मुख्य समाचार
मुख्य सडक विस्तारको विरोधमा वीरगन्ज बजार आधा दिन बन्द
मुख्य सडक विस्तारको विरोधमा वीरगन्ज बजार आधा दिन बन्द

— वीरगन्ज महानगरको मुख्य सडक २५–२५ मिटर विस्तारको विरोधमा उत्रिएका घरधनी र व्यवसायीले विरोधस्वरूप बिहीबार आधा दिन बजार बन्द गरे । बिहानदेखि मध्याह्न १२ बजेसम्म पसल बन्द गरेर उनीहरुले विरोध जनाएका हुन् ।



सडक विस्तारअघि उचित मुआब्जा पाउनुपर्ने माग उनीहरूको छ । सडक विस्तार रोक्नका लागि ‘वीरगन्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समिति' नै गठन गरेर संघर्ष थालिएको हो ।

यो समिति साबिकको वीरगन्ज बचाउ संघर्ष समिति मातहतकै समिति रहेको समितिका संयोजक जवाहरप्रसाद गुप्ताले बताए । उनले समितिको चरणबद्ध संघर्ष जारी रहने बताए । सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ आउनुअघि नै सडक विस्तारको काम सुरु गर्नु गलत भएको उनको भनाइ छ ।

वीरगन्ज–९ का वडाध्यक्ष समेत रहेका गुप्ताले मुख्य सडक २५–२५ मिटर विस्तार गर्दा वीरगन्जको इतिहास र सहरको अस्तित्व मेटिने खतरा रहेको बताए ।

उनले घरधनी र व्यवसायीलाई उचित मुआब्जा नदिई गरिने सडक विस्तारको काम स्वीकार्य नहुने पनि बताए । आफूहरुको मागलाई सम्बोधन नगरिए चरणबद्ध आन्दोलन गर्न बाध्य हुने उनले चेतावनी दिए ।

वीरगन्जको मुख्य सडक विस्तारविरुद्ध घरधनीले दिएको रिट सर्वोच्च अदालतले फागुन २८ गते खारेज गरेको थियो । त्यसपछि सडक विभागले महानगर कार्यालयसँग समन्वय गरेर सडक फराकिलो गर्ने तयारी सुरु गरेको हो । विभागले महानगरसँग समन्वय गरी नापी कार्यालयमार्फत सडक सीमांकन प्रक्रिया अघि बढाएको छ ।


वीरगन्ज बचाउ संघर्ष समितिले बिहीबार नै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै मुख्य सडक विस्तारको काम रोक्न माग गरेको छ । प्रहरी उपरीक्षक गौतम मिश्र तथा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल समेतको उपस्थितिमा समितिका संयोजक जवाहरप्रसाद गुप्ताले उक्त ज्ञापनपत्र प्रजिअ अर्याललाई बुझाएका थिए । ज्ञापनपत्रमा समितिको माग अविलम्ब पूरा नगरिए संघर्ष जारी राख्ने चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाललाई हाजिरी जमानीमा छुटेका छन् । उनलाई प्रदर्शनस्थलमा नदेखिएको भन्दै प्रहरीले हाजिरी जमानीमा छाडेको हो । उनलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो । तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि उनीसहित राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पनि पक्राउ परेका छन् । उनीहरूलाई भने म्याद थपका लागि अदालत लगिएको ...
— तीनकुने घटनामा पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायतलाई अदालतबाट ५ दिनको म्याद थप भएको छ । उनीहरुलाई बयानपछि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले थप ५ दिन थुनामा राख्न म्याद दिएको प्रहरी परिसर काठमाडौंका एसपी तथा सूचना अधिकारी अपिलराज बोहोराले जानकारी दिए । शुक्रबार काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा भौतिक संरचनामा ...
: काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र पूर्वराजा ज्ञानेन्द्र शाहले बुझ्न अस्वीकार गरेका छन्। आइतबार बिहान पूर्वराजा शाहलाई जरिवाना पत्र बुझाउन महानगरको टोली निर्मल निवास गएको थियो। निर्मल निवासका सुरक्षा अधिकारीहरूले पूर्वराजाले पत्र नबुझ्ने भनेपछि महानगरको टोली त्यहाँबाट फर्किएको हो। काठमाडौं महानगरपालिकाले पूर्वराजा शाहलाई विभिन्न शीर्षकमा जरिवाना गरेको थियो। महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई ७ लाख ९३ हजार ...
— कांग्रेस सांसद प्रकाशशरण महतले राजावादीको प्रदर्शनबाट पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन योग्य नरहेको स्पष्ट भएको बताएका छन् । आइतबार संघीय संसद् परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका महतले प्रदर्शनमा देखिएको अराजकताले पूर्वराजा शाहले निरंकुश राजा बन्न चाहेको आफूहरूको निष्कर्ष भएको बताएका हुन् । 'पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न चाहन्छन् भन्ने पनि राजावादीको आन्दोलनले ठाडै ...
। प्रहरीको खोजी सूचीमा रहेका राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि शुक्रबार प्रहरी घेरा तोडेर ज्यान जोगाएको स्पष्टीकरण दिएका छन् । शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रसाईंले प्रहरीको घेरालाई गाडीले पेल्दै अघि बढेका थिए । सो क्रममा उनले कयौं पटक अश्लील शब्द पनि प्रयोग गरेका थिए । उनलाई प्रहरीले अहिले पनि खोजी ...