— बाँके राष्ट्रिय निकुञ्जको खडकबारस्थित हात्तीसारमा कार्यरत एक जना फडितको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।
बधबार राति हातीलाई घाँसमा हाल्न जादा हात्तीले आक्रमण गरेको थियो ।
बर्दियाको ठाकुरबाबा गाउँपालिका–९ बानुगाउँ घर भएका ४५ वर्षीय आशाराम थारुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले जानकारी दिए ।
बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार थारुलाई आक्रमण गर्ने हात्तीले यसअघि पनि धेरैलाई आक्रमण गरेको थियो ।
१८ वर्षीय उक्त भाले हात्तीलाई २०७३ सालमा बर्दियाबाट ल्याउँदा मृतक आशाराम पनि सँगै आएका थिए ।