मुख्य समाचार
बेलायतबाट लाखौं टायरहरू रिसाइकल गर्नका लागि भारत पठाउने गरिएको
बेलायतबाट लाखौं टायरहरू रिसाइकल गर्नका लागि भारत पठाउने गरिएको

बेलायतबाट लाखौं टायरहरू रिसाइकल गर्नका लागि भारत पठाउने गरिएको छ । अनि भारतमा ती टायरहरूलाई अस्थायी भट्टीमा पकाउने गरिन्छ ।

बीबीसीका अनुसार भारतमा त्यस्ता टायरहरूको जलनका कारण उत्पन्न हुने प्रदूषणले केवल पर्यावरणमा मात्रै भारी नोक्सान पुर्‍याएको छैन मानव स्वास्थ्यसँग सम्बन्धित गम्भीर समस्याहरू पनि पैदा गरिरहेको छ ।




बेलायतबाट भारतमा निर्यात गरिने अधिकांश बिग्रिएका टायरहरू भारतको ब्लाक मार्केटमा बेचिन्छ र यो कुरा सबैलाई थाहा छ ।

बेलायतमा टायरको रिसाइकल गर्ने एक कारखानाका मालिक इलियट मेसनले भनेका छन्– भारत तथा बेलायतमा पनि यो कुरा कसैलाई थाहा छैन भन्ने मलाई विश्वास छैन ।




बेलायतमा यस उद्योगसँग सम्बन्धित अधिकांश मानिसहरू तथा टायर रिकभरी एसोसिएसन (टिआरए) का अनुसार बेलायतबाट भारतमा पूराना टायरको निर्यात र यस्तो खालको प्रयोगमा ठूलो अपराध भैरहेको छ भन्ने कुरा बेलायत सरकारलाई थाहा छ ।

तर त्यहाँको वातावरण खाद्यान्न तथा ग्रामीण मामिला विभागले चाहीँ बिग्रेका टायरको निर्यातमा उसको नियन्त्रण रहेको र गलत काम गर्नेलाई जरिवाना लगाउने तथा जेल पठाइने दाबी गर्छ । विभागका अनुसार बेलायतमा गाडीको टायर परिवर्तन गर्दा त्यसमा रिसाइकल शुल्क पनि लाग्दछ ।

७० प्रतिशत टायरहरूमा पाइरोलाइसिस प्रक्रिया

सन १९९६ देखि इलिट मेसनको कारखानाले टायरलाई रबरका स–साना टुक्राहरूमा बदल्ने काम गर्दै आएको छ । रबरका टुक्राहरूको प्रयोग प्राय घोड सवार केन्द्रहरू तथा बालबालिकाका खेलमैदानमा भुइँमा राख्नको लागि प्रयोग गरिन्छ ।

बेलायतमा हरेक वर्ष करिब पाँच करोड टायरहरू पुराना भएर प्रयोगहीन बन्दछन् । आधिकारिक तथ्यांक अनुसार त्यसमध्ये करिब साढे २ करोड टायरहरूलाई भारत पठाउने गरिएको छ।

भारत पठाउनु अघि ती पुराना टायरहरूलाई रबरका टुक्रामा परिणत गरिन्छ, जसलाई बेल्स भनिन्छ ।

बेलायतको डीआरएका अनुसार बेलायत तथा विश्वका अन्य देशहरूबाट भारत निर्यात गरिने ७०% टायरहरूलाई अस्थायी भट्टीमा जलाइन्छ । अक्सिजन रहित वातावरणमा करिब ५०० डिग्री सेल्सियसमा ति टायरहरूलाई पकाइन्छ । त्यस लाई पायरोलाइसिस भनिन्छ ।

त्यस प्रक्रियाका क्रममा टायरबाट स्टिल तथा सानो मात्रामा तेल पनि निकालिन्छ । साथै कार्बन ब्ल्याक पनि त्यस क्रममा निस्किन्छ, यो एक प्रकारको धुलो हो । र यसको प्रयोग विभिन्न उद्योगहरूमा गरिन्छ ।

अधिकांश पायरोलाइसिस कारखाना ग्रामीण इलाकाहरूमा रहेका छन् । ती कारखानाहरूबाट खतरनाक ग्यास तथा रसायनहरू निस्किन्छन् ।

बेलायतको आधिकारिक दस्तावेजहरू अनुसार पूराना टायरहरूलाई रिसाइकल गर्नका लागि नै भारत निर्यात गर्ने गरिएको छ । तर त्यसमध्ये अधिकांश टायर रिसाइकल गर्नुको साटो पारोलाइसिस प्लान्टमा पुर्‍याउने गरिएको छ ।

गैरकानुनी तरिकाले चलिरहेका छन अधिकांश कारखाना

टुगेदर विथ सोर्स मेटेरियल्स एक गैरनाफामूलक पत्रकार समूह हो । उनीहरूले बेलायतबाट भारतसम्म टायरहरू ल्याउने यात्रालाई फलो गर्ने कोसिस गर्दछन् ।

हालै उद्योगका एकजना व्यक्तिले नै टायरको खेपमा ट्रयाकर्स जडान गरे। आठ हप्ताको यात्रापछि बेलायतबाट पठाइएका पुराना टायर भारतको बन्दरगाहमा आइपुगे । त्यसपछि ती टायरहरूलाई त्यहाँबाट करिब १३०० किलोमिटरको दूरीमा रहेको एउटा गाउँमा पठाइयो । भारतमा खिचिएको एउटा ड्रोन फुटेजबाट के पत्ता लागेको छ भने ती टायरहरूलाई पाइरोलाइसिस प्रक्रियाका निम्ति ल्याइएको हो र त्यहाँ पहिलेदेखि नै हजारौं टायर रहेका थिए ।

बीबीसीसँगको कुराकानीमा एक कारखानाका प्रतिनिधिले बेलायतबाट ल्याइएका टायरहरू पारोलाइसिस गरिरहेको पुष्टि गरे । तर उनले आफूले कुनै खतरनाक वा गैरकानुनी काम भने नगरिरहेको दाबी गरे ।

पर्यावरणमा काम गर्ने एक वकिलले बीबीसीलाई बताए अनुसार भारतमा करिब २००० पायरोलाइसिस प्लान्ट छन् । उनका अनुसार त्यसमध्ये केही प्लान्टले लाइसेन्स प्राप्त गरेका छन् । तर आधाभन्दा धेरै त्यस्ता कारखनाहरू लाइसेन्स बिना नै गैरकानुनी तरिकाले चलिरहेका छन् ।

बीबीसी भारतीय सेवाको एक टिम मुम्बईको करिब वाडामा रहेको यस्तै खालको एउटा कारखानामा पुग्यो । त्यस क्रममा उक्त कारखानाको आसपासको पानी प्रदूषित रहेको देखियो । यसका अलावा गाउँवासीहरूले तिनै कारखानाका कारण लगातार खोकी लाग्ने तथा आँखामा पनि समस्या देखिएको गुनासो गरे । एकजना प्रत्यक्षदर्शीले भने– हामी चाहन्छौं कि यी कम्पनीहरू हाम्रो गाउँ छाडेर जाउन् । यदि यस्तो भएन भने हामीले ठिकसँग सास पनि फेर्न पाउने छैनौँ ।

विस्फोटपछि बन्द गरी सातवटा कारखाना

इम्पेरियल कलेज लन्डनका वैज्ञानिकले भनेका छन्– जो कामदारहरू यस्तो खालको पायरोलाइसिस कारखानामा काम गर्दछन् उनीहरूमा श्वासप्रश्वास सम्बन्धी समस्या, मुटुसँग सम्बन्धित रोगहरू तथा विभिन्न खालका क्यान्सर हुने खतरा उच्च रहन्छ ।

बीबीसीको टिम बाडा स्थित जुन ठाउँमा पुगेको थियो उक्त ठाउँमा रहेको कारखानामा विस्फोटका कारण यसै वर्ष दुईजना महिला तथा दुई जना बच्चाको ज्यान गएको थियो । उक्त कारखानामा युरोपबाट भारत निर्यात गरिएका टायरहरूको पारोलाइसिस हुने गथ्र्यो ।

उक्त विस्फोटको घटनापछि त्यहाँ एउटा सार्वजनिक बैठक भयो र वाडा जिल्लाका एक मन्त्रीले स्थानीय प्रशासनले त्यस विषयमा कारबाही अघि बढाउने प्रतिबद्धता जनाए । त्यसपछि प्रशासनले सातवटा पारोलाइसिस कारखाना बन्द गर्यो ।

भारत सरकारसँग पनि यस विषयमा जवाफ मागियो ।

मेसन भन्छन् : बेलायतका कैयौ व्यापारीहरू भारतमा टायर पठाउछन्, किनकि त्यसमा नाफा छ ।

बेलायतमै टायर टुक्राउने मेसिनमा लगानी गर्नु निकै महँगो काम हो ।

तर आफू चाहिँ त्यस्तो काम गर्न तयार नरहेको उनी बताउँछन् । उनी चाहन्छन् कि उनको कम्पनीले सही ढंगले आफ्नो काम गरोस र टायरहरूको फोहरलाई सही स्थानमा पुर्‍यओस् । किनकी टायरको थुप्रोलाई त्यसपछि के हुन्छ भन्ने कुरा पत्ता लगाउन मुस्किल हुन्छ ।

यसलाई टी एट एक्जेम्पसन भनिन्छ। यसमा व्यापारीहरूलाई हप्तामा ४० टनसम्म टायर भण्डारण गर्ने छुट प्राप्त हुन्छ । तर केही व्यापारीहरूले पनि त्यो सीमा भन्दा ठूलो परिमाणमा टायर निर्यात गरिरहेको पाइएको छ ।

उता भारत सरकारले भने आधिकारिक रूपमा पारोलाइसिसका लागि टायरको आयातमा रोक लगाएको छ । तर भारतमा यसरी पूराना टायर निर्यात गर्ने बेलायती कम्पनीहरू धेरै छन् र यो व्यवसायसँग जोडिएका बेलायतका ९० प्रतिशत मानिसहरूले भारतमा यसरी टायर निर्यात गरिरहेका छन् ।

उनीहरू भन्छन्– भारत पुगेपछि ती टायरहरूलाई के गरिन्छ भन्ने कुरा उनीहरूको नियन्त्रणमा रहँदैन ।

बेलायतको वातावरण खाद्यान्न तथा ग्रामीण मामिला विभाग डेफ्राका अधिकारीका अनुसार बेलायत सरकारले फोहोरमा दिइरहेको छुटमाथि पुनर्संरचना गर्ने बारेमा विचार गरिरहेको छ।

डेफ्राका प्रवक्ताका अनुसार सरकार खुला अर्थतन्त्रका लागि प्रतिबद्ध छ। साथै सरकार पर्यावरणको संरक्षण गर्दै यस्तो भविष्य चाहन्छ कि जहाँ स्रोतलाई लामो समयसम्म प्रयोग गर्न सकियोस् ।
सन २०२१ मा अस्ट्रेलियाको सरकारले त्यस्ता पुराना टायरहरूको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

फाइटिङ डर्टीका संस्थापक जियोजिया इलिट स्मिथका अनुसार भारतमा पायरोेलाइसिसका लागि टायरहरूको निर्यातको विषय ठूलो समस्या बनेको छ र बेलायतको सरकारले यो समस्याको सम्बोधन गर्नैपर्छ ।

त्यसैले टायरलाई खतरनाक फोहोरको रुपमा पुनः परिभाषित गरियोस् भन्ने उनको चाहना छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित मार–ए–लागो रिसोर्टमा सुरक्षा घेरा तोड्ने युवक गोली हानी मारिएको छ। अमेरिकी सुरक्षाकर्मीले अनुसार आइतबार बिहान करिब १:३० बजेतिर ट्रम्पको निवास प्रवेश गरेका २१ वर्षीय अस्टिन टकर मार्टिन अमेरिकी सुरक्षाकर्मीले गोली हानी हत्या गरेका हुन् । उनी नर्थ क्यारोलिनाका बासिन्दा हुन् । घटना हुँदा राष्ट्रपति ट्रम्प वासिङ्टन डीसीमा थिए भने ...
: इरानमा विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुले सरकारको विरुद्धमा व्यापक प्रदर्शनी गरेका छन्। यो पछिल्ला महिनामा भएको घातक दमन पछिको पहिलो ठूलो स्तरको प्रदर्शन हो। बिबिसीका अनुसार तेराहनको शरीफ विश्वविद्यालयको परिसरमा शनिबार सयौं विद्यार्थीहरुले प्रदर्शनी गरेका थिए। शान्तीपूर्ण रुपमा प्रदर्शनी सुरु भएपनि पछि विद्यार्थी र सरकार समर्थकहरूबीच झडप पनि भएको थियो । धेरै विद्यार्थीहरू इरानी राष्ट्रिय झन्डा बोकेर ...
: पाकिस्तानले अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा हवाई हमला गरेको छ । यस कदमलाई हालै इस्लामाबादको शिया मस्जिदमा भएको आत्मघाती बम विस्फोट र अन्य सुरक्षा हमला घटनाहरूको जवाफ स्वरूप उठाइएको बताइएको छ। पाकिस्तानी सेनाका अनुसार यस आक्रमणले सशस्त्र समूहहरूसँग सम्बन्धित सात शिविर र लुकेका ठाउँहरुलाई लक्षित गरेको थियो। ती समूहहरूले हालैका आतंककारी गतिविधिहरूको योजना बनाएको र तालिम तथा ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा जाने भएका छन्। उनी मार्च ३१ देखि अप्रिल २ सम्म चीनको भ्रमणमा रहने ह्वाइट हाउसले जानकारी दिएको छ। समाचार संस्था रोयटर्सका अनुसार व्यापार युद्धका कारण दुई देशबीचको सम्बन्धमा चिसोपन आएपछि ट्रम्पले चीनको भ्रमण गर्न लागेका हुन्। चीन भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले चिनियाँ समकक्षी सी जिन्पिङसँग पनि भेटवार्ता गर्ने छन्। यसअघि ...
— सोमालिल्यान्डको राष्ट्रपति कार्यालयका मन्त्री खादर हुसेन अब्दीले अमेरिकालाई खनिज र सैनिक अखडामा पहुँच दिन तयार रहेको बताएका छन् । ‘हामी अमेरिकालाई हाम्रा खनिजहरूमा पहुँच दिन इच्छुक छौं । त्यस्तै अमेरिकाले हाम्रा सैन्य अखडा प्रयोग गर्नसक्छ,’ एएफपी समाचार एजेन्सीसँगको अन्तर्वार्तामा मन्त्री हुसेनले भने । अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नका लागि यस्तो सहमति गर्न तयार रहेको उनले बताए ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम