मुख्य समाचार
लामिछानेलाई शुक्रबार साँझ उच्च अदालतको बुटवल इजलासले थुनामा राख्न दिएको आदेशमाथि आशंका प्रकट
लामिछानेलाई शुक्रबार साँझ उच्च अदालतको बुटवल इजलासले थुनामा राख्न दिएको आदेशमाथि आशंका प्रकट

— प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय उपसभापति स्वर्णिम वाग्लेले पार्टीका सभापति रवि लामिछानेलाई हिजो शुक्रबार साँझ उच्च अदालतको बुटवल इजलासले थुनामा राख्न दिएको आदेशमाथि आशंका प्रकट गरेका छन्। ‘भारत, क्यानडा लगायतका उदाहरण दिएर फैसला लेखिएको छ।


निकै विद्वानले फैसला लेखेको जस्तो लाग्छ, तर बहस सकिएको दुई घण्टामा त्यसरी फैसला लेख्न सकिँदैन। तानाबाना पहिले देखि नै रहेछ,’ शनिबार भरतपुरमा आयोजित पार्टीको ‘जनयात्रा’मा बोल्दै वाग्लेले आक्रोश पोखेका थिए।


‘जनयात्रा’को उद्घाटन पार्टी सभापति लामिछानेले गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो। सहकारी ठगीमा पक्राउ र मुद्दा चलेको विषयमा लामिछानेले चितवनवासीलाई विशेष सम्बोधन गर्ने भनेर प्रचार गरिएको थियो। ‘चितवनमा बोल्न नै नदिनका लागि कानुनी राज्यको धज्जी उडाउँदै सभापतिलाई पक्राउ गरियो,’ वाग्लेले भने। आदेश आइसकेपछि पनि लामिछाने चितवन आउने योजनामा रहेका थिए र कार्यालय खुलेपछि आदेश कार्यान्वयन गर्न जहाँ जाने हो त्यहाँ जान्छु भनेर भनेका बेला आकाशै खस्ला जस्तो गरेर धरपकड गरिएको वाग्लेले बताए।

प्रतिनिधिसभा सदस्य तथा ‘जनयात्रा’का संयोजक विराजभक्त श्रेष्ठले कांग्रेस-एमालले देशलाई दुई दलीय प्रणालीमा ल्याउन खोजेको तर त्यसो नहुने बताए। ‘अब दुई दल होइन, दुई कित्ता हुने छन्। एउटा कित्ता लुटतन्त्रवादी र अर्को धार लोकतन्त्रवादीको हुनेछ। जनताले कुरा बुझिसकेका छन्,’ श्रेष्ठले भने। पार्टीका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टी सभापति पक्राउ परेको विषय कानुनी मात्र नभएर राजनैतिक पनि भएको बताए। उनले आफूसँग शक्ति भएको र यसलाई विवेकमा परिणत गर्ने बताए।

‘त्यो विवेक ८४ सालको चुनावमा प्रयोग गरौँ,’ कार्यवाहक महामन्त्री बुर्लाकोटीले अपिल गरे। चितवन–१ बाट निर्वाचित सांसद हरि ढकालले न्यायालयप्रति हार्दिकता देखाउँदै पनि सरकारले गुण्डागर्दी शैलीमा बेडरुममै पुगेर पार्टी सभापतिलाई समाएको बताए । उनले दोहर्‍याए, ‘हो, त्यो गुण्डागर्दी शैली नै हो। बेडरुममै पुगेर दुर्व्यवहार गरियो।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। श्रम शोषण भन्‍दै नेपाल मेडिकल कलेज जोरपाटीका आवासीय चिकित्सकहरू प्रदर्शनमा उत्रिएका छन् । सरकारले मन्त्रिपरिषद्‌बाट पारित भएको न्यूनतम तलब ४८ हजार पाउनु पर्नेमा नपाएको भन्‍दै उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले ‘स्वास्थ्य शिक्षा माथिको चरम व्यापारीकरण नियन्त्रण गर’, ‘पीजी सिटको कालोबजारी बन्द गर’, स्वास्थ्य शिक्षामाथि राजनीति बन्द गर, आवासीय चिकित्सकमाथिको श्रम शोषण बन्द गर, लगायतका ...
। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनमा ढिलाइ हुने भएको छ । शिक्षकहरूले माग पूरा नभएसम्म उत्तरपुस्तिका परीक्षण नगर्ने घोषणा गरेपछि नतिजा प्रकाशितमा ढिलाइ हुने भएको हो । यो साताबाट उत्तरपुस्तिका परीक्षण सुरु हुनुपर्ने हो । ‘उत्तरपुस्तिका जिल्लाबाट परीक्षण केन्द्रमा पठाउने काम भइ रहेको छ । शिक्षकले परीक्षण नगर्ने भन्नुभएको छ । यो साताबाट परीक्षण ...
। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अर्थतन्त्रमा खेलाँची गर्ने अधिकार सरकारलाई नभएको बताएका छन् । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तमा बिचौलिया हाबी हुन लागेको सुनेको बताउँदै कोइरालाले अर्थतन्त्रमा खेलाँची नगर्न सरकारलाई चेतावनी दिए । गभर्नर नियुक्त गर्दा बिचौलिया हाबी भएको हो भने त्यसमा सरकारलाई चुनौती दिने बताउँदै उनले भने, ‘सरकारका लागि दुर्भाग्य त हुन्छ नै । नेपालका ...
। काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरिएको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले देशभरका सबै विद्यालयहरु बन्द गरी काठमाडौंको सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गरेका छन् । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय ...
। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादी जनयुद्ध छोडेर प्रचण्ड समझदारीमा आएको जिकिर गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) बागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ...