: १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका-७ का २४ वर्षीय गौतम रहेका छन्। चैत ९ गते डर त्रास देखाएर ती बालिकालाई जबरजस्ती करणी गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो।
अभिभावकले दर्ता गराएको उजुरीका आधारमा गौतमलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताए। आरोपित गौतमलाई जबरजस्ती करणी मुद्दा दर्ता गरी जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।