मुख्य समाचार
रुसले युक्रेनसँग समुद्री युद्धविराम सुरू गर्नुअघि केही पश्चिमा प्रतिबन्धहरू हटाउनुपर्ने
रुसले युक्रेनसँग समुद्री युद्धविराम सुरू गर्नुअघि केही पश्चिमा प्रतिबन्धहरू हटाउनुपर्ने

— रुसले युक्रेनसँग समुद्री युद्धविराम सुरू गर्नुअघि केही पश्चिमा प्रतिबन्धहरू हटाउनुपर्ने बताएको छ । अमेरिकाले ब्ल्याक सीमा युद्धविरामका लागि रुस र युक्रेन सहमत भएको बताएको केही घण्टा भित्र रूसले आफ्ना देशका बैंकहरूमाथिको प्रतिबन्ध हट्नुपर्ने बताएको हो ।



रुसले सरकारी कृषि बैंक रोसेलखोजमाथिका प्रतिबन्ध खारेज गर्ने र स्विफ्ट अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमा फर्महरूको पहुँच पुनर्स्थापित गर्ने लगायतका माग अघि सारेको हो । युक्रेनी अधिकारीहरूले भने रुसले रातभर बन्दरगाह सहर माइकोलेभमा ड्रोन आक्रमण सुरू गरेको जनाएको छ । राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ती आक्रमण रूसले शान्ति नचाहेको ‘स्पष्ट संकेत’ भएको बताएका छन् ।

रुसले युक्रेनमा आक्रमण सुरू गरेसँगै युरोपेली संघ र यसका सहयोगीले रुसी वित्तीय संस्थाको स्विफ्टमाथिको पहुँच निलम्बन गरिदिएका थिए । सोसाइटी फर वर्ल्डवाइड इन्टरबैंक फाइनान्सियल टेलिकम्युनिकेसन (स्विफ्ट) ले सीमापार पैसाको सहज र द्रुत स्थानान्तरणलाई अनुमति दिन्छ ।

रुसी कम्पनीले स्विफ्टद्वारा प्रदान गरिएको सामान्य सहज र तत्काल लेनदेनमा पहुँच गुमाएपछि बहुमूल्य ऊर्जा र कृषि निर्यातको भुक्तानीमा बाधा पुगेको छ । यो निर्णय उल्टाउन युरोपेली संघको अनुमोदन आवश्यक पर्नेछ । तर पछिल्लो समय युरोपेली देशहरू किभको समर्थनमा देखिएकाले यो तत्काल सम्भव देखिँदैन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका सुरक्षा निकायहरूले देशभरका पानी आपूर्ति तथा फोहोरपानी व्यवस्थापन प्रणालीलाई लक्षित गर्दै साइबर आक्रमण बढिरहेको चेतावनी दिएका छन् । आक्रमणकारीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को सहायतामा कमजोर सुरक्षा भएका औद्योगिक उपकरण पहिचान गरी हमला गरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ । अमेरिकी साइबर सुरक्षा एजेन्सी सीआईएसए, संघीय अनुसन्धान ब्युरो एफबीआई र राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएसहितका निकायले ...
। अमेरिकाको पश्चिमी अलास्कामा चार्टर विमान दुर्घटनामा परेको छ । एन्कोरेजबाट उडान भरेको विमान केप न्युएनहमनजिकै दुर्घटनामा परेको हो । संघीय अधिकारीको हवाला दिँदै समाचार एजेन्सी एपीले आठ जना सवार चार्टर विमान दुर्गम क्षेत्रमा रहेको राडार साइटनजिकै दुर्घटनामा परेको बताएको छ । नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई पाइलट र ...
। इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेको तथाकथित ‘इकोनोमिक डी-डे’ को कडा आलोचना गरेका छन्। अमेरिकाको यो कदम आफ्नो आर्थिक समस्याबाट ध्यान हटाउने प्रयास भएको उनले बताएका छन्। अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिकाको ‘इकोनोमिक डी-डे’ आफ्नै आर्थिक संकट लुकाउने तरिका भएको लेखेका छन्। बुधबार साँझ अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध ‘इकोनोमिक डी-डे’ सुरु गरेको घोषणा ...
। अमेरिकी सेनाले होर्मुजको जलमार्गमा गोप्य रूपमा एउटा जलमार्ग करिडोर स्थापना गरेको छ। यो करिडोरमार्फत दैनिक लाखौँ ब्यारेल कच्चा तेल ओसारपसार भइरहेको छ। व्यापक युद्ध गतिरोधमै रहेका बेला अमेरिकी सेनाले यो महत्त्वपूर्ण सफलता हासिल गरेको हो। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका हुन्। यो अपरेसन विगत केही हप्तादेखि सञ्चालनमा छ। ओमानको तटमा रहेको दक्षिणी च्यानलमार्फत हरेक ...
। रुसको पछिल्लो हमलामा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो हमलामा परी ४० जना घाइते भएका छन्। युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । युक्रेनले लगातार एयर डिफेन्स मिसाइलको अभाव झेलिरहेको छ। युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रातभर भएका हमलामा सहरका धेरै अपार्टमेन्ट ब्लक र गोदामहरूलाई निसाना बनाइएको छ। यस हमलाबाट एउटा बालबालिकाको अस्पताल ...