मुख्य समाचार
कर्मचारीबीच काम गरेर नभई प्रचारबाजी गरेर स्थापित हुने प्रतिस्पर्धा चलिरहेको : ऊर्जामन्त्री खड्का
कर्मचारीबीच काम गरेर नभई प्रचारबाजी गरेर स्थापित हुने प्रतिस्पर्धा चलिरहेको : ऊर्जामन्त्री खड्का

— ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले कर्मचारीबीच काम गरेर नभई प्रचारबाजी गरेर स्थापित हुने प्रतिस्पर्धा चलिरहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले कानुनभन्दा माथि बसेर आफूलाई स्थापित गर्न कर्मचारीहरुबीच होडबाजी चलिरहेको बताएका हुन् ।


प्रचारबाजी र मिडियाबाजी गरेर नभई काम गरेर स्थापित गर्नका लागि प्रतिस्पर्धा गर्न उनले आग्रह गरे । 'कर्मचारी साथीहरूलाई पनि हेर्छु बढी प्रचारबाजी गरेर स्थापित हुने भन्ने प्रतिस्पर्धा चलेको छ । यसले समाजलाई कहीँ पुर्‍याउँदैन । साँच्चै काम गरेर को स्थापित हुने भन्ने कुरामा प्रतिस्पर्धा गरौं मेरो आग्रह छ । यदि त्यसो भएन भने लगाम लगाउनुपर्ने, ठीक ठाउँमा राख्नुपर्ने सरकारको दायित्व हुन्छ । काम सबै मिलेरै गर्ने हो तर अनुशासित, मर्यादित भई कानुनभित्र बसेर काम गर्ने हो । यसमा तपाईंहरूको पनि ध्यान जाओस्,' उनले भने ।


विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएपछि सार्वजनिक रूपमा आलोचना भइरहेका बेला मन्त्री खड्काको यस्तो अभिव्यक्ति आएको हो ।

मन्त्री खड्काले सन् २०३५ भित्रमा जडित क्षमता २८ हजार ५०० मेगावाट र प्रतिव्यक्ति विद्युत् खपत १ हजार ५ सय युनिट प्रतिवर्ष पुर्‍याउने लक्ष्यसहित काम गरिरहेको बताए । अबको दुई वर्षभित्रमा मुलुकका शतप्रतिशत घरधुरीमा विद्युत् पहुँच पुर्‍याउने लक्ष्यका साथ सरकार अघि बढिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाललाई हाजिरी जमानीमा छुटेका छन् । उनलाई प्रदर्शनस्थलमा नदेखिएको भन्दै प्रहरीले हाजिरी जमानीमा छाडेको हो । उनलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो । तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि उनीसहित राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पनि पक्राउ परेका छन् । उनीहरूलाई भने म्याद थपका लागि अदालत लगिएको ...
— तीनकुने घटनामा पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायतलाई अदालतबाट ५ दिनको म्याद थप भएको छ । उनीहरुलाई बयानपछि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले थप ५ दिन थुनामा राख्न म्याद दिएको प्रहरी परिसर काठमाडौंका एसपी तथा सूचना अधिकारी अपिलराज बोहोराले जानकारी दिए । शुक्रबार काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा भौतिक संरचनामा ...
: काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र पूर्वराजा ज्ञानेन्द्र शाहले बुझ्न अस्वीकार गरेका छन्। आइतबार बिहान पूर्वराजा शाहलाई जरिवाना पत्र बुझाउन महानगरको टोली निर्मल निवास गएको थियो। निर्मल निवासका सुरक्षा अधिकारीहरूले पूर्वराजाले पत्र नबुझ्ने भनेपछि महानगरको टोली त्यहाँबाट फर्किएको हो। काठमाडौं महानगरपालिकाले पूर्वराजा शाहलाई विभिन्न शीर्षकमा जरिवाना गरेको थियो। महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई ७ लाख ९३ हजार ...
— कांग्रेस सांसद प्रकाशशरण महतले राजावादीको प्रदर्शनबाट पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन योग्य नरहेको स्पष्ट भएको बताएका छन् । आइतबार संघीय संसद् परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका महतले प्रदर्शनमा देखिएको अराजकताले पूर्वराजा शाहले निरंकुश राजा बन्न चाहेको आफूहरूको निष्कर्ष भएको बताएका हुन् । 'पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न चाहन्छन् भन्ने पनि राजावादीको आन्दोलनले ठाडै ...
। प्रहरीको खोजी सूचीमा रहेका राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि शुक्रबार प्रहरी घेरा तोडेर ज्यान जोगाएको स्पष्टीकरण दिएका छन् । शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रसाईंले प्रहरीको घेरालाई गाडीले पेल्दै अघि बढेका थिए । सो क्रममा उनले कयौं पटक अश्लील शब्द पनि प्रयोग गरेका थिए । उनलाई प्रहरीले अहिले पनि खोजी ...