मुख्य समाचार
दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक यओललाई पदमुक्त
दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक यओललाई पदमुक्त

— दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक यओललाई पदमुक्त गरेको छ । गत डिसेम्बरमा सैनिक शासन घोषणापछि संसद्ले युन विरुद्ध महाभियोग प्रस्ताव पारित गरेको थियो । त्योसँगै उनी निलम्बित भएका थिए ।


अदालतका कार्यवाहक प्रमुख न्यायाधीश मुन ह्युङ-बाईले शुक्रबारको सुनुवाइको क्रममा राष्ट्रपति युनमाथिको महाभियोग पारित गर्नका लागि पर्याप्त कारण रहेको बताए ।


'युनले संवैधानिक संस्थाहरूलाई अपहेलना गरेका छन् र जनताको मौलिक अधिकारहरूलाई उल्लंघन गरेका छन्,' प्रमुख न्यायाधीशले अदालतको निर्णय पढ्दै भने, 'उनले आफ्नो संवैधानिक कर्तव्यलाई नष्ट गरे र कोरियाली जनताको विश्वासलाई गम्भीर रूपमा धोका दिए ।'

यिनको कदम कानुनी र संवैधानिक दृषटिकोणबाट अस्वीकार्य भएको मुनको भनाइ छ । 'यस्ता क्रियाकलापका नकारात्मक परिणाम र प्रभावहरू धेरै गम्भीर छन्, र संविधानिक व्यवस्था पुनःस्थापना गर्न उनलाई राष्ट्रपति पदबाट हटाउनु देशका लागि फाइदाजनक छ,' मुनले भने ।

राष्ट्रपति युनलाई पदमुक्त गर्ने संविधानिक अदालतको निर्णय सर्वसम्मतिमा भएको मुनले बताए । संवैधानिक अदालतको निर्णयसँगै दक्षिण कोरियामा ६० दिन भित्र राष्ट्रपति गर्नुपर्नेछ। युनले ३ डिसेम्बरमा अप्रत्यासित रूपमा सैनिक शासन घोषणा गरेका थिए । राज्यविरोधी र उत्तर कोरियाली शक्तिहरूबाट देशलाई बचाउन सैनिक शासन घोषणा गर्नुपरेको उनको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानको इस्लामिक रिभोलुसनरी गाड्र्सले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई ‘ऐतिहासिक विजय’ का रूपमा स्वागत गर्दै अमेरिकालाई पश्चिम एसियाबाट पूर्ण रूपमा बाहिरिन आह्वान गरेको छ । रिभोलुसनरी गाड्र्सले बिहीबार जारी गरेको विज्ञप्तिमा इराकी जनता, इस्लामिक प्रतिरोधको संयुक्त मोर्चा र इस्लामिक विश्वका क्रान्तिकारी लडाकूलाई अमेरिकी सेनाको फिर्तीका लागि बधाई दिइएको छ । गाड्र्सको आधिकारिक सञ्चारमाध्यमले विज्ञप्ति सार्वजनिक ...
। दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँगको विश्वास पुनःस्थापित गर्दै वार्ता अघि बढाउन आह्वान गरेका छन्। दक्षिण कोरियाली सैनिक घाइते हुने गरी दुई देशबीचको असैन्यीकृत क्षेत्र (डिएमजेड) मा विस्फोट भएको केही दिनपछि उनले यस्तो आह्वान गरेका हुन्। दक्षिण कोरियाको सशस्त्र सेना दिवसका अवसरमा बिहीबार सम्बोधन गर्दै राष्ट्रपति लीले लामो समयदेखि जारी अवरोध अन्त्य गर्दै ...
— दुबईबाट तेल अभिभतर्फ गइरहेको फ्लाई दुबईको एफजेट१०७३ उडानमा भएको ककपिट झडपबारे संयुक्त अरब इमिरेट्स (युएई) ले अनुसन्धान सुरु गरेको छ । युएईका महान्यायाधिवक्ता डा. हमाद सैफ अल–शम्सीले घटनाको कारण, परिस्थिति र उद्देश्य पत्ता लगाउन विशेष अनुसन्धान टोली गठन गरिएको बताएका छन् । युएईको अनुसन्धानले यो घटना कुनै आतंकवादी गतिविधि वा उद्देश्यसँग जोडिएको थियो कि ...
रुसले मस्कोस्थित हंगेरीका कुटनीतिज्ञहरूलाई देश छाड्न आदेश दिएको छ। रुसी विदेश मन्त्रालयले बिहीबार यसको घोषणा गरेको हो। रुसले मस्कोमा रहेका हंगेरीका कार्यवाहक राजदूत गाबोर गर्गिचलाई मन्त्रालयमा बोलाएको थियो। मन्त्रालयले उनलाई यो निर्णयको जानकारी दिएको छ। हंगेरीको मस्कोस्थित दूतावासका कर्मचारीहरूले रुस छाड्नुपर्नेछ। सेन्ट पिटर्सबर्ग र कजानमा रहेका हंगेरीका महावाणिज्य दूतावासका कर्मचारीहरू पनि फर्कनुपर्नेछ। हंगेरीले गत सेप्टेम्बर ८ मा केही ...
। अस्ट्रेलियाको तास्मानियामा रहेको देशकै ठूलोमध्येको एक औषधीय गाँजा उत्पादक कम्पनी तास्मानियन बोटानिक्स अब लगभग पूर्ण रूपमा चिनियाँ स्वामित्वमा गएको छ। होबार्टको उत्तरस्थित पोन्टभिलमा रहेको यस कम्पनीको माउ संस्था (होल्डिङ कम्पनी) पिजेनको बाँकी सेयर चिनियाँ स्वामित्वको योङ्जी हेल्थले करिब ३ करोड १० लाख अस्ट्रेलियन डलरमा खरिद गरेसँगै स्वामित्व परिवर्तन भएको हो। चीनको गुइझोउमा आधारित योङ्जी प्रिन्टिङको सहायक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम