन मस्कसँग पनि कुरा गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका सुरक्षा निकायहरूले देशभरका पानी आपूर्ति तथा फोहोरपानी व्यवस्थापन प्रणालीलाई लक्षित गर्दै साइबर आक्रमण बढिरहेको चेतावनी दिएका छन् । आक्रमणकारीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को सहायतामा कमजोर सुरक्षा भएका औद्योगिक उपकरण पहिचान गरी हमला गरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ । अमेरिकी साइबर सुरक्षा एजेन्सी सीआईएसए, संघीय अनुसन्धान ब्युरो एफबीआई र राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएसहितका निकायले ...
। अमेरिकाको पश्चिमी अलास्कामा चार्टर विमान दुर्घटनामा परेको छ । एन्कोरेजबाट उडान भरेको विमान केप न्युएनहमनजिकै दुर्घटनामा परेको हो । संघीय अधिकारीको हवाला दिँदै समाचार एजेन्सी एपीले आठ जना सवार चार्टर विमान दुर्गम क्षेत्रमा रहेको राडार साइटनजिकै दुर्घटनामा परेको बताएको छ । नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई पाइलट र ...
। इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेको तथाकथित ‘इकोनोमिक डी-डे’ को कडा आलोचना गरेका छन्। अमेरिकाको यो कदम आफ्नो आर्थिक समस्याबाट ध्यान हटाउने प्रयास भएको उनले बताएका छन्। अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिकाको ‘इकोनोमिक डी-डे’ आफ्नै आर्थिक संकट लुकाउने तरिका भएको लेखेका छन्। बुधबार साँझ अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध ‘इकोनोमिक डी-डे’ सुरु गरेको घोषणा ...
। अमेरिकी सेनाले होर्मुजको जलमार्गमा गोप्य रूपमा एउटा जलमार्ग करिडोर स्थापना गरेको छ। यो करिडोरमार्फत दैनिक लाखौँ ब्यारेल कच्चा तेल ओसारपसार भइरहेको छ। व्यापक युद्ध गतिरोधमै रहेका बेला अमेरिकी सेनाले यो महत्त्वपूर्ण सफलता हासिल गरेको हो। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका हुन्। यो अपरेसन विगत केही हप्तादेखि सञ्चालनमा छ। ओमानको तटमा रहेको दक्षिणी च्यानलमार्फत हरेक ...
। रुसको पछिल्लो हमलामा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो हमलामा परी ४० जना घाइते भएका छन्। युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । युक्रेनले लगातार एयर डिफेन्स मिसाइलको अभाव झेलिरहेको छ। युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रातभर भएका हमलामा सहरका धेरै अपार्टमेन्ट ब्लक र गोदामहरूलाई निसाना बनाइएको छ। यस हमलाबाट एउटा बालबालिकाको अस्पताल ...