मुख्य समाचार
पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै विगतमा मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय नरहेको टिप्पणी
पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै विगतमा मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय नरहेको टिप्पणी

। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै विगतमा मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय नरहेको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले २०८०—०९० दशक विगतमा फालिसकेको पात्र र विषयमा छलफल गरेर बस्ने समय नरहेको जिकिर गरे ।

राजतन्त्रलाई नचाहिने, थोत्रो भएको टिप्पणी गर्दै गइसकेको कुरामा छलफल गर्न जरुरी नरहेको उनको भनाइ थियो ।

‘अबको ८/१० वर्ष भित्रमा यो २०८० देखि ०९० सालसम्मको यो १० वर्ष यो नचाहिने, थोत्रा, गइसकेको, हिजो लगेर एक ठाउँमा मिल्काइसकेको, थन्काइसकेको विषय र पात्रको बारेमा छलफल गरेर टाइम खेर फाल्ने होइन,’ थापाले भनेका छन् ।

अबको एक दशक आइटीको एक्सपर्टलाई ५ गुणा कसरी बनाउने, तलव तीन गुणा कसरी बढाउने ? आइटीको एन्फास्ट्रक्चर कसरी बढाउने भन्ने कुरा बहसको विषय बन्नुपर्ने थापाको भनाइ थियो ।

‘हामीले अब गफ गर्नुपर्ने १० वर्षको विषय भनेको हाम्रो आइटीको एक्सपर्टलाई ५ गुणा कसरी बनाउने, तलब तीन गुणा कसरी बढाउने ? आइटीको एन्फास्ट्रक्चर कसरी बढाउने भन्ने कुरा बहसको विषय बन्नपर्छ,’ थापाले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: विराटनगरका २ वटा घरमा भण्डारण गरेर राखिएको लागुऔषध गाँजा प्रहरीले सोमबार बिहानका राति बरामद गरेको छ। विराटनगर महानगरपालिका–१४ जतुवाका अलगअलग घरबाट ४५ किलोग्राम गाँजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। विराटनगर–१४ जतुवाका १९ वर्षीय भूपेन यादव र ६० वर्षीय छटु यादवको घरबाट गाँजा फेला परेको उनको भनाइ छ। उनका अनुसार ...
: आठबिसकोट नगरपालिका–१२ ठुलीबार्खुमा अवैध रुपमा लगाइएको अफिमका बोटहरू नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार ठुलीबार्खुका आठ स्थानमा फैलिएको करिब पाँच रोपनी क्षेत्रफलमा अवैध रूपमा रोपिएको अफिम खेती नष्ट गरिएको हो। फूल फुलेको अवस्थामा रहेका अफिमका बोटहरू नष्ट गरेको प्रहरीले जनाएको छ। ती बोटहरू गहुँखेतीको बीचमा र ...
: अमेरिकाले निष्कासन गरेका भुटानी शरणार्थीमाथि प्रहरीले छानबिन जारी राखेको छ। अमेरिकाले निष्कासन गरी भुटानको पारो एयरपोर्टमा छोडेका उनीहरूलाई भुटानले लखेटेर भारतीय सिमागाउँ पठाएको थियो। त्यहाँबाट नेपाल प्रवेश गरेका चार जनलाई नेपाल प्रहरीले झापाबाट पक्राउ गरेको थियो। प्रहरीले चैत १६ गते ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी, ३६ वर्षीय रोशन तामाङ र चैत ...
— मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि स्वास्थ्यकर्मीले धर्ना दिएका छन् । सोमबार सिनियर अहेब र अनमि पाँचौँ तह संघर्ष समितिले धर्ना दिएको हो । स्थानीय सेवा गठन तथा सञ्चालन ऐनमा त्रुटि रहेको भन्दै तीन बुँदे संशोधनको माग गर्दै आएका छन् । स्वास्थ्य सेवामा प्रथम विन्दु चौथो तह भएकोले खुल्लाबाट शतप्रतिशत पदपूर्ति हुनुपर्ने, स्थानीय सेवासम्बन्धी ...
— डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आज मध्याह्न साढे १२ बजे आसपासमा बडीकेदार गाउँपालिका–३ देउथानमा मिनी ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ । जनजागरण सामुदायिक वनमा सडेगलेका काठ सङ्कलन गरी नजिकै सेलानेको खोलामा घाटमा गद्दी (जम्मा) गर्न लैजाँदै गरेको बा.प्र. ०३००१ ख २५३ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो । जिल्ला ...