मुख्य समाचार
दिल्लीले सनराइजर्स हैदराबादलाई ७ विकेटले हरायो
दिल्लीले सनराइजर्स हैदराबादलाई ७ विकेटले हरायो

। मिचेल स्टार्कको ५ विकेट तथा फाफ डुप्लेसको अर्धशतक मद्दतमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

आइतबार विशाखापटनममा भएको खेलमा दिल्लीले सनराइजर्स हैदराबादलाई ७ विकेटले हरायो । १६४ रनको लक्ष्य दिल्लीले १६ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

ओपनर फाफ डुप्लेसीले ५० रन बनाउँदा जेक फ्रेजर मेगर्कले ३८ तथा अभिषेक पोरेलले अविजित ३४ रन बनाए । ट्रिस्टन स्टब्स २१ रनमा अविजित रहे । केएल राहुलले १५ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले ८ बल अगावै अलआउट हुँदै १६३ रन बनाएको थियो । अनिकेत वर्माले सर्वाधिक ७४ रन बनाएका थिए । हेनरिच क्लासेनले ३२ र ट्राभिस हेडले २२ रन बनाए ।

दिल्लीका मिचेल स्टार्कले ५ विकेट लिए भने कुलदीप यादवले ३ र मोहित शर्माले १ विकेट लिए ।

योसँगै दिल्लीले २ खेलमा ४ अंक जोडेको छ । लगातार दोस्रो हार बेहोरेको हैदराबादको ३ खेलमा २ अंक छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...