मुख्य समाचार
रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म
रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म

। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ ।

कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको रूपान्तरण हो ।




यो फिल्म एलेक्स रोज नामक पात्रको कथामा आधारित छ, जसको भूमिकामा सोफिया कार्सन अभिनय गरेकी छन् । एक युवती जो शिक्षण सपनालाई पछ्याउनुको सट्टा आफ्नी आमाको सौन्दर्य प्रसाधन कम्पनीमा काम गर्दै जोसहिन जीवनमा फसेको महसुस गर्छिन् ।

उनकी आमा, एलिजाबेथ (कोनी ब्रिटन)को क्यान्सरबाट मृत्यु भएपछि, एलेक्सले आफू उत्तराधिकारी बन्न १३ वर्षको उमेरमा लेखिएको बाल्यकालको इच्छा सूची (बकेट लिस्ट) लिस्ट पूरा गर्नुपर्छ । पियानोमा ‘क्लेयर डे लुन’ बजाउने, साँचो प्रेम खोज्ने जस्ता प्रत्येक कार्य उनकी आमाबाट पूर्व-रेकर्ड गरिएको डीभीडीको सन्देशको साथ आउँछ, जसले उनलाई आत्म-खोज तर्फ डोर्‍याउँछ ।




कलाकारमा ब्राडको भूमिकामा काइल एलेन, इच्छापत्रको निरीक्षण गर्ने आकर्षक वकिल ग्यारेटको भूमिकामा सेबास्टियन डे सुजा, एक सहकर्मी र रोमान्टिक इन्ट्रेस्टको पात्रमा जोसे जुनिगा, मारियान रेन्डोन र फेडेरिको रोड्रिगेज जस्ता सहायक कलाकारहरू समावेश छन् ।

यो फिल्मलाई लिएर क्रिटिकले मिश्रित प्रतिक्रिया दिएका छन् । केहीले कार्सन र ब्रिटनको अभिनयको प्रशंसा गरेका छन् भने केहीले फिल्मको प्रस्तुतिकरणको प्रशंसा गरेका छन् । केहीले यसलाई प्रेडिक्टेबल र निल्न कठिन फिल्मको रुपमा ब्याख्या गरेका छन् । २ घण्टा ५ मिनेट रनटाइमको यो फिल्मलाई २ करोड ४४ लाख पटक हेरिएको छ ।



यस साता धेरै हेरिएका १० नेटफ्ल्क्सि फिल्म :

१) द लाइफ लिस्ट
२) द इलेक्ट्रिक स्टेट
३) कन मम
४) डेन अफ थिभ्स २ : पान्टेरा
५) द ट्विस्टर : कट इन द स्टोर्म
६) द ट्विस्टर : कट इन द स्टोर्म
७) अ क्वाइट प्लेस : डे वन
८) डेस्पिक्टेबल मी ४
९) प प्याट्रल : द माइटी मूभी
१०) प्लाङ्क्टन : द मूभी



सिरिजतर्फ ‘द एडोलसन्स’ शीर्षस्थानमा

रिलिजको ३ सातापछि पनि समीक्षकले निकै प्रशंसा गरेको श्रृंखला ‘एडोलेसन्स’ नेटफ्लिक्सको सबैभन्दा लोकप्रिय टिभी कार्यक्रमहरू मध्ये एक हो जसलाई अहिलेसम्म ९६.७ मिलियन पटक हेरिएको छ । यो हप्ता ३०.४ मिलियन पटक हेरिएएको छ । अंग्रेजी टिभी चार्टमा शीर्ष स्थानमा छ र ९३ देशहरूमा शीर्ष १० मा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...