मुख्य समाचार
गोप्य जानकारी चुहावटमा अमेरिकी सुरक्षा सल्लाहकारले लिए जिम्मेवारी
गोप्य जानकारी चुहावटमा अमेरिकी सुरक्षा सल्लाहकारले लिए जिम्मेवारी

— अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले सैन्य आक्रमणबारे गोप्य सूचना चुहावटमा जिम्मेवारी लिएका छन् । उनले यमनमा सैन्य आक्रमणको योजनाबारे छलफल गरिएको ‘च्याट ग्रुप’ मा एक पत्रकारलाई जोडेकोमा आफू जिम्मेवार रहेको स्वीकार गरेका हुन् ।



सामाजिक सञ्जाल सिग्नलमा बनाइएको उक्त ‘च्याट ग्रुप’ मा अमेरिकी उपराष्ट्रपति जेडी भेन्ससहितका उच्च पदस्थ अधिकारीहरू थिए । च्याट ग्रुपमा एट्लान्टिक पत्रिकाका प्रमुख सम्पादक जेफ्री गोल्डबर्गलाई पनि जोडिएको थियो ।

गोल्डबर्गले गल्तिले माइक वाल्ट्ज नामक प्रयोगकर्ताले सिग्नल च्याटमा आफूलाई पनि थपेको बताएका थिए । ‘म पूर्ण जिम्मेवारी लिन्छु । मैले समूह बनाएको थिएँ,’ वाल्ट्जले मंगलबार फक्स न्युजसँग भने, ‘यो लज्जास्पद हो ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र गुप्तचर प्रमुखहरूले च्याट ग्रुपमा सार्वजनिक सूचनाले सुरक्षा जोखिम नभएको र कुनै पनि वर्गीकृत सामग्री साझा नगरिएको बताएका छन् । तर विपक्षी दल डेमोक्रेटिकका साथै केही रिपब्लिकन दलका नेता तथा सांसदले यो विषय गम्भीर रहेको भन्दै अनुसन्धानका लागि आह्वान गरेका छन् ।

Sunrise bank


यसअघि गोल्डबर्गले एक लेख लेख्दै यमनमा हवाई आक्रमण हुनुभन्दा दुई घण्टा अघिसम्म हातहतियार, बम आक्रमण तथा लक्ष्यसम्बन्धी गोप्य योजनामा आफूले पहुँच पाएको बताएका थिए । तर उनले उक्त सूचना भने लेखमा खुलाएका थिएनन् ।

वाल्ट्जले फक्स न्यूजसँगको अन्तर्वार्तामा गोल्डबर्ग कसरी च्याटमा आए भनेर व्याख्या गर्न सकेनन् । तर उनले आफु मातहतका कुनै कर्मचारी जिम्मेवार नभएको बताए । उक्त ग्रुप च्याटमा अर्को एक अधिकारी हुनुपर्नेमा गोल्डबर्ग जोडिन पुगेको उनको दाबी छ ।


‘हामीसँग यो कसरी भयो भनेर हेर्ने उत्कृष्ट प्राविधिक छन्,’ वाल्ट्जले भनेका छन् । आफ्नो फोनमा गोल्डबर्गको नम्बर नभएको उनको दाबी छ । ‘म तपाईंलाई शत प्रतिशत भन्न सक्छु म यो मान्छेलाई चिन्दिन,’ वाल्ट्जले भने । वाल्ट्जले कसरी त्यस्तो भयो भनेर पत्ता लगाउन मद्दतका लागि इलन मस्कसँग पनि कुरा गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानले गाजामा सेना पठाउने चर्चा चलिरहेको छ। बीबीसी उर्दूका अनुसार यस सम्बन्धमा सोधिएको प्रश्नमा पाकिस्तानका सैन्य प्रवक्ता अहमद शरीफले सरकारले कुन संरचनाअन्तर्गत सेना पठाउने भन्ने कुरामा निर्भर हुने बताए। शान्ति सम्झौताअन्तर्गत पाकिस्तानले गाजामा सेना पठाउने कि नपठाउने भन्ने बारेमा मिडियामा बहस चलिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २०-बुँदे शान्ति योजनाले गाजामा स्थिरता र ...
— तान्जानियाकी राष्ट्रपति सामिया सुलुहु हसनले कडा सुरक्षाबीच दोस्रो कार्यकालका लागि शपथ लिएकी छिन् । शनिबार सार्वजनिक मतपरिणामअनुसार ९८ प्रतिशत मत ल्याएर उनी विजयी भएकी हुन् । यद्यपि, विपक्षीहरूले यसलाई झुठो र देखावटी निर्वाचनका रुपमा टिप्पणी गरेका छन् । अधिकांश विपक्षी दलहरूले यस निर्वाचनमा सहभागिता जनाएका थिएनन् । कतिपय विपक्षीलाई सहभागी हुनबाट रोक लगाइएको थियो ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग सम्झौता गर्न चाहेको दाबी गरेका छन् । अमेरिकी टेलिभिजन एबीएस न्यूजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरान सम्झौताका लागि उत्सुक रहेको दाबी गरेका हुन् । उनले भने, ‘निश्चय नै उनीहरूले भन्ने छैनन्, उनीहरूले यस्तो भन्नु पनि हुँदैन, कुनै पनि कुशल वार्ताकारले यस्तो भन्दैनन् तर, इरान सम्झौताका लागि निकै उत्सुक छ ।’ हालैका ...
। भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले व्यवसायी अनिल अम्बानीको स्वामित्वमा रहेका रिलायन्स ग्रुप सम्बन्धित करिब ३ हजार ८४ करोड रुपैयाँ भारु मूल्य बराबरको सम्पत्ति जफत गरेको छ । ईडीले सम्पत्ति शुद्धीकरणको मुद्दामा रिलायन्स ग्रुप अन्तर्गतका ४० वटा कम्पनीको सम्पत्ति जफत गरेको इन्डियन एक्सप्रेस जनाएको हो । ईडीले मुम्बईस्थित अनिल अम्बानीको निजी घर, दिल्लीको रिलायन्स सेन्टर, र दिल्ली, ...
। बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उम्मेदवारी दिने सो पार्टीका नेताहरुले बताएका छन् । ८० वर्षीया खालिदा जियाले चुनाव लड्ने जानकारी बिएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले दिएका हुन् । जियाले देशका तीन निर्वाचन क्षेत्रमा चुनाव लड्ने उनको भनाइ छ। उनको बङ्गलादेश नेसनलिस्ट पार्टीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपङ्क्तिको नेताका रूपमा हेरिएको ...