मुख्य समाचार
पछिल्लो समय भइरहेका विरोधलाई लिएर अनावश्यक रूपमा त्रास फैलाइएको : प्रधानमन्त्री
पछिल्लो समय भइरहेका विरोधलाई लिएर अनावश्यक रूपमा त्रास फैलाइएको : प्रधानमन्त्री

— प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पछिल्लो समय भइरहेका विरोधलाई लिएर अनावश्यक रूपमा त्रास फैलाइएको बताएका छन् । महिला उद्यमी महासंघद्वारा बिहीबार ललितपुरमा आयोजित आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्‍घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा स-साना विरोध र जुलुस सधैं हुने गरेको बताएका हुन् ।


प्रधानमन्त्री ओलीले एउटा विदेशी दूतावासले सूचना जारी गरेर अनावश्यक प्रचार गरेको पनि बताए । उनले भने, 'एउटा एम्बेसीले अनावश्यक रूपमा एउटा नोटिस जारी गर्‍यो कुनै पनि बेला कर्फ्यु जारी हुन सक्छ । जुलुस निस्कँदैछ । बाहिर ननिस्कनू । त्यो ग्लोबल्ली एउटा अनावश्यक प्रचारको कुरा मात्र हो ।'


शुक्रबार समाजवादी मोर्चा र राजावादी समूहले प्रदर्शन गर्दैछन् । स्थानीय प्रशासनले मोर्चालाई भृकुटीमण्डप र राजावादी समूहलाई कोटेश्वरमा सभा गर्न ठाउँ छुट्याइदिएको छ । प्रधानमन्त्री ओली शुक्रबारका सभालाई लिएर अनावश्यक प्रचारबाजी गरिएको बताएका हुन् । 'वास्तवमा त्यस्तो केही पनि हुँदैन । १०/१५ हजारको जुलुस नेपालमा निस्क्या निस्क्यै छ । त्यसलाई तिललाई पहाड बनाउन आवश्यक छैन,' उनले भने ।

स-साना कुरालाई वास्ता नगरी देश विकासका काममा अगाडि बढ्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, 'तर यो नेपाल हो । यहाँ यस्तो भुँपु बजाइएको छ कि भोलि केही हुँदैछ । केही हुँदैछ भोलि । एउटा जुलुस निस्किएर भृकुटीमण्डपमा सभा हुन्छ, एउटा कोटेश्वरमा सभा हुन्छ । हुने त्यति हो । यो सभा त सधैं हुने गरेकै हो । त्यति नै हुन्छ भोलि पनि । तर यहाँ एउटा ह्याभोक छ, टेरर छ, त्रास छ- के-के हुन्छ भन्ने ?'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाललाई हाजिरी जमानीमा छुटेका छन् । उनलाई प्रदर्शनस्थलमा नदेखिएको भन्दै प्रहरीले हाजिरी जमानीमा छाडेको हो । उनलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो । तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि उनीसहित राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पनि पक्राउ परेका छन् । उनीहरूलाई भने म्याद थपका लागि अदालत लगिएको ...
— तीनकुने घटनामा पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायतलाई अदालतबाट ५ दिनको म्याद थप भएको छ । उनीहरुलाई बयानपछि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले थप ५ दिन थुनामा राख्न म्याद दिएको प्रहरी परिसर काठमाडौंका एसपी तथा सूचना अधिकारी अपिलराज बोहोराले जानकारी दिए । शुक्रबार काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा भौतिक संरचनामा ...
: काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र पूर्वराजा ज्ञानेन्द्र शाहले बुझ्न अस्वीकार गरेका छन्। आइतबार बिहान पूर्वराजा शाहलाई जरिवाना पत्र बुझाउन महानगरको टोली निर्मल निवास गएको थियो। निर्मल निवासका सुरक्षा अधिकारीहरूले पूर्वराजाले पत्र नबुझ्ने भनेपछि महानगरको टोली त्यहाँबाट फर्किएको हो। काठमाडौं महानगरपालिकाले पूर्वराजा शाहलाई विभिन्न शीर्षकमा जरिवाना गरेको थियो। महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई ७ लाख ९३ हजार ...
— कांग्रेस सांसद प्रकाशशरण महतले राजावादीको प्रदर्शनबाट पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन योग्य नरहेको स्पष्ट भएको बताएका छन् । आइतबार संघीय संसद् परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका महतले प्रदर्शनमा देखिएको अराजकताले पूर्वराजा शाहले निरंकुश राजा बन्न चाहेको आफूहरूको निष्कर्ष भएको बताएका हुन् । 'पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न चाहन्छन् भन्ने पनि राजावादीको आन्दोलनले ठाडै ...
। प्रहरीको खोजी सूचीमा रहेका राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि शुक्रबार प्रहरी घेरा तोडेर ज्यान जोगाएको स्पष्टीकरण दिएका छन् । शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रसाईंले प्रहरीको घेरालाई गाडीले पेल्दै अघि बढेका थिए । सो क्रममा उनले कयौं पटक अश्लील शब्द पनि प्रयोग गरेका थिए । उनलाई प्रहरीले अहिले पनि खोजी ...