मुख्य समाचार
नेपाल सुपर लिग(एनएसएल)को अनुशासन समितिले पोखरा थन्डर्सलाई कारबाही
नेपाल सुपर लिग(एनएसएल)को अनुशासन समितिले पोखरा थन्डर्सलाई कारबाही

: नेपाल सुपर लिग(एनएसएल)को अनुशासन समितिले पोखरा थन्डर्सलाई कारबाही गरेको छ। बुधबार दशरथ रंगशालामा भएको पोखरा थन्डर्स र ललितपुर सिटिएफसी बीचको खेलमा मैदानमा गरेको अनैतिक व्यवहारका कारण पोखरालाई कारबाही गरिएको हो।


पोखरा थन्डर्सका किट म्यानेजर सुन्दर थापालाई एनएसएल २०२५ सिजनभरि रंगशाला प्रवेशमा बन्देज लगाइएको छ। दीपक श्रेष्ठलाई दुई खेलसम्म मैदान प्रवेशमा रोक लगाइएको छ। पोखरा थन्डर्सको अफिसियल टिमलाई ५० हजार जरिवाना गरिएको छ।


खेलको बीचमा अनैतिक र अशोभनीय क्रियाकलाप गरेको भन्दै आयोजक टिमको अनुशासन समितिले पोखरालाई कारबाही गरेको हो। खेलको दौरान पोखराले ८१ औँ मिनेटमा कप्तान नवयुग श्रेष्ठले प्रहार गरेको बल ललितपुरका गोलकिपर जेफराले बचाउ गरेका थिए।


उक्त प्रहारले गोललाइन क्रस गरिसकेको भन्दै गरेको पोखराको टिम र अफिसियलले गोलको माग गरेका थिए। उक्त विषय लम्बिँदा पोखराको अफिसियल टिम र रेफ्रीबीच भनाभन भएको थियो। चर्काचर्कीको दौरान किट म्यानेजर सुन्दर थापाले प्रतियोगिता निर्देशक सञ्जीव मिश्रलाई भुइँमै लडाइदिएका थिए। सोही क्रियाकलापलाई एनएसएलको अनुशासन समितिले अशोभनीय भन्दै कारबाही गरेको हो।

त्यस्तै, आयोजकले अन्य कुनै पनि टिमलाई मैदानमा यस्ता क्रियाकलाप नदोहोर्‍याउन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...