मुख्य समाचार
अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह
अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह

। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् ।

अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ ।




छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई उनीहरूको क्यारेक्टरमा देख्न सकिन्छ । लामाले यसअघि जियो सिनेमा र हटस्टारमा रिलिज भएको वेबसिरिज ‘निन्जा’मा पनि अभिनय गरेका थिए ।

वर्षौं लामो मिहेनतपछि चर्चित फिल्मको सिरिजमा अभिनय गर्न पाउनुलाई उनको करिअरका लागि महत्वपूर्ण हुने ठानिएको छ । नेपालीमूलका लामाले सन् २०१३ मा रनवे मोडलको रुपमा करिअर सुरु गरेका थिए ।

ज्यान्डरकी आमा नेपालको लमजुङकी हुन् । ज्यान्डरले इण्डिया फेसन अवार्डमा ‘मेल मोडल अफ द इयर’को उपाधि जितेका छन् । उनले ल्याक्मे फेसन विक, जीक्यू फेसन आदिमा रनवे नापेका छन् । भोग, जीक्यू, ब्राइड्स, कस्मोपोलिटन, हार्पर्स बजार जस्ता शीर्ष फेसन पत्रिकामा उनले फोटोसुट गराएका छन् ।

निर्देशक बासुले यसअघिको आफ्नो चर्चित फिल्म ‘बर्फी’को छायांकन पनि सिक्किमको नजिक पर्ने दार्जिलिङमा गरेका थिए । जहाँ नेपाली अभिनेता भोलाराज सापकोटाले रणवीर कपुरसँगै अभिनय गरेका थिए । भारतको पूर्वोत्तर सिक्किम र पश्चिम बंगालमा निर्देशक बासुको मोह देखिन्छ ।

फिल्मका कलाकारले सिक्किमका मुख्यमन्त्री प्रेम गोले तामाङलाई समेत भेटेका छन् । मुख्यमन्त्रीले भेटका तस्वीर सार्वजनिक गर्दै छायांकनमा राज्य सरकारले सघाउने प्रतिबद्धता जनाएका छन् । यो फिल्मको प्रदर्शन आगामी अक्टोबर १७ मा हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्था समितिले चलचित्र विधेयक पारित गरेको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गदै पारित गरेको हो । चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा पेश गर्ने कार्यसूची रहेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले स्वदेशी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन हुनेगरी सो सम्बन्धी कानुन परिमार्जन गर्न लागिएको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री सिन्हाले चलचित्र सम्बन्धि प्रचलित कानुनलाई परिमार्जनका लागि सांसदहरूले गरेका विमर्शले सिंगै देशको चाहनालाई प्रतिबिम्बित ...
— साहसिक जलयात्राका लागि विश्वकै उत्कृष्ट नदीनालामध्ये सातौं स्थानमा सूचीकृत भोटेकोशी र सुनकोशी नदी क्षेत्रमा हिउँदयाममै पर्यटकको चहलपहल लागेको छ। सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिं थापाकाअनुसार यहाँ कठ्याग्रिदो चिसोका बाबजुद नदीमा र्‍याफ्टिङ गर्ने आन्तरिक तथा विदेशी पर्यटक तानिएका छन् । बिहानदेखि नदीको छालसँग लुकामारी खेल्दै अघि बढ्ने र्‍याफबोट र साँझ अरनिको राजमार्गसँगै देखिने टेन्ट ...
। ‘धुरन्धर’ का फ्यानका लागि खुसीको खबर छ ! यो फिल्मको दोस्रो भागको टिजर छिट्टै सार्वजनिक गरिने भएको छ । यससँगै फिल्मको शीर्षक पनि तय भएको बलिउड संचारमाध्यमले जनाएका छन् । सोमबार ‘धुरन्धर २’ को टिजर सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनमा पठाइएको थियो । यो टिजर १ मिनेटभन्दा लामो छ । बलिउड हंगामाको रिपोर्ट अनुसार, फिल्मको ...
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम