मुख्य समाचार
एक हजार जनाले खरिद गरे ट्रम्पले ल्याएको ५० लाख डलरको गोल्ड कार्ड
एक हजार जनाले खरिद गरे ट्रम्पले ल्याएको ५० लाख डलरको गोल्ड कार्ड

— गत महिना फेब्रुअरी २५ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्ने दाबीसहित ल्याएको ५० लाख डलरको गोल्ड कार्ड बिक्री हुन थालेको छ ।


राष्ट्रपति ट्रम्पले विश्वका धनाढ्यहरुलाई लक्षित गर्दै अमेरिकामा कानुनीरुपमा स्थायी बसोबास र व्यवसाय गर्न सकिने प्रावधानसहित ५० लाख डलर (६८ करोड ५० लाख नेपाली रुपैंया)मा गोल्ड कार्ड खरिद गरेर अमेरिका आउन सकिने अफर ल्याएका थिए ।


ट्रम्पले ल्याएको अफर कार्यान्वयनमा आएसँगै मार्चको तेस्रो सातामा एकै दिन एक हजार जनाले प्रतिव्यक्ति ५० लाख डलर तिरेर गोल्ड कार्ड लिइसकेका छन् । अमेरिकी वाणिज्य सचिव होवार्ड लुटनिकले एकै दिनमा प्रति व्यक्तिले ५० लाख डलर तिरेर एक हजार जनाले गोल्ड कार्ड खरिद गर्दा ५ अर्ब अमेरिकी डलर राज्य कोषमा जम्मा भएको दाबी गरेका छन् ।

फाइनान्सियल एक्सप्रेससँगको अन्तर्वार्ताका क्रममा लुटनिकले ‘राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालमा कम्तीमा एक मिलियल गोल्ड कार्ड बिक्री गरेर ५ ट्रिलियन अमेरिकी डलर अमेरिकाले आम्दानी गर्नेछ,’ उनले भने, ‘विश्वमा ३ करोड ७० लाख मानिस गोल्ड कार्ड किन्न सक्षम छन् । राष्ट्रपतिको दाबी छ की, हामी १० लाख वटा बेच्न सक्छौं । यसले राष्ट्रिय ऋण तिर्न मद्दत पुर्‍याउने छ ।’

लुटनिकले २ लाख ५० हजार मानिसले ट्रम्पको गोल्ड कार्ड खरिद गर्न चासो देखाएको बताए । गोल्ड कार्डलाई ‘ट्रम्प कार्ड’ भनेर चिनिने गोल्ड कार्डको अवधारणा राष्ट्रपति ट्रम्पले लगानीकर्ता जोन पलसनसँग भेटेपछि अघि सारेको लुटनिकले खुलासासमेत गरेका छन् ।

‘ट्रम्प र अर्बपति लगानीकर्ता जोन पल्सनबीच भएको कुराकानीका क्रममा गोल्ड कार्डको अवधारणा आएको हो । राष्ट्रपति ट्रम्पले योजना अघि बढाएपछि मेरो काम यो अवधारणा कसरी अघि बढाउने र योजना प्रभावकारी बनाउने मात्र हो ।’

उनले अन्तर्वार्ताको क्रममा भने । गोल्ड कार्ड आवेदकहरुको पृष्ठभूमि जाँचको प्रक्रियालाई व्यवस्थित गर्न डचका प्रमुख एलन मस्कको टोलीले कस्टम सफ्टवेयर प्लेटफर्म बनाइरहेको उनले बताए । मस्कको टोलीले बनाउने सफ्टवेयर दुई सातापछि बाहिर ल्याउने योजना छ ।


गोल्ड कार्ड किनेपछि कुनै पनि व्यक्तिले अमेरिकामा बस्न र काम गर्न पाउनेछन् भने अमेरिकी नागरिकता लिने प्रक्रिया पनि सहज हुनेछ । ‘हामीले गोल्ड कार्ड बिक्री गर्दैछौं,’ ट्रम्पले ओभल अफिसबाट गोल्ड कार्ड घोषणाको क्रममा भनेका थिए ‘तपाईंहरुसँग ग्रिन कार्ड छ, तर यो गोल्ड कार्ड हुनेछ । हामी यसको मूल्य ५ मिलियन डलर राखेका छौं । धनाढ्य मानिसहरू यो कार्ड किनेर हाम्रो देशमा आउनेछन् ।’

वाणिज्य सचिव लुटनिकले उक्त कार्डले अमेरिकी सरकारको ‘ईबी–५’ भिसा कार्यक्रमलाई प्रतिस्थापन गर्ने, ‘ईबी–५’ ले विदेशी लगानीकर्तालाई रोजगारी सिर्जनाका लागि अमेरिकी परियोजनामा लगानी गर्न अनुमति दिने र त्यसपछि मात्र उनीहरुले आप्रवासनका लागि भिसा आवेदन दिन सक्ने प्रावधान राखिएको बताए ।

