मुख्य समाचार
राजावादीको समूहले काठमाडौंको जडीबुटीस्थित जडीबुडी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी
राजावादीको समूहले काठमाडौंको जडीबुटीस्थित जडीबुडी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी

। राजावादीको समूहले काठमाडौंको जडीबुटीस्थित जडीबुडी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरिएको छ । तोडफोड र आगजनी गर्न सुरु गरेपछि भागेर कर्मचारीहरूले भागेर ज्यान जोगाएको कम्पनीकी महाप्रबन्धक डा.संगीता यादवले बताइन् ।

‘साढे २ बजेतिर हामी भित्र काम गरिरहेका थियौँ’ यादवले अनलाइनखबरसँग भनिन्न्, ‘अचानक बाहिरबाट ढुंगामुढा सुरु भयो । अफिसमा अगाडि सिसैसिसा छ । कसरी ज्यान जोगाएर बस्ने भन्ने भएर भित्र कोठामा बसेका थियौँ । बाहिर राखिएका गाडीमा आगजनी गर्न सुरु गरे ।’


मुख्य भवनमा पनि आगो लगाउने डरले पछाडि पट्टी स्टोरबाट बाहिर भागेको यादवले जानकारी दिइन्।

आगजनी हुन थालेपछि प्रहरी, वन कार्यालय लगायत पहुँच भएका सबै ठाउँमा सहयोग माग्दा पनि आगो निभाउन पहल नभएको गुनासो यादवको छ ।


स्टोरमा प्राय गरी प्रज्जवनशील पदार्थहरू रहेकाले त्यहाँ आगो लाग्यो भने ठूलो विस्फोट हुने यादवले बताइन् । विस्फोट भएमा जुडीबुटी क्षेत्रमै ठूलो क्षति हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाललाई हाजिरी जमानीमा छुटेका छन् । उनलाई प्रदर्शनस्थलमा नदेखिएको भन्दै प्रहरीले हाजिरी जमानीमा छाडेको हो । उनलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो । तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि उनीसहित राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पनि पक्राउ परेका छन् । उनीहरूलाई भने म्याद थपका लागि अदालत लगिएको ...
— तीनकुने घटनामा पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायतलाई अदालतबाट ५ दिनको म्याद थप भएको छ । उनीहरुलाई बयानपछि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले थप ५ दिन थुनामा राख्न म्याद दिएको प्रहरी परिसर काठमाडौंका एसपी तथा सूचना अधिकारी अपिलराज बोहोराले जानकारी दिए । शुक्रबार काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा भौतिक संरचनामा ...
: काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र पूर्वराजा ज्ञानेन्द्र शाहले बुझ्न अस्वीकार गरेका छन्। आइतबार बिहान पूर्वराजा शाहलाई जरिवाना पत्र बुझाउन महानगरको टोली निर्मल निवास गएको थियो। निर्मल निवासका सुरक्षा अधिकारीहरूले पूर्वराजाले पत्र नबुझ्ने भनेपछि महानगरको टोली त्यहाँबाट फर्किएको हो। काठमाडौं महानगरपालिकाले पूर्वराजा शाहलाई विभिन्न शीर्षकमा जरिवाना गरेको थियो। महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई ७ लाख ९३ हजार ...
— कांग्रेस सांसद प्रकाशशरण महतले राजावादीको प्रदर्शनबाट पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन योग्य नरहेको स्पष्ट भएको बताएका छन् । आइतबार संघीय संसद् परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका महतले प्रदर्शनमा देखिएको अराजकताले पूर्वराजा शाहले निरंकुश राजा बन्न चाहेको आफूहरूको निष्कर्ष भएको बताएका हुन् । 'पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न चाहन्छन् भन्ने पनि राजावादीको आन्दोलनले ठाडै ...
। प्रहरीको खोजी सूचीमा रहेका राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि शुक्रबार प्रहरी घेरा तोडेर ज्यान जोगाएको स्पष्टीकरण दिएका छन् । शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रसाईंले प्रहरीको घेरालाई गाडीले पेल्दै अघि बढेका थिए । सो क्रममा उनले कयौं पटक अश्लील शब्द पनि प्रयोग गरेका थिए । उनलाई प्रहरीले अहिले पनि खोजी ...