मुख्य समाचार
काठमाडौंमा ईदको उल्लास
काठमाडौंमा ईदको उल्लास

: इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद-उल-फित्र’ आज मनाइएको छ। ईदको अवसरमा काठमाडौंको घण्टाघर लगायतका कश्मिरी मस्जिद परिसरमा मुस्लिम समुदाय नमाज पढ्न बिहानै घुईँचो लागेको हो।

मुसलमानहरुले धार्मिक ग्रन्थ कुरान अवतरणको सुरुवात भएको यो महिनालाई रमजान (रोजा–उपवास) लिने महिना समाप्त भएको भोलिपल्ट ईदउलफित्र मनाउने गरेका छन्। यो पर्वका लागि मुसलमान समुदायले एक महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ । एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्ने गर्दछन् ।


ईदलाई मुस्लिम समुदायले आपसी सद्भाव र शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाएका छन् । विशेष नमाज पढिसकेपछि आफूभन्दा ठूलावडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिँदै मिष्ठान्न एवं स्वादिष्ट परिकार खाने र खुवाउने परम्परा यस पर्वमा रहेको छ ।



ईस्लामिक पात्रो अनूसार हिजरी संवतको रमदान महिनाभर व्रत बसेका इस्लाम धर्मावलम्बीले सौव्वाल महिनाको पहिलो तारिखमा इद मनाउँने गर्छन्।ईद पर्वको अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कन जरुरी रहेको बताएका छन् । आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणसम्बन्धी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले वितरण र लोकप्रिय हुनेभन्दा यथार्थपरक र कार्यान्वयन योग्य कार्यक्रम तथा योजना आवश्यक भएको बताए । उनले श्रम, सीप, रोजगारी र उत्पादनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै वितरणले ...
— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालनमा आएको छ । विमानस्थलको अभिवृद्धिका लागि गत कात्तिक २३ देखि यही चैत १८ गतेसम्म पाँच महिना दैनिक १० घण्टा विमानस्थल बन्द गरेर विमानस्थलको क्षमता अभिवृद्धिअन्तर्गत भौतिक संरचना निर्माणको काम गरिएको थियो । आजदेखि विमानस्थल बिहान ६ देखि राति १२ बजेसम्म खुला रहने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी ...
— पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न रास्वपाले सभामुखसँग माग गरेको छ । निलम्बन फुकुवा गरिमाग्न लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न संघीय संसद् सचिवालय नयाँबानेश्वर पुगेका थिए । लामिछानेको सांसद पद गत पुस ८ मा निलम्बन गरिएको थियो । पोखरामा सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद निलम्बन भएको ...
: नेकपा एमालेको मोटरसाइकल र्‍यालीका कारण तीनकुने क्षेत्रको ट्राफिक अस्तव्यस्त बनेको छ। एमालेको भातृसंस्था युवा संघको अगुवाइमा राजावादीहरूको हिंसाविरुद्ध मोटरसाइकल र्‍याली आयोजना गरिएको एमालेले जनाएको छ। मोटरसाइकल र्‍यालीबाट सिनामंगल-कोटेश्वर चल्ने रिङरोड क्षेत्र र कोटेश्वर-बानेश्वर चल्ने सडक अस्तव्यस्त बनेको हो। एमाले महासचिव शंकर पोखरेलले राजावादी प्रदर्शनका विरुद्ध देशभरि जागरणसभा र मोटरसाइकल र्‍याली आयोजना गरेको जानकारी दिए। महासचिव ...
। राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाललाई हाजिरी जमानीमा छुटेका छन् । उनलाई प्रदर्शनस्थलमा नदेखिएको भन्दै प्रहरीले हाजिरी जमानीमा छाडेको हो । उनलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो । तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि उनीसहित राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पनि पक्राउ परेका छन् । उनीहरूलाई भने म्याद थपका लागि अदालत लगिएको ...