मुख्य समाचार
गणतन्त्रवादी र राजावादीको शक्ति प्रदर्शनलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा
गणतन्त्रवादी र राजावादीको शक्ति प्रदर्शनलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा

— शुक्रबार काठमाडौं हुने गणतन्त्रवादी र राजावादीको शक्ति प्रदर्शनलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा गरिएको छ ।


माओवादी, एकीकृत समाजवादी, महेन्द्रराय यादव नेतृत्वको नेसपा र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चाको जनसभा काठमाडौंको प्रदर्शनीमार्गमा र पूर्वपञ्च नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले तिनकुनेमा सभा गर्दैदछ ।


दुई छुट्टाछुट्टै स्थानमा स्थानमा हुने प्रदर्शनको स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको जानकारी दिएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले पच्चिस सय बढी प्रहरी परिचालन भएको बताए । ‘हामीले कार्यक्रम स्थालको सुरक्षा, र्‍यालीहरु एक अर्कोसँग भेट नहोस् भन्ने हिसाबले र प्रदर्शन बाहेका अरु क्रियाकलाप हुन नदिन सुरक्षा केन्द्रत गरेका छौं’, आचार्यले भने, ‘दुवै कार्यक्रम शान्तिपूर्ण होस् भन्ने पक्षमा प्रहरी छ ।’

प्रर्दशनको सुरक्षाका लागि सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर पनि सहभागी हुनेछन् । दुवै सभाको निगरानी सिसिटिभी क्यामेरा र ड्रोनबाट हुने आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाललाई हाजिरी जमानीमा छुटेका छन् । उनलाई प्रदर्शनस्थलमा नदेखिएको भन्दै प्रहरीले हाजिरी जमानीमा छाडेको हो । उनलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो । तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि उनीसहित राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पनि पक्राउ परेका छन् । उनीहरूलाई भने म्याद थपका लागि अदालत लगिएको ...
— तीनकुने घटनामा पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायतलाई अदालतबाट ५ दिनको म्याद थप भएको छ । उनीहरुलाई बयानपछि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले थप ५ दिन थुनामा राख्न म्याद दिएको प्रहरी परिसर काठमाडौंका एसपी तथा सूचना अधिकारी अपिलराज बोहोराले जानकारी दिए । शुक्रबार काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा भौतिक संरचनामा ...
: काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र पूर्वराजा ज्ञानेन्द्र शाहले बुझ्न अस्वीकार गरेका छन्। आइतबार बिहान पूर्वराजा शाहलाई जरिवाना पत्र बुझाउन महानगरको टोली निर्मल निवास गएको थियो। निर्मल निवासका सुरक्षा अधिकारीहरूले पूर्वराजाले पत्र नबुझ्ने भनेपछि महानगरको टोली त्यहाँबाट फर्किएको हो। काठमाडौं महानगरपालिकाले पूर्वराजा शाहलाई विभिन्न शीर्षकमा जरिवाना गरेको थियो। महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई ७ लाख ९३ हजार ...
— कांग्रेस सांसद प्रकाशशरण महतले राजावादीको प्रदर्शनबाट पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन योग्य नरहेको स्पष्ट भएको बताएका छन् । आइतबार संघीय संसद् परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका महतले प्रदर्शनमा देखिएको अराजकताले पूर्वराजा शाहले निरंकुश राजा बन्न चाहेको आफूहरूको निष्कर्ष भएको बताएका हुन् । 'पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न चाहन्छन् भन्ने पनि राजावादीको आन्दोलनले ठाडै ...
। प्रहरीको खोजी सूचीमा रहेका राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि शुक्रबार प्रहरी घेरा तोडेर ज्यान जोगाएको स्पष्टीकरण दिएका छन् । शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रसाईंले प्रहरीको घेरालाई गाडीले पेल्दै अघि बढेका थिए । सो क्रममा उनले कयौं पटक अश्लील शब्द पनि प्रयोग गरेका थिए । उनलाई प्रहरीले अहिले पनि खोजी ...