मुख्य समाचार
अमेरिकी सेयर बजारले सन् २०२० यताकै सबैभन्दा ठूलो क्षति व्यहोरेको खबर सार्वजनिक
अमेरिकी सेयर बजारले सन् २०२० यताकै सबैभन्दा ठूलो क्षति व्यहोरेको खबर सार्वजनिक

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने वस्तुमा अतिरिक्त भन्सार महसुल (ट्यारिफ) को घोषणा गरेपछि अमेरिकी सेयर बजारले सन् २०२० यताकै सबैभन्दा ठूलो क्षति व्यहोरेको खबर सार्वजनिक भएका छन् । अमेरिकाको डो र एस एन्ड पी ५०० भनिने शेयर बजार सूचकांक क्रमश: ४ र ४.८ प्रतिशतले घटेको सीएनबीसीले जनाएको छ । प्रविधि कम्पनीहरूको बाहुल्य रहेको नास्ड्याक कम्पोजिट पनि ६ प्रतिशतले खुम्चिएको छ ।


बुधबारयता सबैजसो प्रमुख कम्पनी र सूचकांकहरूमा उल्लेख्य गिरावट आएका छन् । राताम्य बनेका अमेरिकी सेयर बजारमा लगानीकर्ताहरूले गुमाएको कुल रकम ३० खर्ब अमेरिकी डलर आसपास रहेको प्रमुख सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।


ट्रम्पको घोषणाले अमेरिकी सेयर बजारमा गरेको असरलाई विश्वका अन्य प्रमुख सेयर बजारले पनि संत्रासपूर्वक पछ्या्एका छन् । यूएसए टुडेका अनुसार बुधबार ट्रम्पले सबैजसो प्रमुख देशमाथि लगाएको ट्यारिफ र त्यसको प्रभावले हुनसक्ने व्यापार युद्ध र मन्दीको डरले अन्य प्रमुख सेयर बजारहरू औसत ४.५ प्रतिशतले ओर्लिएका थिए ।

बेलायतको एफटीएसई १०० झन्डै ३.५ प्रतिशत, जर्मनीको डीएएक्स ४.२ प्रतिशतसँगै फ्रान्स ३.८ प्रतिशत, इटाली ३.९ प्रतिशत र स्पेनको सेयर सूचकांक ३.६ प्रतिशतले ओर्लिएका छन् । एसियाली प्रमुख बजारमा जापानको निक्केइ २२५ झन्डै ५.१ प्रतिशत, चीनको सांघाइ कम्पोजिट इन्डेक्स ६.३ प्रतिशत र दक्षिण कोरियाको कप्सी ४.८ प्रतिशतले ओर्लिएको थियो । अन्य सेयर बजारमा अस्ट्रेलियाको सेयर सूचकांक ३.८ प्रतिशत र भारतको सेन्सेक्स झन्डै ४.५ प्रतिशतले ओर्लिएको न्युयोर्क टाइम्सले जनाएको छ ।

यो गिरावटले सबैभन्दा धेरै प्रविधि, खुद्रा व्यापार र सवारी साधन क्षेत्रलाई प्रभावित गरेको देखिएको छ । एप्पल र एनभिडियाजस्ता प्रविधि कम्पनीहरूको सेयर क्रमशः ९ प्रतिशत र ८ प्रतिशतले घट्यो । खुद्रा व्यापारमा डलर ट्री र ग्यापले ठूलो घाटा व्यहोरेका छन् । यी कम्पनीका सेयर मूल्य क्रमशः १३ प्रतिशत र २० प्रतिशतले ओर्लिए ।

सवारी साधनसम्बन्धी क्षेत्र पनि गम्भीर रूपमा प्रभावित भएको छ । टेस्ला, फोर्ड र जनरल मोटर्सजस्ता कम्पनीहरूको सेयर मूल्यमा उल्लेख्य रूपमा गिरावट आएको थियो । घाटाको मारमा हाई-प्रोफाइल लगानीकर्ता र व्यावसायिक नेतृत्वकर्ताहरू पनि परेका छन् ।

यूएस न्युजका अनुसार टेस्लाको सेयर ११ प्रतिशतले ओर्लँदा इलन मस्कले १९ अर्ब अमेरिकी डलर र अमेजनको सेयर ९ प्रतिशत घट्दा जेफ बेजोसले २० अर्ब अमेरिकि डलर गुमाए । मेटाको सेयर १४ प्रतिशतले घट्दा मार्क जकरबर्गले झन्डै ३४ अर्ब अमेरिकी डलरसँगै गुगलका ल्यारी पेजले २० अर्ब अमेरिकी डलर, डेलका माइकल डेलले २० अर्ब अमेरिकी डलर, वारेन बफेटले १५ अर्ब अमेरिकी डलर र बिल गेट्सले १४ अर्ब अमेरिकी डलरको क्षति व्यहोरेका थिए ।


