मुख्य समाचार
दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक यओललाई पदमुक्त
दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक यओललाई पदमुक्त

— दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक यओललाई पदमुक्त गरेको छ । गत डिसेम्बरमा सैनिक शासन घोषणापछि संसद्ले युन विरुद्ध महाभियोग प्रस्ताव पारित गरेको थियो । त्योसँगै उनी निलम्बित भएका थिए ।


अदालतका कार्यवाहक प्रमुख न्यायाधीश मुन ह्युङ-बाईले शुक्रबारको सुनुवाइको क्रममा राष्ट्रपति युनमाथिको महाभियोग पारित गर्नका लागि पर्याप्त कारण रहेको बताए ।


'युनले संवैधानिक संस्थाहरूलाई अपहेलना गरेका छन् र जनताको मौलिक अधिकारहरूलाई उल्लंघन गरेका छन्,' प्रमुख न्यायाधीशले अदालतको निर्णय पढ्दै भने, 'उनले आफ्नो संवैधानिक कर्तव्यलाई नष्ट गरे र कोरियाली जनताको विश्वासलाई गम्भीर रूपमा धोका दिए ।'

यिनको कदम कानुनी र संवैधानिक दृषटिकोणबाट अस्वीकार्य भएको मुनको भनाइ छ । 'यस्ता क्रियाकलापका नकारात्मक परिणाम र प्रभावहरू धेरै गम्भीर छन्, र संविधानिक व्यवस्था पुनःस्थापना गर्न उनलाई राष्ट्रपति पदबाट हटाउनु देशका लागि फाइदाजनक छ,' मुनले भने ।

राष्ट्रपति युनलाई पदमुक्त गर्ने संविधानिक अदालतको निर्णय सर्वसम्मतिमा भएको मुनले बताए । संवैधानिक अदालतको निर्णयसँगै दक्षिण कोरियामा ६० दिन भित्र राष्ट्रपति गर्नुपर्नेछ। युनले ३ डिसेम्बरमा अप्रत्यासित रूपमा सैनिक शासन घोषणा गरेका थिए । राज्यविरोधी र उत्तर कोरियाली शक्तिहरूबाट देशलाई बचाउन सैनिक शासन घोषणा गर्नुपरेको उनको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानले गाजामा सेना पठाउने चर्चा चलिरहेको छ। बीबीसी उर्दूका अनुसार यस सम्बन्धमा सोधिएको प्रश्नमा पाकिस्तानका सैन्य प्रवक्ता अहमद शरीफले सरकारले कुन संरचनाअन्तर्गत सेना पठाउने भन्ने कुरामा निर्भर हुने बताए। शान्ति सम्झौताअन्तर्गत पाकिस्तानले गाजामा सेना पठाउने कि नपठाउने भन्ने बारेमा मिडियामा बहस चलिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २०-बुँदे शान्ति योजनाले गाजामा स्थिरता र ...
— तान्जानियाकी राष्ट्रपति सामिया सुलुहु हसनले कडा सुरक्षाबीच दोस्रो कार्यकालका लागि शपथ लिएकी छिन् । शनिबार सार्वजनिक मतपरिणामअनुसार ९८ प्रतिशत मत ल्याएर उनी विजयी भएकी हुन् । यद्यपि, विपक्षीहरूले यसलाई झुठो र देखावटी निर्वाचनका रुपमा टिप्पणी गरेका छन् । अधिकांश विपक्षी दलहरूले यस निर्वाचनमा सहभागिता जनाएका थिएनन् । कतिपय विपक्षीलाई सहभागी हुनबाट रोक लगाइएको थियो ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग सम्झौता गर्न चाहेको दाबी गरेका छन् । अमेरिकी टेलिभिजन एबीएस न्यूजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरान सम्झौताका लागि उत्सुक रहेको दाबी गरेका हुन् । उनले भने, ‘निश्चय नै उनीहरूले भन्ने छैनन्, उनीहरूले यस्तो भन्नु पनि हुँदैन, कुनै पनि कुशल वार्ताकारले यस्तो भन्दैनन् तर, इरान सम्झौताका लागि निकै उत्सुक छ ।’ हालैका ...
। भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले व्यवसायी अनिल अम्बानीको स्वामित्वमा रहेका रिलायन्स ग्रुप सम्बन्धित करिब ३ हजार ८४ करोड रुपैयाँ भारु मूल्य बराबरको सम्पत्ति जफत गरेको छ । ईडीले सम्पत्ति शुद्धीकरणको मुद्दामा रिलायन्स ग्रुप अन्तर्गतका ४० वटा कम्पनीको सम्पत्ति जफत गरेको इन्डियन एक्सप्रेस जनाएको हो । ईडीले मुम्बईस्थित अनिल अम्बानीको निजी घर, दिल्लीको रिलायन्स सेन्टर, र दिल्ली, ...
। बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उम्मेदवारी दिने सो पार्टीका नेताहरुले बताएका छन् । ८० वर्षीया खालिदा जियाले चुनाव लड्ने जानकारी बिएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले दिएका हुन् । जियाले देशका तीन निर्वाचन क्षेत्रमा चुनाव लड्ने उनको भनाइ छ। उनको बङ्गलादेश नेसनलिस्ट पार्टीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपङ्क्तिको नेताका रूपमा हेरिएको ...