मुख्य समाचार
टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तिम टोली सार्वजनिक
टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तिम टोली सार्वजनिक

। नेपाल क्रिकेट संघ (क्यान)ले यही अप्रिल ९ देखि १३ सम्म हङकङ चाइना को आयोजनामा हुने चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तिम टोली सार्वजनिक गरेको छ।

क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । प्रतियोगितामा नेपालसहित आयोजक हङकङ, कुवेत र कतार सहभागी हुनेछन्।




टोलीमा कप्तान रोहितसँगै दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ सेख, सोमपाल कामी, ललित राजवंशी, कुशल मल्ल, करण के.सी, बसिर अहमद, साहब आलम, नन्दन यादव, रिजन ढकाल, गुलशन कुमार झा र लोकेश बम छन् ।

नन्दन पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन् भने बसिर र साहब दुवै सन् २०२२ पछि पहिलोपटक टी-२०आई टोलीमा फर्किएका हुन् । चार देशीय यो प्रतियोगिता नेपालका लागि आगामी टी–२० विश्वकपको तयारीको दृष्टिकोणले समेत महत्वपूर्ण मानिएको छ।




टोलीमा सन्दीप लामिछाने र अनिल शाह भने छैनन् । सन्दीप शल्यक्रियापछि रिकभर गरिरहेका छन् भने अनिल चोटका कारण टोलीबाहिर छन् ।

नेपालको नयाँ प्रशिक्षकमा स्टुअर्ट ल नियुक्त भइसकेका छन् यद्यपी यस शृंखलाका लागि भने पूर्वकप्तान ज्ञानेन्द्र मल्ल नेपालको प्रशिक्षक रहनेछन् ।

यस प्रतियोगितामा चारवटै टोलीले एकअर्कासँग एक-एकपटक खेलेपछि शीर्ष २ टोलीबीच फाइनल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...