मुख्य समाचार
विदेशबाट आयात गरिने कार र कारका पार्टपुर्जामा २५ प्रतिशत भन्सार लगाउने घोषणा
विदेशबाट आयात गरिने कार र कारका पार्टपुर्जामा २५ प्रतिशत भन्सार लगाउने घोषणा

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विदेशबाट आयात गरिने कार र कारका पार्टपुर्जामा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन्। ट्रम्पले उक्त कदमले अमेरिकी उत्पादन क्षेत्रलाई बढावा दिने बताएका छन्। यसले वार्षिक १०० अर्ब डलर राजस्व बढ्ने अपेक्षा गरिएको छ।


कारमा लगाउने भनिएको कर अप्रिल १ देखि लागू हुनेछ।


कर लगाउने निर्णयले अमेरिकी अटोमोबाइल कम्पनी जनरल मोटर्सको शेयर बुधबार ३% ले घटेको थियो। साथै जीप र क्रिसलरको मूल कम्पनी स्टेलान्टिसको शेयर पनि लगभग ३.६% ले घटेको थियो।



यसले अमेरिकामा नयाँ कारखानाहरू खोल्ने ट्रम्पले तर्क गरेका छन्। क्यानडा र मेक्सिकोमा बनाइएका विभिन्न अटो पार्टपुर्जा र तयार सवारी साधनहरू अब अमेरिकामा उत्पादन गर्न सकिने उनले बताए। ट्रम्पले आफ्नो निर्णय स्थायी भएको बताएका छन्।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको कर लगाउने निर्णयको आलोचना गरेका छन्। उनले भने, 'यो हामीमाथि प्रत्यक्ष आक्रमण हो, हामी हाम्रा कामदार र कम्पनीहरूको सुरक्षा गर्नेछौं।'

अमेरिकामा कारको मूल्य बढ्ने सम्भावना

रिपोर्टहरूका अनुसार अमेरिकामा नयाँ कारको औसत मूल्य अहिले लगभग ४९,००० अमेरिकी डलर छ। कर बढेपछि नयाँ शुल्कहरू लागू गरियो भने आयातित कारहरूको मूल्यमा थप १२,५०० बढ्न सक्ने जनाइएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार यो शुल्कले सवारी साधन निर्माताहरूको लागत बढाउन सक्छ र बिक्रीमा गिरावट ल्याउन सक्छ। अमेरिकी कार कम्पनीहरूले आफ्ना धेरैजसो अटो पार्टपुर्जा अन्य देशहरूबाट आयात गर्छन्।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले पनि अमेरिकी निर्णयप्रति निराशा व्यक्त गरेकी छिन्। उनले यो व्यवसायी र उपभोक्ताहरूका लागि नराम्रो निर्णय भएको उल्लेख गरेकी छन्।

ट्रम्पको उक्त कदमले विश्वव्यापी व्यापार युद्ध सुरु हुने सम्भावना बढाएको छ।

ट्रम्पको कदमले अमेरिकामा उल्लेखनीय कार उत्पादन अस्थायी रूपमा रोकिने सम्भावना पनि रहेको विज्ञहरुको भनाइ छ।

संयुक्त राज्य अमेरिकाले गत वर्ष लगभग ८० लाख कार आयात गरेको थियो, जुन लगभग २४० अर्ब डलर बराबरको व्यापार थियो।

अमेरिकामा कार पठाउनेमा मेक्सिको सबैभन्दा अगाडि छ। यसपछि दक्षिण कोरिया, जापान, क्यानडा र जर्मनी पर्छन्।

ट्रम्पको यो नयाँ कदमले विश्वव्यापी कार व्यापार र यसको आपूर्ति श्रृंखलालाई असर गर्ने खतरा छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका सुरक्षा निकायहरूले देशभरका पानी आपूर्ति तथा फोहोरपानी व्यवस्थापन प्रणालीलाई लक्षित गर्दै साइबर आक्रमण बढिरहेको चेतावनी दिएका छन् । आक्रमणकारीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को सहायतामा कमजोर सुरक्षा भएका औद्योगिक उपकरण पहिचान गरी हमला गरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ । अमेरिकी साइबर सुरक्षा एजेन्सी सीआईएसए, संघीय अनुसन्धान ब्युरो एफबीआई र राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएसहितका निकायले ...
। अमेरिकाको पश्चिमी अलास्कामा चार्टर विमान दुर्घटनामा परेको छ । एन्कोरेजबाट उडान भरेको विमान केप न्युएनहमनजिकै दुर्घटनामा परेको हो । संघीय अधिकारीको हवाला दिँदै समाचार एजेन्सी एपीले आठ जना सवार चार्टर विमान दुर्गम क्षेत्रमा रहेको राडार साइटनजिकै दुर्घटनामा परेको बताएको छ । नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई पाइलट र ...
। इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेको तथाकथित ‘इकोनोमिक डी-डे’ को कडा आलोचना गरेका छन्। अमेरिकाको यो कदम आफ्नो आर्थिक समस्याबाट ध्यान हटाउने प्रयास भएको उनले बताएका छन्। अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिकाको ‘इकोनोमिक डी-डे’ आफ्नै आर्थिक संकट लुकाउने तरिका भएको लेखेका छन्। बुधबार साँझ अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध ‘इकोनोमिक डी-डे’ सुरु गरेको घोषणा ...
। अमेरिकी सेनाले होर्मुजको जलमार्गमा गोप्य रूपमा एउटा जलमार्ग करिडोर स्थापना गरेको छ। यो करिडोरमार्फत दैनिक लाखौँ ब्यारेल कच्चा तेल ओसारपसार भइरहेको छ। व्यापक युद्ध गतिरोधमै रहेका बेला अमेरिकी सेनाले यो महत्त्वपूर्ण सफलता हासिल गरेको हो। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका हुन्। यो अपरेसन विगत केही हप्तादेखि सञ्चालनमा छ। ओमानको तटमा रहेको दक्षिणी च्यानलमार्फत हरेक ...
। रुसको पछिल्लो हमलामा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो हमलामा परी ४० जना घाइते भएका छन्। युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । युक्रेनले लगातार एयर डिफेन्स मिसाइलको अभाव झेलिरहेको छ। युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रातभर भएका हमलामा सहरका धेरै अपार्टमेन्ट ब्लक र गोदामहरूलाई निसाना बनाइएको छ। यस हमलाबाट एउटा बालबालिकाको अस्पताल ...