मुख्य समाचार
खेलकुदमन्त्रीलाई आईओसीको पत्र
खेलकुदमन्त्रीलाई आईओसीको पत्र

— अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले बिहीबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई पत्र लेख्दै एनओसीमाथि सरकारी हस्तक्षेप नगर्न भनेको छ । आईओसीले मन्त्रीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद समाधानतर्फ अग्रसर रहेको पनि जनाएको छ ।


आईओसीले पत्रमा जोड दिएको छ, आफूहरूले निरन्तर रूपमा एनओसी विधान तथा निर्वाचन विवादसम्बन्धी अध्ययन गरिरहेको छ । समाधान पनि चाँडै आउने छ ।


यसअघि मन्त्री चौधरीले एनओसीको विधान संशोधन र निर्वाचनपछि उत्पन्न परिस्थितिबारे आईओसीसँग पत्रचार गरिरहेको बताएका थिए । त्यसैको जवाफस्वरुप आईओसीले पत्र लेखेको हो । मन्त्रीलाई पठाएको पत्रमा आईओसी सम्बन्ध, ओलम्पिक सोलिडारिटी एन्ड ओलम्पिजम विभागका निर्देशक जेम्स म्याकलियोडले हस्ताक्षर गरेका छन् ।

पत्रमा भनिएको छ, ‘ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को पहलमा कुवेतमा एनओसी र पाँच राष्ट्रिय संघबीच सम्झौता भएको तपाईंलाई थाहा नै छ । त्यसअनुसार पाँच संघलाई एनओसीले सदस्यता पनि दिइसकेको छ । सम्झौताअनुसार ती पाँच संघले अदालतमा दायर गरेको मुद्दा पनि फिर्ता लिइसकेको विश्वास छ ।’

म्याकलियोडले एनओसी विवादमा मन्त्री चौधरीको सहयोगको अपेक्षा गर्दै एनओसी तथा खेल संघको स्वायत्तताप्रति सम्मान गर्दै विना हस्तक्षेप उनीहरूलाई काम गर्न दिन अनुरोध गरेको छ ।


अदालतमा परेको मुद्दा कारण देखाउँदै युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले पनि एनओसीको निर्वाचनलाई मान्यता दिएको छैन । सरकारी हस्तक्षेपका कारण अनलाइनको माध्यमबाट भएको निर्वाचनले जीवनराम श्रेष्ठलाई पुनः अध्यक्षमा निर्वाचित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...