मुख्य समाचार
पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा परिचालन भएको सुरक्षाकर्मीको संख्या कटौती
पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा परिचालन भएको सुरक्षाकर्मीको संख्या कटौती

: सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा परिचालन भएको सुरक्षाकर्मीको संख्या कटौती गरेको छ । सरकारले पूर्व राष्ट्रप्रमुखको हैसियतमा दिएको सुरक्षाकर्मीको संख्या घटाएको हो । सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपानेका अनुसार सरकारले बनाएको कार्यविधि अनुसार विशिष्ट व्यक्तिलाई दिइने सुविधा अनुसार सुरक्षाकर्मी खटाएको हो।


डीएपीको कमाण्डमा रहेका सशस्त्र प्रहरीको १० जना प्रहरी फिर्ता बोलाएको हो । उनको सुरक्षार्थ २५ जना खटिदै आएकोमा अहिले १५ जनामात्र राखिएको छ ।


नारायणहिठी राजदरबारबाट हटेपछि पूर्वराजपरिवारलाई सरकारले आवाससहितको सुरक्षाकर्मीको सुविधा उपलब्ध गराएको छ । योसँग कार्यविधिमा तोकिएभन्दा बढी सुरक्षाकर्मी भएका सबै क्षेत्रमा सुरक्षा कटौति गर्न लागिएको हो ।



सशस्त्र प्रहरी बलका अनुसार परिवारका सदस्यहरूका लागि खटाइएको सुरक्षा टोली पनि फिर्ता बोलाइनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद-उल-फित्र’ आज मनाइएको छ। ईदको अवसरमा काठमाडौंको घण्टाघर लगायतका कश्मिरी मस्जिद परिसरमा मुस्लिम समुदाय नमाज पढ्न बिहानै घुईँचो लागेको हो। मुसलमानहरुले धार्मिक ग्रन्थ कुरान अवतरणको सुरुवात भएको यो महिनालाई रमजान (रोजा–उपवास) लिने महिना समाप्त भएको भोलिपल्ट ईदउलफित्र मनाउने गरेका छन्। यो पर्वका लागि मुसलमान समुदायले एक महिना ब्रत बसेका ...
: नेकपा एमालेको मोटरसाइकल र्‍यालीका कारण तीनकुने क्षेत्रको ट्राफिक अस्तव्यस्त बनेको छ। एमालेको भातृसंस्था युवा संघको अगुवाइमा राजावादीहरूको हिंसाविरुद्ध मोटरसाइकल र्‍याली आयोजना गरिएको एमालेले जनाएको छ। मोटरसाइकल र्‍यालीबाट सिनामंगल-कोटेश्वर चल्ने रिङरोड क्षेत्र र कोटेश्वर-बानेश्वर चल्ने सडक अस्तव्यस्त बनेको हो। एमाले महासचिव शंकर पोखरेलले राजावादी प्रदर्शनका विरुद्ध देशभरि जागरणसभा र मोटरसाइकल र्‍याली आयोजना गरेको जानकारी दिए। महासचिव ...
। राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाललाई हाजिरी जमानीमा छुटेका छन् । उनलाई प्रदर्शनस्थलमा नदेखिएको भन्दै प्रहरीले हाजिरी जमानीमा छाडेको हो । उनलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो । तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि उनीसहित राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पनि पक्राउ परेका छन् । उनीहरूलाई भने म्याद थपका लागि अदालत लगिएको ...
— तीनकुने घटनामा पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायतलाई अदालतबाट ५ दिनको म्याद थप भएको छ । उनीहरुलाई बयानपछि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले थप ५ दिन थुनामा राख्न म्याद दिएको प्रहरी परिसर काठमाडौंका एसपी तथा सूचना अधिकारी अपिलराज बोहोराले जानकारी दिए । शुक्रबार काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा भौतिक संरचनामा ...
: काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र पूर्वराजा ज्ञानेन्द्र शाहले बुझ्न अस्वीकार गरेका छन्। आइतबार बिहान पूर्वराजा शाहलाई जरिवाना पत्र बुझाउन महानगरको टोली निर्मल निवास गएको थियो। निर्मल निवासका सुरक्षा अधिकारीहरूले पूर्वराजाले पत्र नबुझ्ने भनेपछि महानगरको टोली त्यहाँबाट फर्किएको हो। काठमाडौं महानगरपालिकाले पूर्वराजा शाहलाई विभिन्न शीर्षकमा जरिवाना गरेको थियो। महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई ७ लाख ९३ हजार ...