मुख्य समाचार
डोनाल्ड ट्रम्प र डज इलन मस्कविरुद्ध अमेरिकाभर विरोध प्रदर्शन
डोनाल्ड ट्रम्प र डज इलन मस्कविरुद्ध अमेरिकाभर विरोध प्रदर्शन

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र डज इलन मस्कविरुद्ध अमेरिकाभर विरोध प्रदर्शन गरिएको छ । ट्रम्प प्रशासनले गरेको पछिल्ला आदेशहरु र 'डज' भनिने सरकारी दक्षता विभागको नेतृत्व गर्दै आएका मस्कले व्यक्तिगत डेटामा निगरानी बढाउने, सरकारी निकायमाथि गरिरहेको हस्तक्षेपविरुद्ध शनिबार अमेरिकाका ५० वटै राज्यमा ‘ह्याण्डस् अफ’ नामक अन्तर्राष्ट्रिय विरोध दिवसको अवसरमा लाखौं अमेरिकीहरुले विरोध प्रदर्शन गरेका हुन् ।


विरोध प्रदर्शनमा उत्रिएकामध्ये ६ लाखले औपचारिक सहभागीको रुपमा हस्ताक्षरसमेत गरेका छन् ।


नागरिक अधिकार संगठनहरु, श्रमिक युनियनहरु, अधिवक्ताहरु, भूतपूर्व सैनिकहरु र निर्वाचन कार्यकर्ताहरुसहित एक सय ५० भन्दा बढी समूहहरुले प्रदर्शनको आयोजना गरेको सिएनएनले उल्लेख गरेको छ ।

५० वटै राज्यहरुको एक हजार २ सयभन्दा बढी स्थानमा प्रदर्शन गरिएको थियो । लाखौं प्रदर्शनकारीले राष्ट्रपति ट्रम्प र अर्बपति मस्कले सरकारी कटौती, अर्थतन्त्र, आप्रवासन र मानव अधिकारमाथि गरेको कदमको आलोचना गरेका थिए ।

प्रदर्शनकारीहरुले हजारौं संघीय कर्मचारीहरुलाई बर्खास्त गर्ने, सामाजिक सुरक्षा प्रशासनका क्षेत्रीय कार्यालयहरु बन्द गर्ने, सम्पूर्ण एजेन्सीहरुलाई प्रभावकारी रुपमा बन्द गर्ने, आप्रवासीहरुलाई देश निकाला गर्ने, तेस्रो लिंगीहरुको लागि सुरक्षा कटौती गर्ने र स्वास्थ्य कार्यक्रमहरुको लागि अनुदान कटौती गर्ने ट्रम्प प्रशासनको कदमप्रति आक्रोश व्यक्त गरेका छन् ।

दुई अर्बपतिले राज्यको शक्ति कब्जा गरेको भन्दै त्यसको अन्त्यका लागि ‘ह्याण्डस् अफ’ नारासहित ५० वटै राज्यका राजधानी, संघीय भवनहरु, कंग्रेसका कार्यालयहरु, सामाजिक सुरक्षाको मुख्यालय, पार्कहरु र सहरका मुख्य स्थानहरुमा विरोध प्रदर्शन गरिएको थियो । प्रदर्शनकारीहरुले ट्रम्प र मस्कको कार्यशैलीको विरोध गर्दै तीनवटा मुख्य मागसहित विरोध प्रदर्शन गरेको सिएनएनले जनाएको छ ।



अर्बपतिहरुको अधिग्रहण र ट्रम्प प्रशासनको व्यापक भ्रष्टाचारको अन्त्य, सरकारबाट उपलब्ध गराइने पूर्ण स्वास्थ्य बिमाको कार्यान्वयन, सामाजिक सुरक्षाको सर्वपक्ष ग्यारेन्टीको माग राख्दै प्रदर्शनकारीहरु सडकमा उत्रिएका हुन् । राजधानी वासिङ्टन डिसीको नेसनल मलमा प्रदर्शनकारीहरुले ‘हे हो, ट्रम्पस् गोट गो’ जस्ता नारा लगाएका थिए । उनीहरुले ‘प्रोटेक्ट योर कन्स्टिच्युसन’ र ‘ह्यान्ड अफ योर राइट्स’ लेखिएको साइनबोर्डहरु बोकेका थिए ।


राजधानी वासिङ्टन डिसीमा आयोजित विरोध प्रदर्शनमा सहभागी भएका मेरिल्याण्डका डेमोक्र्याटिक सांसद जेमी रस्किनले मुसोलिनीको राजनीति र हर्बर्ट हुभरको अर्थशास्त्र भएका राष्ट्रपतिको कुनै भविष्य नभएको बताए । वासिङ्टन स्मारकमा भेला भएका हजारौं प्रदर्शनकारीलाई सम्बोधन गर्दै सांसद रस्किनले भने ‘कुनैपनि नैतिक व्यक्ति अर्थव्यवस्थामा ध्वस्त हुने तानाशाह बन्न चाहँदैन, तर अहिलेको ट्रम्प प्रशासनले मुलुकको अर्थव्यवस्था नै संकट पर्ने र जनता मारमा पर्ने काम गरिरहेको छ । यसको विरुद्धमा हामी जुट्न आवश्यक छ ।’


वासिङ्टन प्रदर्शनकै क्रममा मिनेसोटा डेमोक्रेटिक प्रतिनिधि इल्हान ओमारले यदि अमेरिकामा सबैको भविष्य सुरक्षित हुने हो भने, छिमेकीहरु, गरिब, बच्चाहरुको भविष्य सुनिश्चित गर्ने दीर्घकालीन योजना ट्रम्प प्रशासनले अघि बढाउन आवश्यक भएको बताए ।

फ्लोरिडाका सांसद म्याक्सवेल फ्रस्टले विरोध र प्रदर्शनलाई सहज रुपमा नलिन ट्रम्पलाई आग्रह गरे । ‘मानव इतिहासमा, अधिनायकवादीहरु आफूसँग भएको शक्तिबाट कहिल्यै सन्तुष्ट हुँदैनन् र उनीहरुले सीमाको परीक्षण गर्छन्, उनीहरुले कानुन तोड्छन्, र त्यसपछि उनीहरुले जनतालाई हेर्छन् कि उनीहरु शान्त छन् वा उनीहरु चर्को छन् कि छैनन्,’ फ्रस्टले भने ‘त्यसकारण ट्रम्पको ध्यान खिच्न पनि विरोध आवश्यक छ ।’

प्रदर्शनको आयोजकमध्ये एक नेसनल फेडरेसन अफ फेडरल इम्प्लोइजका अध्यक्ष रेन्डी इरविनले बिना गल्ती, बिना कारण हजारौं संघीय कर्मचारीलाई बर्खास्त गर्नु एक क्रुर मजाक भएको टिप्पणी गरेका छन् । उनले वर्षौंदेखि सरकारी सेवामा रहेकालाई बिनाकारण बर्खास्त गर्नुले उनीहरुको परिवारमाथि अपराध गरेको आरोप लगाए ।

‘म सेनाको भूतपूर्व सैनिक हुँ । हामी चुप लाग्ने छैनौं । हामी झुक्ने छैनौं । हामी खडा हुनेछौं र हामी निरन्तर विरोध गरिरहने छौं,’ एएफजीईका अध्यक्ष एवरेट केलीले प्रदर्शनका क्रममा उनले भने । सिएनएनले मार्च २८ मा सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार हालसम्म एक लाख २१ हजार ३ सय ६१ कामदारलाई संघीय निकायबाट निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानले गाजामा सेना पठाउने चर्चा चलिरहेको छ। बीबीसी उर्दूका अनुसार यस सम्बन्धमा सोधिएको प्रश्नमा पाकिस्तानका सैन्य प्रवक्ता अहमद शरीफले सरकारले कुन संरचनाअन्तर्गत सेना पठाउने भन्ने कुरामा निर्भर हुने बताए। शान्ति सम्झौताअन्तर्गत पाकिस्तानले गाजामा सेना पठाउने कि नपठाउने भन्ने बारेमा मिडियामा बहस चलिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २०-बुँदे शान्ति योजनाले गाजामा स्थिरता र ...
— तान्जानियाकी राष्ट्रपति सामिया सुलुहु हसनले कडा सुरक्षाबीच दोस्रो कार्यकालका लागि शपथ लिएकी छिन् । शनिबार सार्वजनिक मतपरिणामअनुसार ९८ प्रतिशत मत ल्याएर उनी विजयी भएकी हुन् । यद्यपि, विपक्षीहरूले यसलाई झुठो र देखावटी निर्वाचनका रुपमा टिप्पणी गरेका छन् । अधिकांश विपक्षी दलहरूले यस निर्वाचनमा सहभागिता जनाएका थिएनन् । कतिपय विपक्षीलाई सहभागी हुनबाट रोक लगाइएको थियो ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग सम्झौता गर्न चाहेको दाबी गरेका छन् । अमेरिकी टेलिभिजन एबीएस न्यूजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरान सम्झौताका लागि उत्सुक रहेको दाबी गरेका हुन् । उनले भने, ‘निश्चय नै उनीहरूले भन्ने छैनन्, उनीहरूले यस्तो भन्नु पनि हुँदैन, कुनै पनि कुशल वार्ताकारले यस्तो भन्दैनन् तर, इरान सम्झौताका लागि निकै उत्सुक छ ।’ हालैका ...
। भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले व्यवसायी अनिल अम्बानीको स्वामित्वमा रहेका रिलायन्स ग्रुप सम्बन्धित करिब ३ हजार ८४ करोड रुपैयाँ भारु मूल्य बराबरको सम्पत्ति जफत गरेको छ । ईडीले सम्पत्ति शुद्धीकरणको मुद्दामा रिलायन्स ग्रुप अन्तर्गतका ४० वटा कम्पनीको सम्पत्ति जफत गरेको इन्डियन एक्सप्रेस जनाएको हो । ईडीले मुम्बईस्थित अनिल अम्बानीको निजी घर, दिल्लीको रिलायन्स सेन्टर, र दिल्ली, ...
। बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उम्मेदवारी दिने सो पार्टीका नेताहरुले बताएका छन् । ८० वर्षीया खालिदा जियाले चुनाव लड्ने जानकारी बिएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले दिएका हुन् । जियाले देशका तीन निर्वाचन क्षेत्रमा चुनाव लड्ने उनको भनाइ छ। उनको बङ्गलादेश नेसनलिस्ट पार्टीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपङ्क्तिको नेताका रूपमा हेरिएको ...