मुख्य समाचार
माधवकुमार नेपालले कांग्रेस एमाले गठबन्धन सरकार आफैं 'ढल्यो ढल्यो...' भन्ने गीत गाइरहेको बताए
माधवकुमार नेपालले कांग्रेस एमाले गठबन्धन सरकार आफैं 'ढल्यो ढल्यो...' भन्ने गीत गाइरहेको बताए

— नेपाल समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस एमाले गठबन्धन सरकार आफैं 'ढल्यो ढल्यो...' भन्ने गीत गाइरहेको बताएका छन् ।


शुक्रबार काठमाडौंमा आयोजित समाजवादी मोर्चाको सभामा उनले सरकार जनताको काम गर्नबाट बिमुख भएको बताए ।


‘सरकार जनताको समस्यामा तमासे भएर बसेको छ । जनताका समस्यासँग चासो छैन,’ उनले भने, ‘सरकारलाई गीत गाउन समस्या छन् । सरकार ढले ढले भन्दैछ । हामीले सरकार ढालिरहेका छैनौं । सरकारको वुद्धि सप्रियोस् ।’

उनले माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले धोका दिएको आरोप लगाए । ‘प्रचण्ड सोझो मान्छे । स्वर्गमा लाने भनेर राति नर्कतिर धकेलेछन्,’ उनले भने,

उनले भने, ‘मलाई पनि फकाउन आएका थिए । हामी पनि एकक्षण भ्रममा पर्‍यौं । उनको सोच, चिन्तन कस्तो छ । देश बनाउने हुटहुटी छ कि छैन ? हामीले पाइरहेका छैनौं । सरकार भ्रष्टाचारतिर ध्ष्यान छ । जनताको पीडाले पोल्दैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाललाई हाजिरी जमानीमा छुटेका छन् । उनलाई प्रदर्शनस्थलमा नदेखिएको भन्दै प्रहरीले हाजिरी जमानीमा छाडेको हो । उनलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो । तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि उनीसहित राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पनि पक्राउ परेका छन् । उनीहरूलाई भने म्याद थपका लागि अदालत लगिएको ...
— तीनकुने घटनामा पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायतलाई अदालतबाट ५ दिनको म्याद थप भएको छ । उनीहरुलाई बयानपछि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले थप ५ दिन थुनामा राख्न म्याद दिएको प्रहरी परिसर काठमाडौंका एसपी तथा सूचना अधिकारी अपिलराज बोहोराले जानकारी दिए । शुक्रबार काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा भौतिक संरचनामा ...
: काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र पूर्वराजा ज्ञानेन्द्र शाहले बुझ्न अस्वीकार गरेका छन्। आइतबार बिहान पूर्वराजा शाहलाई जरिवाना पत्र बुझाउन महानगरको टोली निर्मल निवास गएको थियो। निर्मल निवासका सुरक्षा अधिकारीहरूले पूर्वराजाले पत्र नबुझ्ने भनेपछि महानगरको टोली त्यहाँबाट फर्किएको हो। काठमाडौं महानगरपालिकाले पूर्वराजा शाहलाई विभिन्न शीर्षकमा जरिवाना गरेको थियो। महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई ७ लाख ९३ हजार ...
— कांग्रेस सांसद प्रकाशशरण महतले राजावादीको प्रदर्शनबाट पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन योग्य नरहेको स्पष्ट भएको बताएका छन् । आइतबार संघीय संसद् परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका महतले प्रदर्शनमा देखिएको अराजकताले पूर्वराजा शाहले निरंकुश राजा बन्न चाहेको आफूहरूको निष्कर्ष भएको बताएका हुन् । 'पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न चाहन्छन् भन्ने पनि राजावादीको आन्दोलनले ठाडै ...
। प्रहरीको खोजी सूचीमा रहेका राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि शुक्रबार प्रहरी घेरा तोडेर ज्यान जोगाएको स्पष्टीकरण दिएका छन् । शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रसाईंले प्रहरीको घेरालाई गाडीले पेल्दै अघि बढेका थिए । सो क्रममा उनले कयौं पटक अश्लील शब्द पनि प्रयोग गरेका थिए । उनलाई प्रहरीले अहिले पनि खोजी ...