मुख्य समाचार
हमासले मध्यस्थकर्ता इजिप्ट र कतारले अघि सारेको गाजा युद्धविराम प्रस्ताव स्वीकार
हमासले मध्यस्थकर्ता इजिप्ट र कतारले अघि सारेको गाजा युद्धविराम प्रस्ताव स्वीकार

— प्यालेस्टिनी समूह हमासले मध्यस्थकर्ता इजिप्ट र कतारले अघि सारेको गाजा युद्धविराम प्रस्ताव स्वीकार गरेको छ । प्रस्तावमा ५० दिनको युद्धविरामको बदलामा इजरायललाई थप पाँच बन्धक रिहा गर्ने उल्लेख छ । हमास नेता खलील अल-हय्याहले इजिप्ट र कतारका मध्यस्थकर्ताले पठाएको मस्यौदा सम्झौतालाई अनुमोदन गरेको जनाएका हुन् ।


इजरायलले गाजा क्षेत्रमा पुनः लडाइँ सुरू गरेपछि इजिप्टले युद्धविराम जारी राख्नका लागि नयाँ प्रस्ताव ल्याएको हो । तर इजरायलले भने अर्को प्रस्ताव अघि सारेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले अमेरिकासँगको पूर्ण समन्वयमा मध्यस्थकर्तालाई अर्को प्रस्ताव पेस गरेको जनाएको छ ।


इजरायलले उक्त प्रस्तावमा अमेरिका सहमत भएको जनाए पनि थप विवरण दिएको छैन । यसबारे अमेरिकाले पनि सार्वजनिक रूपमा कुनै टिप्पणी गरेको छैन । प्रस्तावमा सहमति जुटेको खण्डमा नयाँ युद्धविराम सम्झौता आइतबारदेखि सुरू मुस्लिमहरूको पर्व ईद अल-फित्रसँगै सुरू हुने अपेक्षा गरिएको छ । नेतान्याहुको कार्यालयले मध्यस्थकर्ताको युद्धविराम प्रस्तावमा परामर्श गरेको बताएको छ ।

हमास र इजरायलबीच गत १९ जनवरीमा लागू भएको युद्धविराम यसै महिनाको सुरूमा समाप्त भएको थियो । त्यसयता इजरायली सेना (आईडीएफ) ले रफाहमा स्थलगत कारबाही सुरू गरेको थियो । आईडीएफले पछिल्लो समय गाजापट्टीमा हवाई आक्रमण जारी राखेको छ ।

पहिलो चरणको युद्धविरामको अवधिमा हमासले ३३ जना बन्धक मुक्त गरेको छ । त्यसको बदलामा इजरायली जेलमा रहेका करिब १९ सय प्यालेस्टिनी रिहा भएका छन् । इरान-समर्थित समूह हमासको नियन्त्रणमा अझै पनि ५९ जना बन्धक छन् । तर तीमध्ये २४ जना मात्र जीवित रहेका इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनी ड्रोनहरूले रुसको पेन्जा क्षेत्रमा रहेको वाइल्डबेरिजको वेयरहाउसमा आक्रमण गरेका छन्। यस आक्रमणमा प्रारम्भिक विवरण अनुसार १ जना घाइते भएका छन्। पेन्जा क्षेत्रका गभर्नर ओलेग मेलनिचेन्कोले यो जानकारी दिएका हुन्। गभर्नर ओलेग मेलनिचेन्कोले म्याक्स मेसेजिङ एपमा लेखेका छन्, ‘ड्रोनहरूले वाइल्डबेरिजको वेयरहाउसमा आतङ्ककारी आक्रमण गरेका छन्। प्रारम्भिक विवरण अनुसार १ जना घाइते भएका छन्। करिब २०० ...
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको हांगुस्थित खजिना चेकपोस्टमा आक्रमण भएको छ। उक्त आक्रमण र जवाफी कारबाहीमा परी एकजना डीएसपीसहित नौजना प्रहरीको मृत्यु भएको छ। बीबीसी उर्दूका अनुसार खैबर पख्तुनख्वा प्रहरीले यस दोहोरो मुठभेडमा १५ जना चरमपन्थी मारिएको दाबी गरेको छ। बुधबार भएको आक्रमण र जवाबी अभियानका क्रममा डीएसपी दियार खानसहित नौ प्रहरी मारिएका हुन्। यस आक्रमणमा डीएसपी मुजाहिद ...
। अमेरिकामा रगतको अभाव गम्भीर बन्दै गएको छ । अमेरिकन रेडक्रसले आफ्नो १५० वर्षको इतिहासमै दोस्रो पटक रगतको मौज्दात ‘संकट’ स्तरमा पुगेको घोषणा गरेको छ । बीबीसीका अनुसार अमेरिकन रेडक्रसकी डा. कोर्टनी लरेन्सले जंगलमा लागेको डढेलो, अत्यधिक गर्मी तथा अन्य विभिन्न कारणले रगत संकलनमा असर परेपछि यस्तो अवस्था सिर्जना भएको बताएकी छन् । उनका अनुसार गत एक ...
। इरानले मध्यपूर्वमा रहेका आफ्ना सैन्य अखडाहरूमा अचानक हमला गर्दै धेरै ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको अमेरिकी सेनाले दाबी गरेको छ। तर सबै मिसाइलहरूलाई सफलतापूर्वक इन्टरसेप्ट गरिएको अमेरिकी सेनाले जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार यो हमला मङ्गलबार साँझ भएको हो। सम्भावित अखडाहरूको विवरण सार्वजनिक गरिएको छैन। यसको जवाफमा अमेरिकी र साउदी अरबका सेनाहरूले पूर्वी इराकमा रहेका ...
ट्रम्प प्रशासनले मंगलबार अमेरिकामा ह्युमनोइड रोबोटको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यी रोबोटले देशको राष्ट्रिय सुरक्षाका लागि जोखिम पैदा गर्न सक्ने प्रशासनले बताएको छ। यो जोखिम स्वीकार गर्न नसकिने प्रशासनको भनाइ छ। यो प्रतिबन्ध उन्नत रोबोटहरूमा लागु हुनेछ। यसमा ह्युमनोइड र चार खुट्टा भएका रोबोटहरू समावेश छन्। यीमध्ये धेरैजसो रोबोट चीनमा बन्छन्। चीन र अमेरिका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम