मुख्य समाचार
अमेरिकामा सयौं विद्यार्थीलाई भिसा रद्द गरिएको इमेल, देश छोड्न आदेश
अमेरिकामा सयौं विद्यार्थीलाई भिसा रद्द गरिएको इमेल, देश छोड्न आदेश

। अमेरिकामा अध्ययन गरिरहेका सयौं विदेशी विद्यार्थीहरूले अचानक आफ्नो एफ-१ (विद्यार्थी) भिसा रद्द भएको इमेल प्राप्त गरेका छन् । अमेरिकी विदेश मन्त्रालयले यो इमेल मार्चको अन्तिम सातातिर पठाएको हो ।

रिपोर्टहरूका अनुसार क्याम्पस आन्दोलनमा संलग्न विद्यार्थीहरूलाई यो इमेल पठाइएको छ । साथै, आन्दोलनमा प्रत्यक्ष भाग नलिए पनि सामाजिक सञ्जालमा ‘इजरायल विरोधी’ पोस्ट लाइक, सेयर वा कमेन्ट गरेका विद्यार्थीहरूलाई भिसा रद्द गरिएको इमेल पठाउँदै अमेरिका छाड्न भनिएको छ ।




इमेलमा विद्यार्थीहरूलाई एफ-१ भिसा रद्द भइसकेको छ र तत्काल अमेरिका छोड्नुपर्ने निर्देशन स्पष्ट रूपले दिइएको छ । आदेशको पालना नगरेमा कानुनी कारबाही भोग्नुपर्ने चेतावनीसमेत इमेलमा दिइएको छ ।

एआईबाट पहिचान

विद्यार्थीहरूको गतिविधि ट्र्याक गर्न अमेरिकी सरकारले ‘क्याच एण्ड रिभोक’ नामक एआई प्रविधिको प्रयोग गरिरहेको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोका अनुसार २६ मार्चसम्म ३०० भन्दा बढी ‘हमास समर्थक’ विद्यार्थीहरूको भिसा रद्द भइसकेको छ, जसमा भारतीय विद्यार्थीहरू समेत परेका छन्।

देश नछोडे हिरासतमा लिने चेतावनी

हार्वर्ड, कोलम्बिया, येल, क्यालिफोर्निया र मिशिगन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले यस्तो इमेल प्राप्त गरेका छन् । भिसा इमिग्रेसन एन्ड नेसनालिटी एक्टको धारा २२१(आई) अन्तर्गत रद्द गरिएको जानकारी इमेलमा उल्लेख गरिएको छ ।

विद्यार्थीहरूलाई तुरुन्तै अमेरिका छोड्न, अन्यथा हिरासतमा लिइने चेतावनी दिइएको छ । साथै, यदि अमेरिका छोड्दा दूतावासमा आफ्नो पासपोर्ट नबुझाए उनीहरूलाई यात्रा प्रतिबन्धको सामना गर्नुपर्ने पनि इमेलमा उल्लेख छ ।

इमिग्रेशन मामिलाका वकिलहरुका अनुसार, भिसा रद्द भए पनि विद्यार्थीहरूले अमेरिका भित्रै रहेर अध्ययन जारी राख्न सक्छन् र अदालतमा चुनौती दिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनी ड्रोनहरूले रुसको पेन्जा क्षेत्रमा रहेको वाइल्डबेरिजको वेयरहाउसमा आक्रमण गरेका छन्। यस आक्रमणमा प्रारम्भिक विवरण अनुसार १ जना घाइते भएका छन्। पेन्जा क्षेत्रका गभर्नर ओलेग मेलनिचेन्कोले यो जानकारी दिएका हुन्। गभर्नर ओलेग मेलनिचेन्कोले म्याक्स मेसेजिङ एपमा लेखेका छन्, ‘ड्रोनहरूले वाइल्डबेरिजको वेयरहाउसमा आतङ्ककारी आक्रमण गरेका छन्। प्रारम्भिक विवरण अनुसार १ जना घाइते भएका छन्। करिब २०० ...
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको हांगुस्थित खजिना चेकपोस्टमा आक्रमण भएको छ। उक्त आक्रमण र जवाफी कारबाहीमा परी एकजना डीएसपीसहित नौजना प्रहरीको मृत्यु भएको छ। बीबीसी उर्दूका अनुसार खैबर पख्तुनख्वा प्रहरीले यस दोहोरो मुठभेडमा १५ जना चरमपन्थी मारिएको दाबी गरेको छ। बुधबार भएको आक्रमण र जवाबी अभियानका क्रममा डीएसपी दियार खानसहित नौ प्रहरी मारिएका हुन्। यस आक्रमणमा डीएसपी मुजाहिद ...
। अमेरिकामा रगतको अभाव गम्भीर बन्दै गएको छ । अमेरिकन रेडक्रसले आफ्नो १५० वर्षको इतिहासमै दोस्रो पटक रगतको मौज्दात ‘संकट’ स्तरमा पुगेको घोषणा गरेको छ । बीबीसीका अनुसार अमेरिकन रेडक्रसकी डा. कोर्टनी लरेन्सले जंगलमा लागेको डढेलो, अत्यधिक गर्मी तथा अन्य विभिन्न कारणले रगत संकलनमा असर परेपछि यस्तो अवस्था सिर्जना भएको बताएकी छन् । उनका अनुसार गत एक ...
। इरानले मध्यपूर्वमा रहेका आफ्ना सैन्य अखडाहरूमा अचानक हमला गर्दै धेरै ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको अमेरिकी सेनाले दाबी गरेको छ। तर सबै मिसाइलहरूलाई सफलतापूर्वक इन्टरसेप्ट गरिएको अमेरिकी सेनाले जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार यो हमला मङ्गलबार साँझ भएको हो। सम्भावित अखडाहरूको विवरण सार्वजनिक गरिएको छैन। यसको जवाफमा अमेरिकी र साउदी अरबका सेनाहरूले पूर्वी इराकमा रहेका ...
ट्रम्प प्रशासनले मंगलबार अमेरिकामा ह्युमनोइड रोबोटको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यी रोबोटले देशको राष्ट्रिय सुरक्षाका लागि जोखिम पैदा गर्न सक्ने प्रशासनले बताएको छ। यो जोखिम स्वीकार गर्न नसकिने प्रशासनको भनाइ छ। यो प्रतिबन्ध उन्नत रोबोटहरूमा लागु हुनेछ। यसमा ह्युमनोइड र चार खुट्टा भएका रोबोटहरू समावेश छन्। यीमध्ये धेरैजसो रोबोट चीनमा बन्छन्। चीन र अमेरिका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम