मुख्य समाचार
भारत भ्रमण गर्न काँडेतार लगाएको छर भन्दै टिप्पणी
भारत भ्रमण गर्न काँडेतार लगाएको छर भन्दै टिप्पणी

: प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्न काँडेतार लगाएको छर भन्दै टिप्पणी गरेका छन्। थाइल्याण्डको पहिलो औपचारिक भ्रमण ऐतिहासिक र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा भारत भ्रमण सम्भव र असम्भव पनि हुन्छ र भन्दै प्रश्न गरेका हुन्।


उनले भारत भ्रमण असम्भव नरहेको बताए। भारत भ्रमण के हुन्छ भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘भारत भ्रमण असम्भव कुरा हो र ? असम्भव कुरा थियो र ? त्यो त कतिपय कारणले नभ्याइराखेको स्थिति हो। कहिले के काम परेको हुन्छ त्यस्तो कुराहरुले मात्र हो। यो बाहिर जस्तो छ अवरुद्ध भो भारत भ्रमण, काँडेतार लगाएको छ र कसैले ? त्यस्तो हुँदै होइन त्यो, त्यसकारण त्यसलाई ठिकै ढंगले बुझ्दा ठिकै हुन्छ।’


प्रधानमन्त्री ओलीले अहिले सगरमाथा संवादको तयारीमा व्यस्त रहेकाले भ्याउँदा यो बीचमा पनि भ्रमण हुनसक्ने धारणा राखे। ओलीले भने, ‘हामी अलिकति व्यस्तै छौं, सगरमाथा संवाद गर्दै छौं । तर, भ्याए त्योभन्दा अघि पनि सक्छ।’


ओलीले मोदीसँगको भेटमा द्विपक्षीय पारस्परिक हितमा व्यापक क्षेत्रमा कुराकानी भएको उल्लेख गरे। प्रधानमन्त्री ओलीले छिमेकमा देखिएका समस्या एकापसमा संवाद गरेर टुंग्याउने गरी छलफल भएको बताए। ओलीले मोदीसँग पारस्परिक सहयोग, लगानी र व्यापारलगायतका विषयमा कुरा भएको बताए।

उनले भने,‘द्विपक्षीय पारस्परिक हितमा व्यापक क्षेत्रमा कुराकानी भएका छन्, हामीले एउटा अठोट गरेका छौं कि नेपाल भारत सम्बन्धलाई अझै व्यापक, विस्तृत र सुदृढ गर्दै लाने, छिमेकमा साना समस्या देखिन सक्छन् त्यसलाई एकापसमा संवाद गरेर टुंग्याउने भन्ने कुरा हामीले गहिरो समझदारी गरेका छौं।’

उनले भेटघाट फलदायी भएकाले आफू खुसी भएको मोदी जी पनि खुसी हुनुभएको उल्लेख गरे। ओलीले भने, ‘मोदीजीसँगको भेटघाट म फलदायी भयो र म खुसी छु। उहाँ पनि खुसी हुनुहुन्छ भन्ने पाएको छु।’ ओलीले युरोप भ्रमणको कार्यतालिका रहेकाले ‘सगरमाथा संवाद’मा भारतीय प्रधानमन्त्री मोदी नआउने जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। श्रम शोषण भन्‍दै नेपाल मेडिकल कलेज जोरपाटीका आवासीय चिकित्सकहरू प्रदर्शनमा उत्रिएका छन् । सरकारले मन्त्रिपरिषद्‌बाट पारित भएको न्यूनतम तलब ४८ हजार पाउनु पर्नेमा नपाएको भन्‍दै उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले ‘स्वास्थ्य शिक्षा माथिको चरम व्यापारीकरण नियन्त्रण गर’, ‘पीजी सिटको कालोबजारी बन्द गर’, स्वास्थ्य शिक्षामाथि राजनीति बन्द गर, आवासीय चिकित्सकमाथिको श्रम शोषण बन्द गर, लगायतका ...
। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनमा ढिलाइ हुने भएको छ । शिक्षकहरूले माग पूरा नभएसम्म उत्तरपुस्तिका परीक्षण नगर्ने घोषणा गरेपछि नतिजा प्रकाशितमा ढिलाइ हुने भएको हो । यो साताबाट उत्तरपुस्तिका परीक्षण सुरु हुनुपर्ने हो । ‘उत्तरपुस्तिका जिल्लाबाट परीक्षण केन्द्रमा पठाउने काम भइ रहेको छ । शिक्षकले परीक्षण नगर्ने भन्नुभएको छ । यो साताबाट परीक्षण ...
। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अर्थतन्त्रमा खेलाँची गर्ने अधिकार सरकारलाई नभएको बताएका छन् । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तमा बिचौलिया हाबी हुन लागेको सुनेको बताउँदै कोइरालाले अर्थतन्त्रमा खेलाँची नगर्न सरकारलाई चेतावनी दिए । गभर्नर नियुक्त गर्दा बिचौलिया हाबी भएको हो भने त्यसमा सरकारलाई चुनौती दिने बताउँदै उनले भने, ‘सरकारका लागि दुर्भाग्य त हुन्छ नै । नेपालका ...
। काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरिएको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले देशभरका सबै विद्यालयहरु बन्द गरी काठमाडौंको सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गरेका छन् । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय ...
। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादी जनयुद्ध छोडेर प्रचण्ड समझदारीमा आएको जिकिर गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) बागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ...