मुख्य समाचार
म्यानमार भूकम्पमा ३ हजार ३ सय ५४ जना मृत्यु
म्यानमार भूकम्पमा ३ हजार ३ सय ५४ जना मृत्यु

— म्यानमारमा गत मार्च २८ मा गएको विनाशकारी भूकम्पमा ३ हजार ३ सय ५४ जना मृत्यु भएको म्यानमारको सैन्य सरकार जुन्टाले जनाएको छ । देशभरका भवन र पूर्वाधारसमेत ध्वस्त पारेको उक्त भूकम्पमा परी ४ हजार ५ सय ८ जना घाइते तथा २ सय २० जना बेपत्ता भएको जनाइएको छ । साथै, संयुक्त राष्ट्रसंघका सहायता प्रमुखले विश्वसामु विपद्ग्रस्त राष्ट्रलाई सहयोग गर्न आह्वान गरेका छन् ।


विपद् भएको एक साताभन्दा बढी समयपछि पनि देशका धेरै जना अझै आश्रयविहीन बनेका छन्, भने घरहरू क्षतिग्रस्त भएका कारण वा थप भत्किने डरले अझै बाहिरै सुत्न बाध्य छन् । यस भूकम्पले ३० लाखभन्दा बढी मानिस प्रभावित भएको हुन सक्ने संयुक्त राष्ट्रसंघले अनुमान गरेको छ । चार वर्षदेखि गृहयुद्धको चपेटामा परिरहेको म्यानमारलाई भूकम्पले थप संकटमा पारेको छ ।


संयुक्त राष्ट्रसंघका शीर्ष सहायता अधिकारीले शनिबार मध्य–म्यानमारको मण्डाले सहरमा भूकम्प पीडितसँग साक्षात्कार गरेका थिए । भूकम्पको केन्द्रबिन्दु रहेको मन्डाले क्षेत्रमा बढी क्षति पुगेको छ । त्यसपछि उनले सामाजिक सन्जाल एक्समा लेखेका छन्, ‘विनाशको अवस्था डरलाग्दो छ, अहिलेको अवस्थामा विश्व नै म्यानमारका जनताको साथमा उभिनुपर्छ ।’

भूकम्पपछि म्यानमारको सैन्य सरकारले मन्डाले विमानस्थलमा अस्थायी अस्पताल र राहत शिविर सञ्चालनमा ल्याएको थियो । भूकम्पकै कारण धावनमार्गमा क्षति पुगेपछि विमानस्थल बन्द भएको थियो । म्यानमारमा २०२१ मा सेनाले ‘कु’ गरी सत्ता हत्याएको थियो । सैन्य सरकारले देशभित्रका सूचना सार्वजनिक गर्न कडाइ गर्दै आएको छ भने भूकम्पको क्षतिका बारेमा सरकारी सञ्चारमाध्यममा नै भर पर्नुपर्ने अवस्था छ ।

म्यानमारको सैन्य सरकारले भूकम्प गएलगत्तै देशका ६ स्थानमा आपत्कालीन अवस्था घोषणा गर्दै अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनी ड्रोनहरूले रुसको पेन्जा क्षेत्रमा रहेको वाइल्डबेरिजको वेयरहाउसमा आक्रमण गरेका छन्। यस आक्रमणमा प्रारम्भिक विवरण अनुसार १ जना घाइते भएका छन्। पेन्जा क्षेत्रका गभर्नर ओलेग मेलनिचेन्कोले यो जानकारी दिएका हुन्। गभर्नर ओलेग मेलनिचेन्कोले म्याक्स मेसेजिङ एपमा लेखेका छन्, ‘ड्रोनहरूले वाइल्डबेरिजको वेयरहाउसमा आतङ्ककारी आक्रमण गरेका छन्। प्रारम्भिक विवरण अनुसार १ जना घाइते भएका छन्। करिब २०० ...
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको हांगुस्थित खजिना चेकपोस्टमा आक्रमण भएको छ। उक्त आक्रमण र जवाफी कारबाहीमा परी एकजना डीएसपीसहित नौजना प्रहरीको मृत्यु भएको छ। बीबीसी उर्दूका अनुसार खैबर पख्तुनख्वा प्रहरीले यस दोहोरो मुठभेडमा १५ जना चरमपन्थी मारिएको दाबी गरेको छ। बुधबार भएको आक्रमण र जवाबी अभियानका क्रममा डीएसपी दियार खानसहित नौ प्रहरी मारिएका हुन्। यस आक्रमणमा डीएसपी मुजाहिद ...
। अमेरिकामा रगतको अभाव गम्भीर बन्दै गएको छ । अमेरिकन रेडक्रसले आफ्नो १५० वर्षको इतिहासमै दोस्रो पटक रगतको मौज्दात ‘संकट’ स्तरमा पुगेको घोषणा गरेको छ । बीबीसीका अनुसार अमेरिकन रेडक्रसकी डा. कोर्टनी लरेन्सले जंगलमा लागेको डढेलो, अत्यधिक गर्मी तथा अन्य विभिन्न कारणले रगत संकलनमा असर परेपछि यस्तो अवस्था सिर्जना भएको बताएकी छन् । उनका अनुसार गत एक ...
। इरानले मध्यपूर्वमा रहेका आफ्ना सैन्य अखडाहरूमा अचानक हमला गर्दै धेरै ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको अमेरिकी सेनाले दाबी गरेको छ। तर सबै मिसाइलहरूलाई सफलतापूर्वक इन्टरसेप्ट गरिएको अमेरिकी सेनाले जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार यो हमला मङ्गलबार साँझ भएको हो। सम्भावित अखडाहरूको विवरण सार्वजनिक गरिएको छैन। यसको जवाफमा अमेरिकी र साउदी अरबका सेनाहरूले पूर्वी इराकमा रहेका ...
ट्रम्प प्रशासनले मंगलबार अमेरिकामा ह्युमनोइड रोबोटको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यी रोबोटले देशको राष्ट्रिय सुरक्षाका लागि जोखिम पैदा गर्न सक्ने प्रशासनले बताएको छ। यो जोखिम स्वीकार गर्न नसकिने प्रशासनको भनाइ छ। यो प्रतिबन्ध उन्नत रोबोटहरूमा लागु हुनेछ। यसमा ह्युमनोइड र चार खुट्टा भएका रोबोटहरू समावेश छन्। यीमध्ये धेरैजसो रोबोट चीनमा बन्छन्। चीन र अमेरिका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम