मुख्य समाचार
मानव अधिकारवादी संस्थाहरुले तीनकुनेमा भएको हिंसात्मक घटनाको न्यायिक छानबिन गर्न माग
मानव अधिकारवादी संस्थाहरुले तीनकुनेमा भएको हिंसात्मक घटनाको न्यायिक छानबिन गर्न माग

। मानव अधिकारवादी संस्थाहरुले राजावादीहरुको प्रदर्शनका क्रममा १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक घटनाको न्यायिक छानबिन गर्न माग गरेका छन् ।

तीनकुने घटनामा प्रहरीले अत्यधिक बल प्रयोग गरेको विवरणहरु सार्वजनिक भएको भन्दै उनीहरुले त्यसमा गम्भीर चासो व्यक्त गरेका हुन् ।

घटनामा ५८ राउण्ड गोली चलेको, २० जनालाई गोली लागेको, गोलीकै कारण सविन महर्जनको ज्यान गएको, घाइतेमध्ये १३ जनाको उपचार भइरहेको विवरणमाथि उनीहरुले चिन्ता व्यक्त गरेका हुन् ।

प्रहरीले तयार पारेको गोप्य प्रतिवेदन उदृत गर्दै सञ्चारमाध्यमहरुले करिव साढे ७ सय सेल अश्रुग्याँस प्रहार गरेको र १९८ राउन ब्ल्यांक राउण्ड फायर भएको विवरण सार्वजनिक भएको भन्दै उनीहरुले घातक हतियारहरुको प्रयोगमा समेत प्रश्न उठाएका हुन् ।

घटनामा ११० राउण्ड गोली चलाएको थियो भने दुई सय राउण्ड रवरको गोली चलेको थियो । त्यसबाहेक नेपाल प्रहरी र शसस्त्रले साढे ९ सय राउण्ड गोली चलाएका थिए । एसएलआर र इन्सासजस्ता घातक हतियारको समेत प्रयोग भएको औल्याउदै उनीहरुले प्रहरीको बल प्रयोगमाथि प्रश्न उठाएका हुन् ।

उनीहरुले विज्ञप्तिमार्फत भनेका छन्, ‘घटनाका सम्बन्धमा उजागर हुँदै गएका तथ्यहरू हेर्दा प्रहरीबाट गरिएको बल प्रयोग ‘आवश्यक’ र ‘समानुपातिक’ थियो भनेर विश्वास गर्न र गृह प्रशासनलाई शंकाको सुविधा दिन सकिने अवस्था देखिँदैन ।’

जवाफदेहिता निगरानी समिति, एम्नेष्टी इन्टरनेशनल नेपाल, एड्भोकेसी फोरम नेपाल र न्याय तथा अधिकार संस्था(जुरी–नेपाल)ले संयुक्त विज्ञप्तिमार्फत न्यायिक जाँचबुझको माग गरेका हुन् ।

‘बल प्रयोग, त्यसको दुष्परिणाम, साथै पत्रकार सुरेश रजकको रहस्यमय मृत्यु र प्रदर्शनकारीबाट भए गरिएका हिंसात्मक कार्यहरूको निष्पक्ष तथा स्वतन्त्र न्यायिक छानबिन अत्यावश्यक देखिएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको सुरक्षाको आशा र भरोसाको केन्द्रमा रहेको प्रहरी संगठन तथा गृह प्रशासनको विश्वसनीयता क्षयीकरण हुन नदिन पनि यस्तो स्वतन्त्र छानबिन अत्यावश्यक भएको छ ।’

यस्ता घटनामा अत्यधिक बल प्रयोग गर्ने काममा संलग्नलाई जवाफदेही बनाउन बल प्रयोगसम्बन्धी कानून ल्याउन विगतदेखि सिफारिस भएपछि त्यसको कार्यान्वयन नभएकोमा उनीहरुले प्रश्न उठाएका छन् ।

चेक अफ कमाण्डमा कानूनसंगत अदोशबाट संगठन चल्नुपर्ने भए पनि दण्डहिताका कारण अत्यधिक बल प्रयोगको प्रवृति नतोडिएको भन्दै उनीहरुले पाथीभरा केवलकार विरुद्धको प्रदर्शन र बालकुमारी घटनामा देखिएका समस्या तीनकुनेमा पनि देखिएको औल्याएको हो ।

उनीहरुले जाँचबुझ आयोगमार्फत घटनाको छानबिन , मानवीय क्षति, आगजनी र तोडफोडका घटनाको सत्यतथ्य छानबिन , बल प्रयोगमा संलग्नको पहिचान गरी जवाफदेहिता सुनिश्चित गर्न र कारवाहीको सिफारिस गर्न माग गरेका छन् ।

प्रदर्शनमा आगजनी, तोडफोड, लुटपाट र आगजनी लगायतका आपराधी क्रियाकलापमा संलग्नलाई कानून बमोजिम अभियोजन नै गर्नुपर्ने भन्दै उनीहरुले तर त्यही बाहनामा अरुलाई अनाहकमा नमुछ्न प्रहरीको ध्यानाकर्षण गराएका छन् ।

‘यही घटनालाई बहाना बनाएर राजनीतिक आस्थाको आधारमा अस्वाभाविक रूपमा राज्यद्रोह वा संगठित अपराधको अभियोजनमा तान्ने कार्य किमार्थ जायज हुँदैन’ उनीहरुले विज्ञप्तिमा भनेका छन्, ‘अनुसन्धान र अभियोजनलाई राजनीतिक आग्रह, पूर्वाग्रह, दबाब र प्रभावबाट मुक्त राख्न पनि हामी माग गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले धरानको खानेपानी समस्याको स्थायी समाधान गरिदिन माग गरेका छन् । उनले आगामी बजेटमा धरानको खानेपानी समस्याको स्थायी समाधानको योजना माग गरेका हुन् । खानेपानीमन्त्री प्रदीप यादवले धरानका नागरिकको वर्षैंदेखिको खानेपानीको समस्या समाधानका लागि पहल भइरहेको बताएका थिए । सोमबार सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा धरान उपमहानगरपालिकाका मेयर राई नेतृत्वको एक प्रतिनिधिमण्डलले ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादी आन्दोलनमा भारतको कुनै समर्थन नरहेको बताएका छन्। गणेशमान सिंह फाउण्डेशनले सोमबार काठमाडौंमा आयोजना गरेको नेपाल भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरले पुर्‍याएको योगदान विषयक गोष्ठीमा देउवाले राजावादी आन्दोलनमा योगी आदित्यनाथको फोटो प्रदर्शन भएपनि भारतीय नेताहरूको राजावादी आन्दोलनमा कुनै समर्थन नरहेको बताए। नेपालको गणतन्त्रमा आफ्नो पूर्ण समर्थन रहेको ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राईसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 'धरानवासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो ...
: विराटनगरका २ वटा घरमा भण्डारण गरेर राखिएको लागुऔषध गाँजा प्रहरीले सोमबार बिहानका राति बरामद गरेको छ। विराटनगर महानगरपालिका–१४ जतुवाका अलगअलग घरबाट ४५ किलोग्राम गाँजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। विराटनगर–१४ जतुवाका १९ वर्षीय भूपेन यादव र ६० वर्षीय छटु यादवको घरबाट गाँजा फेला परेको उनको भनाइ छ। उनका अनुसार ...
: आठबिसकोट नगरपालिका–१२ ठुलीबार्खुमा अवैध रुपमा लगाइएको अफिमका बोटहरू नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार ठुलीबार्खुका आठ स्थानमा फैलिएको करिब पाँच रोपनी क्षेत्रफलमा अवैध रूपमा रोपिएको अफिम खेती नष्ट गरिएको हो। फूल फुलेको अवस्थामा रहेका अफिमका बोटहरू नष्ट गरेको प्रहरीले जनाएको छ। ती बोटहरू गहुँखेतीको बीचमा र ...