मुख्य समाचार
स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको ९ वर्ष पूरा
स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको ९ वर्ष पूरा

।आर्थिक कठिनाइबिना सबै नागरिकलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको ९ वर्ष पूरा भएको छ । तर, अहिलेसम्म न लक्षित सबैसम्म पुगेको छ, स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच स्थापित भएको छ ।

नागरिकलाई राहत दिन भनेर सुरु गरेको कार्यक्रमको नवीरकण दर नै घट्दै गएको छ । नवौं वार्षिकोत्सवको पूर्वसन्ध्यामा आइतबार आयोजित अन्तर्क्रिया कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका निर्देशक रघु काफ्ले भने, ‘बोर्डले एक पटक बीमा गरेपछि नवीकरण गर्ने वातावरण तयार पार्न समेत नसकेको देखिन्छ । छाड्ने दर उच्च हुनुको कारण पहिचान गरी त्यसको सम्बोधनमा ध्यान दिनु आवश्यक छ ।’

बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१÷०८२ फागुनसम्म भने आधा भन्दा बढी (५४) प्रतिशतले नवीरकरण गरेका छैनन् ।

बीमितले समयमा स्वास्थ्य सेवा तथा औषधि नपाउनु, बीमा गरेका र बीमा नगरेका बिरामीले पाउने सेवामा फरक हुनु, थप उपचारका लागि ठूला अस्पतालमा ‘रिफर’ गर्दा आवश्यक कागजात सहज नपाउने जस्ता कारणले बीमा कार्यक्रमप्रति आकर्षण घट्दै गएको छ ।

स्वास्थ्य बीमा हाल ४८५ वटा सेवा प्रदायक स्वास्थ्य संस्था छन् । जसमध्ये ४०४ सरकारी, ३३ सामुदायिक र ४८ वटा निजी स्वास्थ्य संस्था छन् ।

सेवा प्रदायकहरू सुगम र बढी जनसंख्या भएको स्थानमा केन्द्रित रहेका छन् । बोर्डका निर्देशक काफ्ले भन्छन्, ‘अधिकांश सेवा प्रदायकहरू एकै ठाउँमा केन्द्रिकृत रहेका र दुर्गम स्थानमा मापदण्ड बमोजिमका प्रथम सेवा विन्दु पाउन समेत कठिन छ ।’

सेवा प्रदायक सबै ठाउँमा उपलब्ध हुने अवस्था सिर्जना गर्नका लागि तीन तहका सरकार र निजी क्षेत्रसँगको समन्वय तथा सहकार्य गर्नुपर्ने उनले बताए ।

औसत रूपमा योगदान र दाबीबीचको अन्तर २२० प्रतिशत देखिएको छ ।

‘यस्तो प्रकृतिको बीमा टिकाउन ८०–८५ प्रतिशत भन्दा बढी हुनु हुँदैन । मेडिकल घाटा अनुपातलाई घटाउँदै लगी सन्तुलनको अवस्थामा पुर्याउनका लागि थप प्रयास आवश्यक छ,’ काफ्ले भन्छन् ।

बोर्डका अनुसार ७७ जिल्लाका ७४९ वटा स्थानीय तहमा बीमा कार्यक्रम विस्तार भएको छ । हालसम्म कुल ८९ लाख ५२ हजार १३५ जना व्यक्ति स्वास्थ्य बीमामा आबद्ध भए । तर २०८१÷८२ को फाल्गुन मसान्तसम्ममा क्रियाशील बिमितको संख्या ५७ लाख ५३ हजार ८१७ रहेको छ । जुन कुल जनसंख्याको २० प्रतिशत मात्रै हो।

सामान्य क्रियाशील बिमित ४३ लाख २ हजार ७०९ र क्रियाशील लक्षित बिमित १४ लाख ५१ हजार १०८ छन् । काफ्ले भन्छन्, ‘क्रियाशील बिमितको सङ्ख्या विश्लेषण गर्दा अझ पनि बहुसङ्ख्यक अर्थात ८० प्रतिशत नागरिकलाई समेटन थप मेहनत गर्नुपर्ने देखिन्छ ।’

बोर्डको तथ्यांक अनुसार कोशी प्रदेशमा कुल जनसख्याको ३३ प्रतिशत, बागमतीमा २६ प्रतिशत, गण्डकीमा ३४ प्रतिशत र लुम्बिनीमा १४ प्रतिशत रहेकोमा मधेश, कर्णाली र सुदुरपश्चिममा क्रमशः ७ प्रतिशत, १४ प्रतिशत र ११ प्रतिशत स्वास्थ्य बीमामा आवद्ध भएका छन् ।

‘मानवीय विकासका दृष्टिमा पछाडि परेका प्रदेशहरूको बीमामा संलग्नता न्यून हुनु चिन्ताको विषय हो’ निर्देशक काफ्ले भन्छन्, ‘सबैलाई स्वास्थ्य बीमामा समेट्ने र त्यसमा पनि पिछिडिएको वर्ग, समुदाय र क्षेत्रलाई समेटन थप प्राथमिकता दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रङ्क हुलाकी राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहानर्सिङ- ८, सोनियाहीमा अनियन्त्रित भई पल्टिँदा ५ जना मजदुरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार घटना आज बिहान करिब ...
। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेकाे छ । स्वास्थ्य बीमा बोर्डबाट शोधभर्ना बापत केन्द्रले पाउनुपर्ने रकम उपलब्ध नभएकाले कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न कठिनाइ भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका प्रशासनको अनुसार १ माघदेखि अर्को सूचना नआएसम्म बीमा कार्यक्रम बन्द रहनेछ । यस अवधिमा स्वास्थ्य बीमा अन्तर्गतका सेवा उपलब्ध नहुने जनाइएको ...
: त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्जले माघ १ गतेदेखि स्वास्थ्य बीमा उपचारका सम्पूर्ण सेवा रोक्ने निर्णय गरेको छ। अस्पतालले बिरामीको उपचार गर्दाको रकम बीमा बोर्डले उपलब्ध नगराएको भन्दै माघ १ गतेदेखि सेवा रोक्न बाध्य भएको अस्पताल प्रशासनको भनाइ छ। अस्पताल जारी सूचनामा स्वास्थ्य बीमा सेवा लिन आउने बिरामीको संख्या र चाप बढ्दै गएको तर, तर ...
: विराटनगर महानगरपालिका-४ स्थित नोबेल शिक्षण अस्पताल आसपासमा बिरामी ठग्ने काममा संलग्न रहेको पुष्टि भएपछि ७ वटा औषधि पसल (फार्मेसी)मा शुक्रबार ताला लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मोरङ र औषधि व्यवस्था विभाग विराटनगरको संयुक्त टोलीले आकस्मिक अनुगमन गर्दै गम्भीर अनियमितता भेटिएपछि फार्मेसीहरू तत्काललाई सिल गरेको हो। अस्पतालनजिक सञ्चालनमा रहेका १४ वटा फार्मेसीमा एकैपटक अनुगमन गरिएको ...
अस्पताल पुग्न कठिन हुने ग्रामीण बस्तीका सर्वसाधारण लाई लक्षित गर्दै कोशी प्रदेश सरकारले स्वास्थ्य सेवा घरदैलोमै पुर्‍याउने नयाँ अभ्यास सुरु गरेको छ।