। नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दल खोलेर राजनीतिक प्रतिस्पर्धामा आउन चेतावनी दिएकी छन् ।
भृकृटीमण्डपमा आयोजित समाजवादी मोर्चाको सभामा बोल्दै भुसालले पूर्वराजा ज्ञानेन्द्रले आफू नागरिक सरहको हैसियतमा मात्र रहेको नबिर्सन आग्रह गरे ।
‘पूर्वराजा ज्ञानेन्द्रलाई राजनीतिको रहर छ भने आफैं दल खोल अथवा राप्रपाबाट आऊ । दुई तिहाइ ल्याएर राष्टपति र प्रधानमन्त्री बन,’ उनले भनिन् ।
सरकारले गरिरहेको कमजोरीका कारण उत्पन्न परिस्थितिलाई राजावादीहरूले प्रयोग गर्न खोजेपनि सम्भव नरहेको बताइन् । उनले सरकारलाई पनि सच्चिन आग्रह गरिन् ।