। नागार्जुन नगरपालिका–१ रानी वनबाट जुवातास खेलेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
रानिवनस्थित देव बहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५७ हजार ८ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।