मुख्य समाचार
शिक्षकहरुको जारी आन्दोलनलाई अझ सशक्त बनाउन सोमबारदेखि शैक्षिक हडतालको घोषणा
शिक्षकहरुको जारी आन्दोलनलाई अझ सशक्त बनाउन सोमबारदेखि शैक्षिक हडतालको घोषणा

— नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई अझ सशक्त बनाउन सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरेको छ । अब देशभरका सबै विद्यालय बन्द गरी शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आग्रह गरेका हुन् ।


यसका साथै त्यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले सबै शिक्षकहरुलाई आग्रह गरेको छ ।


'यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै साथीहरुमा जोडदार आग्रह गर्दछौं,' महासंघले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यो आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरी दिनुहुन विद्यार्थी, अभिभावक, विं व्य स लगायत सबै शैक्षिक सरोकार पक्षसँग आग्रह गर्दछौं ।

शिक्षा ऐन जारी गर्नका लागि नेपाल शिक्षक महासंघ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छ ।

सरकारसँग औपचारिक संवाद गर्न अस्वीकार गर्दै नेपाल शिक्षक महासंघले बुधबारदेखि काठमाडौंमा सडक आन्दोलनलाई निरन्तरता दिएको छ ।

शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुँदा विद्यालयको शैक्षिक गतिविधि र एसईईको उत्तरपुस्तिका परीक्षण कार्यसमेत प्रभावित भएको छ । शिक्षा मन्त्रालयले सार्वजनिक अपिल र पत्राचार गर्दै वार्तामा बस्न आह्वान गरे पनि महासंघले भने अस्वीकार गर्दै आएको हो ।

शिक्षक आन्दोलन लम्बिँदै जाँदा देशभरका विद्यालयका शैक्षिक गतिविधि र एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षणलगायत कार्य प्रभावित भएको शिक्षा मन्त्रालयले जनाएको छ । चैत १८ मा एसईई परीक्षा सकिएर उत्तरपुस्तिका संकलन भइरहेको छ ।


शिक्षक आन्दोलन नरोकिए एसईईको उत्तरपुस्तिका परीक्षणमा समेत ढिलाइ शिक्षा मन्त्रालयले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार पहिलो साता सार्वजनिक गर्ने कार्यतालिका तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादी आन्दोलनमा भारतको कुनै समर्थन नरहेको बताएका छन्। गणेशमान सिंह फाउण्डेशनले सोमबार काठमाडौंमा आयोजना गरेको नेपाल भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरले पुर्‍याएको योगदान विषयक गोष्ठीमा देउवाले राजावादी आन्दोलनमा योगी आदित्यनाथको फोटो प्रदर्शन भएपनि भारतीय नेताहरूको राजावादी आन्दोलनमा कुनै समर्थन नरहेको बताए। नेपालको गणतन्त्रमा आफ्नो पूर्ण समर्थन रहेको ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राईसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 'धरानवासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो ...
: विराटनगरका २ वटा घरमा भण्डारण गरेर राखिएको लागुऔषध गाँजा प्रहरीले सोमबार बिहानका राति बरामद गरेको छ। विराटनगर महानगरपालिका–१४ जतुवाका अलगअलग घरबाट ४५ किलोग्राम गाँजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। विराटनगर–१४ जतुवाका १९ वर्षीय भूपेन यादव र ६० वर्षीय छटु यादवको घरबाट गाँजा फेला परेको उनको भनाइ छ। उनका अनुसार ...
: आठबिसकोट नगरपालिका–१२ ठुलीबार्खुमा अवैध रुपमा लगाइएको अफिमका बोटहरू नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार ठुलीबार्खुका आठ स्थानमा फैलिएको करिब पाँच रोपनी क्षेत्रफलमा अवैध रूपमा रोपिएको अफिम खेती नष्ट गरिएको हो। फूल फुलेको अवस्थामा रहेका अफिमका बोटहरू नष्ट गरेको प्रहरीले जनाएको छ। ती बोटहरू गहुँखेतीको बीचमा र ...
: अमेरिकाले निष्कासन गरेका भुटानी शरणार्थीमाथि प्रहरीले छानबिन जारी राखेको छ। अमेरिकाले निष्कासन गरी भुटानको पारो एयरपोर्टमा छोडेका उनीहरूलाई भुटानले लखेटेर भारतीय सिमागाउँ पठाएको थियो। त्यहाँबाट नेपाल प्रवेश गरेका चार जनलाई नेपाल प्रहरीले झापाबाट पक्राउ गरेको थियो। प्रहरीले चैत १६ गते ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी, ३६ वर्षीय रोशन तामाङ र चैत ...