मुख्य समाचार
चिनियाँ सरकारले ट्रम्पले चीनमाथि लगाएको ३४ प्रतिशत भन्सार करको जवाफमा समान ३४ प्रतिशत नै भन्सार कर लगाउने घोषणा
चिनियाँ सरकारले ट्रम्पले चीनमाथि लगाएको ३४ प्रतिशत भन्सार करको जवाफमा समान ३४ प्रतिशत नै भन्सार कर लगाउने घोषणा

। चिनियाँ सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि लगाएको ३४ प्रतिशत भन्सार करको जवाफमा समान ३४ प्रतिशत नै भन्सार कर लगाउने घोषणा गरेको छ ।

न्युयोर्क टाइम्सका अनुसार चीनको अर्थ मन्त्रालयले शुक्रबार यो निर्णय सार्वजनिक गरेको हो।




योसँगै, चीनले ११ अमेरिकी कम्पनीहरूलाई ‘अविश्वसनीय संस्था’ को सूचीमा राखेको छ। यो निर्णयले ती कम्पनीहरूलाई चीनभित्र व्यापार गर्न र चिनियाँ कम्पनीहरूसँग कारोबार गर्न प्रतिबन्ध लगाउनेछ।

चीनले दुर्लभ खनिज निर्यातमा कडा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यी खनिजहरू इलेक्ट्रिक कारदेखि स्मार्ट बमसम्म विभिन्न प्रविधिहरूमा प्रयोग हुने गर्छन् र तिनीहरूको उत्पादन लगभग पूणरुपमा चीनमै सीमित छ।




चिनियाँ भन्सार निकायले केही अमेरिकी कृषि उत्पादकहरूबाट कुखुरा आयात पनि रोक्ने निर्णय गरेको छ।

यी घोषणाहरू चीनका तीन छुट्टाछुट्टै सरकारी निकायहरूले केही मिनेटको अन्तरमै जारी गरेका थिए। यसले ट्रम्पले सुरू गरेको व्यापार युद्धमा चीन कुनै पनि हालतमा पछाडि हट्न तयार छैन भन्ने संकेत गरेको छ ।

क्यानडाले लगायो २५ प्रतिशत भन्सार कर, फ्रान्सले अमेरिकामा लगानी रोक्ने

यस्तै, क्यानडाले बिहीबार अमेरिकी गाडीहरूमा २५ प्रतिशत भन्सार कर लगाउने घोषणा गरेको हो ।

यसैबीच, फ्रान्सले अमेरिकामा सबै लगानी रोक्ने निर्णय गरेको छ। फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले ट्रम्पलाई युरोपेली युनियनमाथिको २० प्रतिशत भन्सार कर हटाउन दबाब दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चिनियाँ राष्ट्रपति सी चिनपिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबिच ‘महत्त्वपूर्ण सहमति’ भएको छ। दुवै देश क्षेत्रीय एवं विश्वव्यापी शान्ति रक्षाका लागि मिलेर अघि बढ्न सहमत भएका छन्। चिनियाँ राष्ट्रपति सी उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर फर्केका छन्। त्यसपछि उनले एक धन्यवाद सन्देश पठाएका थिए। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले ...
। इरानले स्ट्रेट अफ होर्मुज नजिक अमेरिकाको अपाचे हेलिकोप्टर खसालेको छ । त्यसको बदलामा अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकोप्टर खसालिएको घटनाका लागि इरानलाई जिम्मेवार ठहर गर्दै प्रतिकार गर्ने चेतावनी दिएका थिए । अमेरिकी आक्रमणपछि इरानले पनि कडा जवाफ दिने चेतावनी दिएको छ । यससँगै क्षेत्रमा फेरि युद्ध भड्किने ...
। इरानले अमेरिकी ‘एमक्यू-९ रिपर’ ड्रोन खसालेको दाबी गरेको छ। इरानको तस्निम समाचार एजेन्सीका अनुसार यो हमला दक्षिणी इरानको जाम क्षेत्रमा गरिएको हो। सामाजिक सञ्जालमा ड्रोन खसालिएको भनिएको एउटा भिडियो पनि बाहिर आएको छ। यद्यपि, अमेरिकी सेनाको तर्फबाट एमक्यू-९ ड्रोन खसालिएको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन। अमेरिकाले इरानविरुद्धको आफ्नो सैन्य कारबाही पूरा भएको बताएसँगै यो ...
। ‘स्टोनहेन्ज’ बेलायतको एक प्रख्यात प्रागैतिहासिक स्मारक हो। यस स्मारकको केन्द्रमा ६ टन तौलको विशाल ढुङ्गा छ। यसलाई ‘अल्टर स्टोन’ भनिन्छ। पुरातन मानवहरूले यस ढुङ्गालाई सयौँ किलोमिटर टाढा स्कटल्यान्डबाट ओसारपसार गरेका थिए। एउटा नयाँ वैज्ञानिक अनुसन्धानले यो कुरा पुष्टि गरेको छ। यो अध्ययन अस्ट्रेलियाको कर्टिन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूको नेतृत्वमा भएको हो। यस अध्ययनले हजारौँ वर्ष अघिको मानव ...
। क्यानडाको एयरलाइन एयर क्यानडाका पूर्व पाइलट जियोफ्री वालमाथि नक्कली लाइसेन्सको भरमा १७ वर्षसम्म व्यावसायिक उडान भरेको आरोप लागेको छ। डेपुटी चिफ निक मिलिनोविचका अनुसार, आरोपीले हजारौँ यात्रुहरूको सुरक्षालाई खतरामा पारेका छन्। प्रहरीका अनुसार वालमाथि ५ हजार डलरभन्दा बढीको ठगी, सार्वजनिक उपद्रव, नक्कली कागजात प्रयोग गरेको र नक्कली प्रमाण चिह्न राखेको लगायत थुप्रै आरोपहरू लगाइएको छ। ५९ ...