सन् १९९२ मा सुरु भएको ‘ईबी–५’ भिसा कार्यक्रमको मुख्य उद्देश्य विदेशी लगानी आकर्षित गर्नु हो । यस कार्यक्रमअन्तर्गत एक व्यक्तिले कम्तीमा १० लाख ५० हजार अमेरिकी डलर लगानी गरेर रोजगारी सिर्जना गर्नुपर्ने प्रावधान छ । ट्रम्प र उनको परिवारसँग जोडिएका व्यवसायहरुले पनि सम्पत्ति जोड्न यो कार्यक्रमको प्रयोग गरेका छन् ।

ट्रम्पको पहिलो कार्यकालमा पनि सांसद्‍हरुले यो कार्यक्रम आफ्नो लक्ष्यबाट विचलित भएको र सुधारको आवश्यकता रहेको बताएका थिए । २०१९ मा ट्रम्प प्रशासनले लक्षित आर्थिक क्षेत्रका लागि न्यूनतम लगानी ९ लाख डलर र अन्य क्षेत्रका लागि १८ लाख डलर तोकेको थियो । तर उक्त कदम सन् २०२१ मा प्रयास एक संघीय न्यायाधीशले खारेज गरिदिएका थिए । पछिल्लोपटक भने यो कार्यक्रम सन् २०२२ मा जो बाइडेन प्रशासनको समयमा नवीकरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनी ड्रोनहरूले रुसको पेन्जा क्षेत्रमा रहेको वाइल्डबेरिजको वेयरहाउसमा आक्रमण गरेका छन्। यस आक्रमणमा प्रारम्भिक विवरण अनुसार १ जना घाइते भएका छन्। पेन्जा क्षेत्रका गभर्नर ओलेग मेलनिचेन्कोले यो जानकारी दिएका हुन्। गभर्नर ओलेग मेलनिचेन्कोले म्याक्स मेसेजिङ एपमा लेखेका छन्, ‘ड्रोनहरूले वाइल्डबेरिजको वेयरहाउसमा आतङ्ककारी आक्रमण गरेका छन्। प्रारम्भिक विवरण अनुसार १ जना घाइते भएका छन्। करिब २०० ...
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको हांगुस्थित खजिना चेकपोस्टमा आक्रमण भएको छ। उक्त आक्रमण र जवाफी कारबाहीमा परी एकजना डीएसपीसहित नौजना प्रहरीको मृत्यु भएको छ। बीबीसी उर्दूका अनुसार खैबर पख्तुनख्वा प्रहरीले यस दोहोरो मुठभेडमा १५ जना चरमपन्थी मारिएको दाबी गरेको छ। बुधबार भएको आक्रमण र जवाबी अभियानका क्रममा डीएसपी दियार खानसहित नौ प्रहरी मारिएका हुन्। यस आक्रमणमा डीएसपी मुजाहिद ...
। अमेरिकामा रगतको अभाव गम्भीर बन्दै गएको छ । अमेरिकन रेडक्रसले आफ्नो १५० वर्षको इतिहासमै दोस्रो पटक रगतको मौज्दात ‘संकट’ स्तरमा पुगेको घोषणा गरेको छ । बीबीसीका अनुसार अमेरिकन रेडक्रसकी डा. कोर्टनी लरेन्सले जंगलमा लागेको डढेलो, अत्यधिक गर्मी तथा अन्य विभिन्न कारणले रगत संकलनमा असर परेपछि यस्तो अवस्था सिर्जना भएको बताएकी छन् । उनका अनुसार गत एक ...
। इरानले मध्यपूर्वमा रहेका आफ्ना सैन्य अखडाहरूमा अचानक हमला गर्दै धेरै ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको अमेरिकी सेनाले दाबी गरेको छ। तर सबै मिसाइलहरूलाई सफलतापूर्वक इन्टरसेप्ट गरिएको अमेरिकी सेनाले जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार यो हमला मङ्गलबार साँझ भएको हो। सम्भावित अखडाहरूको विवरण सार्वजनिक गरिएको छैन। यसको जवाफमा अमेरिकी र साउदी अरबका सेनाहरूले पूर्वी इराकमा रहेका ...
ट्रम्प प्रशासनले मंगलबार अमेरिकामा ह्युमनोइड रोबोटको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यी रोबोटले देशको राष्ट्रिय सुरक्षाका लागि जोखिम पैदा गर्न सक्ने प्रशासनले बताएको छ। यो जोखिम स्वीकार गर्न नसकिने प्रशासनको भनाइ छ। यो प्रतिबन्ध उन्नत रोबोटहरूमा लागु हुनेछ। यसमा ह्युमनोइड र चार खुट्टा भएका रोबोटहरू समावेश छन्। यीमध्ये धेरैजसो रोबोट चीनमा बन्छन्। चीन र अमेरिका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम