मुख्य समाचार
युथ ओडीआई सिरिजको पहिलो खेलमा नेपाल अफगानिस्तान यू–१९ सँग पराजित
युथ ओडीआई सिरिजको पहिलो खेलमा नेपाल अफगानिस्तान यू–१९ सँग पराजित

: युथ ओडीआई सिरिजको पहिलो खेलमा नेपाल अफगानिस्तान यू–१९ सँग पराजित भएको छ। अफगानिस्तानले नेपालमाथि १३० रनको फराकिलो जित दर्ता गरेको हो। मुलपानी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको अफगानस्तानले ३०० रन बनायो।


अफगानिस्तानले दिएको ३०१ को बलियो लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १७० रन बनाउँदै अलआउट भयो। नेपालका लागि निरज कुमार यादवले सर्वाधिक ५३ रन बनाए।


सन्तोष यादव र अशोक धामीले समान २४–२४ रन बनाए। अभिषेक तिवारीले १७ रन, कप्तान नरेन भट्टले १३ र सिब्रीन श्रेष्ठले ११ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।


अफगानिस्तानका लागि बलिङमा जैतुल्लाह साहिन, वाहिदुल्ला जद्रन र महबुब खानले २–२ विकेट लिए। अब्दुल एज, नोरिसतानी ओमराजाइ र नाजिफुल्लाह अमिरीले समान १–१ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३०० रन बनाएको थियो। अफगानिस्तानका लागि फेसल सिनोजादाईले सर्वाधिक ९७ रन बनाए। ओपनर खालिद अहमदजाईले ७६ रन बनाए। खलिद र सिनोजादाईले दोस्रो विकेटका लागि १५४ रनको साझेदारी गरे। बर्कात इब्राहिमजाईले ३५ रन तथा आजीजुल्ला मिया खिलले २१ रनको पारी खेले। अब्दुल अजिज १५ र वाहिदुल्लाह जाद्रन २ रनमा अविजित रहे।

नेपालका लागि बलिङमा सन्तोष यादवले सर्वाधिक ३ विकेट लिए। अभिषेक तिवारीले २ विकेट लिँदा दयानन्द मण्डल र बिपिन प्रसाद शर्माले १–१ विकेट लिए। ३ खेल सम्मेलित युथ ओडीआईको दोस्रो खेल चैत्र २४ गते हुनेछ भने अन्तिम खेल चैत्र २७ गते हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...