यो बजार गिरावटले अमेरिकी अर्थतन्त्रमा गम्भीर प्रभाव पार्ने आकलन गरिएको छ भने मन्दीको डर बढेको छ । उच्च भन्सार महसुल र अन्य राष्ट्रहरूको सम्भावित प्रतिकृयाले आर्थिक वृद्धिमा गिरावट, अमेरिकी उपभोक्ताहरूका लागि उच्च मूल्य वृद्धि र मुद्रास्फीति बढ्ने जोखिम ल्याउन सक्ने अर्थशास्त्रीहरूले चेतावनी दिएका छन् ।

'यो अमेरिकी अर्थतन्त्रका लागि मात्र नभएर विश्वव्यापी अर्थतन्त्रकै लागि उल्लेख्य प्रभाव निम्त्याउन सक्ने कदम हो,’ फिच रेटिङ्सका अमेरिकी आर्थिक अनुसन्धान प्रमुख ओलु सोनोलाले भनेका छन्, ‘धेरै देशहरू मन्दीमा जान सक्ने प्रबल सम्भावना देखिन्छ ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानको इस्लामिक रिभोलुसनरी गाड्र्सले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई ‘ऐतिहासिक विजय’ का रूपमा स्वागत गर्दै अमेरिकालाई पश्चिम एसियाबाट पूर्ण रूपमा बाहिरिन आह्वान गरेको छ । रिभोलुसनरी गाड्र्सले बिहीबार जारी गरेको विज्ञप्तिमा इराकी जनता, इस्लामिक प्रतिरोधको संयुक्त मोर्चा र इस्लामिक विश्वका क्रान्तिकारी लडाकूलाई अमेरिकी सेनाको फिर्तीका लागि बधाई दिइएको छ । गाड्र्सको आधिकारिक सञ्चारमाध्यमले विज्ञप्ति सार्वजनिक ...
। दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँगको विश्वास पुनःस्थापित गर्दै वार्ता अघि बढाउन आह्वान गरेका छन्। दक्षिण कोरियाली सैनिक घाइते हुने गरी दुई देशबीचको असैन्यीकृत क्षेत्र (डिएमजेड) मा विस्फोट भएको केही दिनपछि उनले यस्तो आह्वान गरेका हुन्। दक्षिण कोरियाको सशस्त्र सेना दिवसका अवसरमा बिहीबार सम्बोधन गर्दै राष्ट्रपति लीले लामो समयदेखि जारी अवरोध अन्त्य गर्दै ...
— दुबईबाट तेल अभिभतर्फ गइरहेको फ्लाई दुबईको एफजेट१०७३ उडानमा भएको ककपिट झडपबारे संयुक्त अरब इमिरेट्स (युएई) ले अनुसन्धान सुरु गरेको छ । युएईका महान्यायाधिवक्ता डा. हमाद सैफ अल–शम्सीले घटनाको कारण, परिस्थिति र उद्देश्य पत्ता लगाउन विशेष अनुसन्धान टोली गठन गरिएको बताएका छन् । युएईको अनुसन्धानले यो घटना कुनै आतंकवादी गतिविधि वा उद्देश्यसँग जोडिएको थियो कि ...
रुसले मस्कोस्थित हंगेरीका कुटनीतिज्ञहरूलाई देश छाड्न आदेश दिएको छ। रुसी विदेश मन्त्रालयले बिहीबार यसको घोषणा गरेको हो। रुसले मस्कोमा रहेका हंगेरीका कार्यवाहक राजदूत गाबोर गर्गिचलाई मन्त्रालयमा बोलाएको थियो। मन्त्रालयले उनलाई यो निर्णयको जानकारी दिएको छ। हंगेरीको मस्कोस्थित दूतावासका कर्मचारीहरूले रुस छाड्नुपर्नेछ। सेन्ट पिटर्सबर्ग र कजानमा रहेका हंगेरीका महावाणिज्य दूतावासका कर्मचारीहरू पनि फर्कनुपर्नेछ। हंगेरीले गत सेप्टेम्बर ८ मा केही ...
। अस्ट्रेलियाको तास्मानियामा रहेको देशकै ठूलोमध्येको एक औषधीय गाँजा उत्पादक कम्पनी तास्मानियन बोटानिक्स अब लगभग पूर्ण रूपमा चिनियाँ स्वामित्वमा गएको छ। होबार्टको उत्तरस्थित पोन्टभिलमा रहेको यस कम्पनीको माउ संस्था (होल्डिङ कम्पनी) पिजेनको बाँकी सेयर चिनियाँ स्वामित्वको योङ्जी हेल्थले करिब ३ करोड १० लाख अस्ट्रेलियन डलरमा खरिद गरेसँगै स्वामित्व परिवर्तन भएको हो। चीनको गुइझोउमा आधारित योङ्जी प्रिन्टिङको सहायक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम