मुख्य समाचार
बुटवल–नारायणगढ सडक खण्डको दाउन्ने क्षेत्रमा दैनिक १० घण्टा सवारी साधन रोकेर सडक विस्तार गर्ने तयारी
बुटवल–नारायणगढ सडक खण्डको दाउन्ने क्षेत्रमा दैनिक १० घण्टा सवारी साधन रोकेर सडक विस्तार गर्ने तयारी

: बुटवल–नारायणगढ सडक खण्डको दाउन्ने क्षेत्रमा दैनिक १० घण्टा सवारी साधन रोकेर सडक विस्तार गर्ने तयारी गरिएको छ।


दाउन्ने सडक खण्डको १३ किलोमिटरको दूरी पार गर्न ८ देखि १० घण्टासम्म लाग्न थालेपछि सरोकारवालाहरूको बैठकले दिउँसो र रातिको समयमा सवारी साधन रोकेर सडक विस्तार गर्ने तयारी गरेका हुन्।


पूर्वी र पश्चिम नवलपरासीका सरोकारवालाहरूको शनिबार बसेको बैठकले दिउँसो र रातिको समय गरी कुल १९ दिन सवारी साधन बन्द गरेर सडक विस्तार गर्नका लागि गृह मन्त्रालयमा अनुमति माग गरेको नवलपरासी पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले बताए।


जसअनुसार आगामी चैत २७ गतेदेखि ३० गतेसम्म चार दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र २०८२ वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन रोकेर सडक विस्तार गरिने तयारी गरिएको हो। त्यसका लागि गृह मन्त्रालयमा अनुमति माग गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए।

बैठकमा पूर्वी र पश्चिम जिल्लाका समन्वय समिति प्रमुख, सुरक्षा निकायका प्रमुख, पूर्वी नवलपरासीको विनयी त्रिवेणी र पश्चिम नवलपरासीका बर्दघाट र सुनवलका जनप्रतिनिधिहरू, आयोजना र निर्माण कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

आयोजना र निर्माण कम्पनीको माग अनुसार सडक विस्तारका लागि सवारी साधन बन्द गर्नुपर्ने सुझावका आधारमा गृह मन्त्रालयमा अनुमति मागिएको भण्डारीले बताए। दाउन्ने क्षेत्रका ठाउँ ठाउँमा खाल्डाखुल्डी भएका कारण दैनिकजसो सवारी साधन बिग्रने र सडक नै अवरोध हुँदा यात्रुहरूलाई ४५ मिनेटको बाटो पार गर्न ८ देखि १० घण्टा लाग्ने गरेको छ।

दुम्कीबासदेखि दाउन्ने हुँदै बर्दघाटसम्मको बाटो निकै जोखिमपूर्ण छ। त्यस क्षेत्रमा विस्तारका क्रममा भत्काइएका सडक, साँघुरो घुम्ती, निर्माणका लागि बनाइएका अस्थायी डाइभर्सन र धुलाम्मे बाटोले यात्रालाई कष्टकर बनाएको हो। सडक निर्माण सुरु भएको ६ वर्ष यताकै अहिले सबैभन्दा तीव्र गतिमा काम भइरहे पनि दाउन्ने सडकमा भने विस्तारको काममा समस्या भएकाले यात्रुले सास्ती खेप्नु परेको हो।

११४ किलोमिटर लम्बाइको सडक पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई खण्डमा विभाजित गरी काम अघि बढाइएको छ। अहिलेसम्म ६५ किमी एकतर्फी र २२ किमी दुईतर्फी सडक कालोपत्रे भएको आयोजनाले जनाएको छ। २०७५ चैतमा काम सुरु गरेको आयोजनाले समयमा काम सम्पन्न नगरेपछि पटक पटक म्याद थपिएको छ। पछिल्लो समय २०८२ साउन ८ गतेसम्म काम सक्ने गरी म्याद थप गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। श्रम शोषण भन्‍दै नेपाल मेडिकल कलेज जोरपाटीका आवासीय चिकित्सकहरू प्रदर्शनमा उत्रिएका छन् । सरकारले मन्त्रिपरिषद्‌बाट पारित भएको न्यूनतम तलब ४८ हजार पाउनु पर्नेमा नपाएको भन्‍दै उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले ‘स्वास्थ्य शिक्षा माथिको चरम व्यापारीकरण नियन्त्रण गर’, ‘पीजी सिटको कालोबजारी बन्द गर’, स्वास्थ्य शिक्षामाथि राजनीति बन्द गर, आवासीय चिकित्सकमाथिको श्रम शोषण बन्द गर, लगायतका ...
। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनमा ढिलाइ हुने भएको छ । शिक्षकहरूले माग पूरा नभएसम्म उत्तरपुस्तिका परीक्षण नगर्ने घोषणा गरेपछि नतिजा प्रकाशितमा ढिलाइ हुने भएको हो । यो साताबाट उत्तरपुस्तिका परीक्षण सुरु हुनुपर्ने हो । ‘उत्तरपुस्तिका जिल्लाबाट परीक्षण केन्द्रमा पठाउने काम भइ रहेको छ । शिक्षकले परीक्षण नगर्ने भन्नुभएको छ । यो साताबाट परीक्षण ...
। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अर्थतन्त्रमा खेलाँची गर्ने अधिकार सरकारलाई नभएको बताएका छन् । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तमा बिचौलिया हाबी हुन लागेको सुनेको बताउँदै कोइरालाले अर्थतन्त्रमा खेलाँची नगर्न सरकारलाई चेतावनी दिए । गभर्नर नियुक्त गर्दा बिचौलिया हाबी भएको हो भने त्यसमा सरकारलाई चुनौती दिने बताउँदै उनले भने, ‘सरकारका लागि दुर्भाग्य त हुन्छ नै । नेपालका ...
। काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरिएको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले देशभरका सबै विद्यालयहरु बन्द गरी काठमाडौंको सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गरेका छन् । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय ...
। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादी जनयुद्ध छोडेर प्रचण्ड समझदारीमा आएको जिकिर गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) बागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ...