मुख्य समाचार
मुकुल ढकालले सभापति रवि लामिछानेलाई बिदाई गरेर पार्टी निर्माणमा लाग्न आग्रह
मुकुल ढकालले सभापति रवि लामिछानेलाई बिदाई गरेर पार्टी निर्माणमा लाग्न आग्रह

: राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई बिदाई गरेर पार्टी निर्माणमा लाग्न आग्रह गरेका छन्। विगतमा आफूले केन्द्रीय समितिको बैठकमा रविको पार्टी होइन राष्ट्रिय स्वतन्त्र पार्टी बनाउन गरेको आग्रह स्मरण गराउँदै उनले पार्टी जोगाउने उपाय सोच्न आग्रह गरेका छन्।


‘अत: असार १९, २०८१ मा मैले पार्टीको केन्द्रीय समितिको बैठकमा राखेको प्रस्ताव - रविको पार्टी होइन राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ , यो प्रस्तावमा नआइ सुख छैन। उनले फेसबुकमार्फत भनेका छन्, ‘रवि दाइलाई राजनीतिबाट बिदा गरी, राष्ट्रिय स्वतन्त्र पार्टी निर्माणमा लागौँ। यसले दाइलाई पनि सबै कुरा छोडेर, मुद्दा मामिलामा फोकस हुन सजिलो हुन्छ र पार्टी पनि बन्ने दिशामा अघि बढ्छ।’


लामिछाने अदालतको गोलचक्करमा फसेकाले आदेशको स्वागत गरे अगाडि बढ्नुपर्ने उनको भनाई छ। ‘मानिलिऔँ, सर्वोच्चले छोडिहाले, फेरि जिल्लाको फैसलामा जान सक्छन्। फेरि उच्चले छोड्न सक्छ। अनि फेरी सर्वोच्चले लान सक्छ। १८-२० वटा अदालतको गोलचक्कर छ।’ ढकालले भनेका छन्, ‘धरौटीमा छोड्दा पटक पटक यो देशमा न्याय जिउँदो छ भनेर अदालतको सम्मान गरेका थिए। मैले त भनेकै थिए, धेरै खुशी नहुनु। तर खुशी भएपछि, कसको के लाग्छ र , बधाई दिए। अब अदालतलाई गाली गर्नुको के तुक रहन्छ र ! हिजो जसरी अदालतको फेसलाको स्वागत गरिएको थियो, त्यसरी स्वागत गर्ने।’


असारमा भनेको कुरा चैत्र लाग्दासम्म पनि बुझ्न नसके राजनीति के गर्छौ ? भन्दै रास्वपाका नेताहरुलाई उनले प्रश्न गरेका छन्। ‘असारमा भनेको कुरा चैत्र लाग्दासम्म पनि बुझ्न सकेनौँ भने, राजनीति के गर्छौ ? छोडिदिए हुन्छ। अब पार्टी जोगाउने उपाय भनेको असारको प्रस्तावमा फर्कनु हो। रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने निर्णय गर्नु हो। अनि मात्र नेपाल, नेपाली जनता, विधिको शासन र नैतिक मूल्य मान्यताको राजनीतीलाई न्याय मिल्छ’ ढकालले भनेका छन्।

लामिछानेले भनेको अन्तिम वाक्यलाई स्मरण गर्दै ढकालले म शून्यमा नै रहुँदा अब तपाईं कतिमा भन्दै प्रश्न तेर्स्याएका छन्। ‘रवि दाइले मलाई बोलेको अन्तिम वाक्य थियो -"देख्यौं, शून्यमा पुर्याए तिमीलाई।" हुन त मैले समीक्षा प्रतिवेदनमा नै शून्यबाट यात्रा सुरू गर्दै छु भनेर लेखेको थिएँ। दाइलाई सुनाइदिनु होला , "दाइ, म शून्य थिएँ, शून्य छु र शून्य नै रहुँला, तर अब तपाईं कति ?’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। श्रम शोषण भन्‍दै नेपाल मेडिकल कलेज जोरपाटीका आवासीय चिकित्सकहरू प्रदर्शनमा उत्रिएका छन् । सरकारले मन्त्रिपरिषद्‌बाट पारित भएको न्यूनतम तलब ४८ हजार पाउनु पर्नेमा नपाएको भन्‍दै उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले ‘स्वास्थ्य शिक्षा माथिको चरम व्यापारीकरण नियन्त्रण गर’, ‘पीजी सिटको कालोबजारी बन्द गर’, स्वास्थ्य शिक्षामाथि राजनीति बन्द गर, आवासीय चिकित्सकमाथिको श्रम शोषण बन्द गर, लगायतका ...
। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनमा ढिलाइ हुने भएको छ । शिक्षकहरूले माग पूरा नभएसम्म उत्तरपुस्तिका परीक्षण नगर्ने घोषणा गरेपछि नतिजा प्रकाशितमा ढिलाइ हुने भएको हो । यो साताबाट उत्तरपुस्तिका परीक्षण सुरु हुनुपर्ने हो । ‘उत्तरपुस्तिका जिल्लाबाट परीक्षण केन्द्रमा पठाउने काम भइ रहेको छ । शिक्षकले परीक्षण नगर्ने भन्नुभएको छ । यो साताबाट परीक्षण ...
। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अर्थतन्त्रमा खेलाँची गर्ने अधिकार सरकारलाई नभएको बताएका छन् । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तमा बिचौलिया हाबी हुन लागेको सुनेको बताउँदै कोइरालाले अर्थतन्त्रमा खेलाँची नगर्न सरकारलाई चेतावनी दिए । गभर्नर नियुक्त गर्दा बिचौलिया हाबी भएको हो भने त्यसमा सरकारलाई चुनौती दिने बताउँदै उनले भने, ‘सरकारका लागि दुर्भाग्य त हुन्छ नै । नेपालका ...
। काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरिएको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले देशभरका सबै विद्यालयहरु बन्द गरी काठमाडौंको सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गरेका छन् । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय ...
। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादी जनयुद्ध छोडेर प्रचण्ड समझदारीमा आएको जिकिर गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) बागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ...