: काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र पूर्वराजा ज्ञानेन्द्र शाहले बुझ्न अस्वीकार गरेका छन्। आइतबार बिहान पूर्वराजा शाहलाई जरिवाना पत्र बुझाउन महानगरको टोली निर्मल निवास गएको थियो। निर्मल निवासका सुरक्षा अधिकारीहरूले पूर्वराजाले पत्र नबुझ्ने भनेपछि महानगरको टोली त्यहाँबाट फर्किएको हो।
काठमाडौं महानगरपालिकाले पूर्वराजा शाहलाई विभिन्न शीर्षकमा जरिवाना गरेको थियो। महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई ७ लाख ९३ हजार जरिवाना तोकेको हो।काठमाडौं महानगरपालिकाले शुक्रबार तीनकुने क्षेत्रमा पुर्याएको क्षति विवरणसहित विभिन्न शीर्षकमा जरिवाना तोकेर निर्मल निवासलाई पत्र काटेको हो।
महानगरले फोहोरमैला, बोटविरुवा तथा रेलिङमा क्षति, वारुणयन्त्रमा क्षतिलगायत शीर्षकमा जरिवाना गरेको हो।