मुख्य समाचार
जलवायु परिवर्तनले सम्पूर्ण मानवजातिको अस्तित्वमा संकट
जलवायु परिवर्तनले सम्पूर्ण मानवजातिको अस्तित्वमा संकट

— प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिम्स्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा गहिरोसँग प्रतिध्वनित हुने बताएका छन्। उनले जलवायु परिवर्तनले सम्पूर्ण मानवजातिको अस्तित्वमा संकट सिर्जना गरिरहेको बताए।


थाइल्याण्डको बैंककस्थित होटल साड्ग्रिलामा सुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धि, लचिलो र खुलापनजस्ता बिम्स्टेक सम्मेलनका तीन आधार स्तम्भ, दिगो विकास लक्ष्य र नेपालको राष्ट्रिय आकाङ्क्षासँग गहिरो रूपमा प्रतिध्वनित हुने बताए।


उनले बिम्स्टेकले परिवर्तनशील समयलाई मात्र नभई हाम्रो क्षेत्रीय सहयोगलाई पुनःजीवित गर्ने अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए। उनले भने, 'मलाई विश्वास छ शिखर सम्मेलनको विषयवस्तुले हामीलाई त्यो मापन प्रदान गर्दछ, जुन जनता, समृद्धि र कल्याणको पक्षमा छ ।'

प्रधानमन्त्री ओलीले हाम्रो सम्भावनालाई उजागर गर्न र हामीसँग भएका स्रोत साधनलाई पुँजीकृत गर्न एकीकृत प्रयास आवश्यक रहेको बताए। उनले यस क्षेत्रका अर्थतन्त्रहरु समान छैनन् भन्ने कुरा स्वीकार गर्दै विशेष आवश्यकता भएका सदस्य राष्ट्रलाई सक्षम बनाउन प्राथमिकताका साथ सहयोग गर्न आग्रह गरे।

जलवायु परिवर्तनले सम्पूर्ण मानवजातिको अस्तित्वमा सङ्कट सृजना गरेको उल्लेख गर्दै उनले यहाँका हिमालयहरू एसियाका लागि पानीका स्रोत भएको बताए। 'यहाँका पहाडले विश्वव्यापी तापक्रम घटाउने काममा योगदान पुर्‍याइरहेका छन्, तर हाम्रो तर्फबाट भएको न्यून कार्बन उत्सर्जनका बाबजुद पनि तिनीहरूले असमान आक्रमणको सामना गर्नुपरिरहेको छ । यसको प्रभाव पहाडहरूमा मात्र नभई तल्लो तराई र तटीय क्षेत्रहरूमा पनि फैलिएको छ,' उनले भने।

पहाडहरूको दुर्दशा र पहाड-महासागरबीचको सम्बन्धलाई उजागर गर्न, नेपालले आगामी मे महिनामा ‘सगरमाथा संवाद’को पहिलो संस्करण आयोजना गर्न लागेको समेत उनले बताए।

उनले बिम्स्टेकले दुई गतिशील क्षेत्रहरू (दक्षिण एसिया र दक्षिणपूर्व एशिया)बीचको अद्वितीय सहकार्यको उदाहरण दिने भएकाले साझा र एकीकृत प्रयासमा हातोमालो गर्न आग्रह गरे। शिखर सम्मेलनमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर भएको छ । शिखर सम्मेलनमा थाइल्यान्ड, बङ्गलादेश, भुटान, भारत, म्यान्मार र श्रीलंकाका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता) हरुले सम्बोधन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले २९ वटा कानुन सुधार गरेकाले मुलुकमा लगानीको वातावरण सहज बनेको बताए । नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०८१ भण्डारीले सरकारले औद्योगिक पूर्वाधार निर्माणमा समेत जोड दिएको बताए । 'निजी क्षेत्र र सरकार सम्मिलित नेपालको उद्योग संवाद परिषद् गठन ...
अछामः बान्नीगढी जयगढ गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र जयगढ बजारमा भएको आगलागीको अवस्थाको प्रदेशका दुई मन्त्रीले अनुगमन गरेका छन्। जयगढ पुगेर सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का र आन्तरिक मामिला मन्त्री हिरा सार्कीले आगलागीबाट भएको क्षतिको अनुगमन गरेका हुन्। मंगलबार राति भएको आगलागी घटनाको अवस्था बुझ्न मन्त्रीको टोली धनगढीबाट बुधबार राति नै अछाम पुगेको हो। टोलीले ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थिरताको अवस्था भएकाले आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्। नेपाल चेम्बर अफ कमर्शको ७४औँ वार्षिक साधारणसभाको उद्‍घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको प्रयोगसहित प्रतिस्पर्धी र रचनात्मकरुपमा उद्योग-व्यवसायलाई अगाडि बढाउन आग्रह गरे। आजको कृत्रिम बौद्धिकताको समेत सदुपयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्नुपर्नेमा उनले ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक जीविका मात्र चलाउन पनि उत्पादन गर्न नसक्ने अवस्थामा पुगेको बताए । नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०८१ मा ओलीले सामूहिक र ठूलो परिमाणमा उत्पादन गर्न अग्रसर हुनु पर्ने बताए । 'बिहान उठ्नेबित्तिक्कै नेपालमै बनेको दन्तमञ्जनले ब्रस गर्न पाइयोस् । नेपालमै उत्पादित ...
— सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका वडा नम्बर-७ स्थित सिबुचे भिरबाट लडेर एक विदेशी नागरिकको मृत्यु भएको छ । बिहीबार बिहान चिप्लिएर बेल्जियमका ६४ वर्षीय आन्द्रे डेक्लियरको मृत्यु भएको स्थानीय टेक हादुर राईले जानकारी दिए । माप्यदूधकाशी गाउँपालिकाका उपाध्यक्ष गौरव राईका अनुसार डेक्लियर मेरापिक हिमाल चढ्न आएका थिए । प्रतिकूल मौसमका कारण उद्धारका लागि हेलिकप्टर तत्कालै आउन नसकेको ...