मुख्य समाचार
बैंगलोर(आरसीबी)ले चेन्नाई सुपर किङ्स(सीएसके)माथि ५० रनको फराकिलो जित
बैंगलोर(आरसीबी)ले चेन्नाई सुपर किङ्स(सीएसके)माथि ५० रनको फराकिलो जित

: इन्डियन प्रिमियर लिग(आइपीएल)मा रोयल च्यालेन्जर्स बैंगलोर(आरसीबी)ले चेन्नाई सुपर किङ्स(सीएसके)माथि ५० रनको फराकिलो जित निकालेको छ।


चेन्नाईको घरेलु मैदान एमए चिदाम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आरसीबीले ७ विकेट गुमाउँदै १९६ रन बनाएको थियो।

आरसीबीले दिएको १९७ रनको विजयी लक्ष्य पछ्याएको सीएसकेले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४६ रन बनायो।

सीएसकेको लागि ओपनर ब्याटर रचिन रविन्द्रले सर्वाधिक ४१ रनको पारी खेले । उनले ३१ बलमा ५ चौका प्रहार गरे।

इम्प्याक्ट प्लेअरको रुपमा मैदानमा आएकका शिवम् दुबेले १९ रन बनाउँदा रविन्द्र जडेजाले २५ रन बनाए । रविचन्द्र आश्विन ११ रनमा पेभेलियन फर्किए। महेन्द्र सिंह धोनी ३० र नुर अहमद शुन्यमा अपराजित रहे।

आरसीबीका लागि बलिङमा जोस ह्याजलवुडले सर्वाधिक ३ विकेट लिए। यश दयाल र लियम लिभिङस्टोनले समान २–२ विकेट लिए। भुवनेश्वर कुमारले १ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको आरसीबीको लागि कप्तान रजत पाटिदारले सार्वधिक ५१ रनको अर्धशतकीय पारी खेले।

ओपनरद्वय फिल साल्टल र विराट कोहलीले क्रमशः ३२ र ३१ रन बनाउँदै पेभेलियन फर्किए। देवदुत पाडिकलले २७, लियम लिभिङ्स्टोन १०, जितेश शर्माले १२ रन बनाउँदा टिम डेबिटले २२ रन बनाए।

सीएसकेको बलरमा नुर अहमदले सर्वाधिक ३ विकेट लिए। माथेसा पाथिरानाले २ विकेट लिँदा खलिल हमिद र रविचन्द्र आश्विनले १–१ विकेट लिए।

२ खेलमा २ जित दर्ता गर्दै आरसीबी हाल टेबलको शिर्ष स्थानमा रहेको छ। आरसीबीएले पहिलो खेलमा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको थियो।

चेन्नाईको यो पहिलो हार हो। चेन्नाईले भने पहिलो खेलमा मुम्बई इन्डियन्स्माथि ४ विकेटको जित निकालेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...