मुख्य समाचार
नेपाल क्रिकेट संघ (क्यान) ले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ
नेपाल क्रिकेट संघ (क्यान) ले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ

: हङकङमा आयोजना हुने चारदेशीय शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। क्यानले रोहित पौडेलको कप्तानीमा २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो।


यस संकरण प्रधानमन्त्री कपमा चम्किएका किरण ठगुन्ना, रुपेश सिंह, अर्जुन घर्ती र दिपेन्द्र रावतले पनि प्रशिक्षणमा स्थान बनाएका छन्। शनिबार सम्पन्न भएको प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेका ४ खेलाडीले राष्ट्रिय टिमको प्रशिक्षणमा स्थान बनाएका हुन्।


यस नामावलीमा साहब आलम,वसिर अहमद र नन्दन यादवले राष्ट्रिय टिममा कमब्याक गर्ने मौका पाएका छन्। क्यानले अप्रिल ९ देखि १३ तारिखसम्म हङकङ चाइनामा हुने चार देशीय टी-२० प्रतियोगिताका लागि नेपालले २० खेलाडी सम्मेलित नामावली प्रकाशन गरेको हो।



प्रतियोगिताको तयारी प्रशिक्षण अप्रिल २ तारिखदेखि भैरहवामा सुरु हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले विज्ञप्ति मार्फत जानकारी दिएको छ। यो टिमलाई नवनियुक्त प्रमुख प्रशिक्षक स्टुअर्ट लले प्रशिक्षण दिनेछन्।

छनोट भएका खेलाडीहरूको नाम:
रोहित पौडेल (कप्तान), आसिफ शेख, किरण ठगुन्ना, लोकेश बम, वसिर अहमद,दिपेन्द्र सिंह ऐरी, रुपेश सिंह, ललित नारायण राजवंशी, सोमपाल कामी,करण केसी सन्दिप जोरा, नन्दन यादव, रिजन ढकाल, गुल्सन झा, अर्जुन घर्ती, कुशल मल्ल,दिपेन्द्र रावत, कुशल भुर्तेल शाहब आलम र विवेक यादव।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...