मुख्य समाचार
ईभी र मोटरसाइकल ठोक्किँदा ११ जना घाइते
ईभी र मोटरसाइकल ठोक्किँदा ११ जना घाइते

— मदन भण्डारी लोकमार्गअन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका-४ एकहटियामा मोटरसाइकल र ईभी गाडी एकआपसमा ठक्कर खाइ बिहीबार भएको दुर्घटनामा परी ११ जना घाइते भएका छन्। घाइतेमध्ये मोटरसाइकल चालकको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।


उदयपुरबाट काठमाडौं जाँदै गरेको बा–प्र ०३–०१–४४५ नं को ईभी गाडी र डकाहाबाट दुधौलीतर्फ जाँदै गरेको प्र २–००१–प७०११ नं मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना भएको थियो।


दुर्घटनामा परी घाइते भएकाहरूको सिर्थौली नगर अस्पतालमा उपचार भइरहेको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए । सामान्य घाइते अवस्थाका ईभी चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले २९ वटा कानुन सुधार गरेकाले मुलुकमा लगानीको वातावरण सहज बनेको बताए । नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०८१ भण्डारीले सरकारले औद्योगिक पूर्वाधार निर्माणमा समेत जोड दिएको बताए । 'निजी क्षेत्र र सरकार सम्मिलित नेपालको उद्योग संवाद परिषद् गठन ...
अछामः बान्नीगढी जयगढ गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र जयगढ बजारमा भएको आगलागीको अवस्थाको प्रदेशका दुई मन्त्रीले अनुगमन गरेका छन्। जयगढ पुगेर सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का र आन्तरिक मामिला मन्त्री हिरा सार्कीले आगलागीबाट भएको क्षतिको अनुगमन गरेका हुन्। मंगलबार राति भएको आगलागी घटनाको अवस्था बुझ्न मन्त्रीको टोली धनगढीबाट बुधबार राति नै अछाम पुगेको हो। टोलीले ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थिरताको अवस्था भएकाले आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्। नेपाल चेम्बर अफ कमर्शको ७४औँ वार्षिक साधारणसभाको उद्‍घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको प्रयोगसहित प्रतिस्पर्धी र रचनात्मकरुपमा उद्योग-व्यवसायलाई अगाडि बढाउन आग्रह गरे। आजको कृत्रिम बौद्धिकताको समेत सदुपयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्नुपर्नेमा उनले ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक जीविका मात्र चलाउन पनि उत्पादन गर्न नसक्ने अवस्थामा पुगेको बताए । नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०८१ मा ओलीले सामूहिक र ठूलो परिमाणमा उत्पादन गर्न अग्रसर हुनु पर्ने बताए । 'बिहान उठ्नेबित्तिक्कै नेपालमै बनेको दन्तमञ्जनले ब्रस गर्न पाइयोस् । नेपालमै उत्पादित ...
— सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका वडा नम्बर-७ स्थित सिबुचे भिरबाट लडेर एक विदेशी नागरिकको मृत्यु भएको छ । बिहीबार बिहान चिप्लिएर बेल्जियमका ६४ वर्षीय आन्द्रे डेक्लियरको मृत्यु भएको स्थानीय टेक हादुर राईले जानकारी दिए । माप्यदूधकाशी गाउँपालिकाका उपाध्यक्ष गौरव राईका अनुसार डेक्लियर मेरापिक हिमाल चढ्न आएका थिए । प्रतिकूल मौसमका कारण उद्धारका लागि हेलिकप्टर तत्कालै आउन नसकेको ...