मुख्य समाचार
घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु
घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु

अछामः अछाममा घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु भएको छ। साँफेबगर नगरपालिका-५ नवाठानाका ४२ वर्षीय डम्मरबहादुर कुँवरको घाँटीमा मासु अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


चैते दसैंका अवसरमा गाउँमा काटेको खसीको मासु घरमा ल्याएर पकाई खाने क्रममा मासु अड्किएर बेहोस भएपछि बयालपाटा अस्पतालमा उपचारका क्रममा आज १२ बजे मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीले बताए।


घटनाको थप अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी निरीक्षक उमेशबहादुर चन्दको नेतृत्वमा टोली खटाइएको डीएसपी भण्डारीले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। श्रम शोषण भन्‍दै नेपाल मेडिकल कलेज जोरपाटीका आवासीय चिकित्सकहरू प्रदर्शनमा उत्रिएका छन् । सरकारले मन्त्रिपरिषद्‌बाट पारित भएको न्यूनतम तलब ४८ हजार पाउनु पर्नेमा नपाएको भन्‍दै उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले ‘स्वास्थ्य शिक्षा माथिको चरम व्यापारीकरण नियन्त्रण गर’, ‘पीजी सिटको कालोबजारी बन्द गर’, स्वास्थ्य शिक्षामाथि राजनीति बन्द गर, आवासीय चिकित्सकमाथिको श्रम शोषण बन्द गर, लगायतका ...
। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनमा ढिलाइ हुने भएको छ । शिक्षकहरूले माग पूरा नभएसम्म उत्तरपुस्तिका परीक्षण नगर्ने घोषणा गरेपछि नतिजा प्रकाशितमा ढिलाइ हुने भएको हो । यो साताबाट उत्तरपुस्तिका परीक्षण सुरु हुनुपर्ने हो । ‘उत्तरपुस्तिका जिल्लाबाट परीक्षण केन्द्रमा पठाउने काम भइ रहेको छ । शिक्षकले परीक्षण नगर्ने भन्नुभएको छ । यो साताबाट परीक्षण ...
। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अर्थतन्त्रमा खेलाँची गर्ने अधिकार सरकारलाई नभएको बताएका छन् । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तमा बिचौलिया हाबी हुन लागेको सुनेको बताउँदै कोइरालाले अर्थतन्त्रमा खेलाँची नगर्न सरकारलाई चेतावनी दिए । गभर्नर नियुक्त गर्दा बिचौलिया हाबी भएको हो भने त्यसमा सरकारलाई चुनौती दिने बताउँदै उनले भने, ‘सरकारका लागि दुर्भाग्य त हुन्छ नै । नेपालका ...
। काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरिएको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले देशभरका सबै विद्यालयहरु बन्द गरी काठमाडौंको सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गरेका छन् । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय ...
। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादी जनयुद्ध छोडेर प्रचण्ड समझदारीमा आएको जिकिर गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) बागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ...