मुख्य समाचार
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता हुने
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता हुने

। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार ह्वाइट हाउसमा भेटवार्ता हुने भएको इजरायलको सरकारी स्वामित्वको कान टिभी न्यूजले शनिबार जनाएको छ ।

इजरायली स्रोतलाई उद्धृत गर्दै उक्त च्यानलले भनेको छ, ‘दुई नेताले संयुक्त राज्य अमेरिकाले सबै व्यापारिक साझेदारहरूमाथि ट्रम्पको तथाकथित ‘पारस्परिक कर’ नीतिको एक भागको रूपमा इजरायली सामानहरूमा लगाएको १७ प्रतिशत अतिरिक्त करको बारेमा छलफल गर्ने अपेक्षा गरिएको छ ।




इजरायली समाचार वेबसाइट वालाका अनुसार नेतन्याहू हङ्गेरीको भ्रमणपछि आइतबार बुडापेस्टबाट सीधै अमेरिका प्रस्थान गर्ने योजना छ ।

यद्यपि ह्वाइट हाउसको भ्रमण इजरायली अदालतले उनको भ्रष्टाचारको मुद्दाको आगामी सुनुवाइ स्थगित गर्न अनुमति दिएपछि हुन लागेको हो ।




ट्रम्पको घोषणाको अघिल्लो दिन इजरायलले संयुक्त राज्य अमेरिकाबाट आयात हुने सबै करहरू हटाएको थियो, तर यो कदमले ट्रम्पलाई इजरायलमाथि कर लगाउनबाट रोक्न सकेन।

करको मुद्दाका अतिरिक्त दुई नेताले इरानसँगको आणविक सङ्कट र गाजामा जारी द्वन्द्वबारे पनि छलफल गर्ने अपेक्षा गरिएको छ । एएफपी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: चीनको राजधानी बेइजिङमा भारी वर्षा र बाढीका कारण करिब ३० जनाको मृत्यु भएको छ। शनिबारदेखि सुरू भएको वर्षाका कारण अहिलेसम्म ८० हजार बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। बाढी पहिरोमा परी केही मानिस बेपत्ता भएको जनाइएको छ। मंगलबार दिउँसोसम्म भारी वर्षा जारी रहने अनुमान गरिएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले बाढीमा बेपत्ता भएका ...
: दक्षिण-पूर्वी युक्रेनको सीमावर्ती क्षेत्रमा रहेको जेलमा रुसी हवाई आक्रमणबाट १७ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्। क्षेत्रीय नेता इभान फेडेरोभले जापोरिजियामा रातभर भएको आक्रमणले नजिकैका घरहरूमा पनि क्षति पुर्‍याएको बताएका छन्। यस अवधिमा रुसी सेनाले हवाई ग्लाइड बम प्रयोग गरी आठ पटक आक्रमण गरेका गरेको युक्रेनी अधिकारीहरूले बताएका छन्। युक्रेनी राष्ट्रपति ...
। रुसको सुदूरपूर्वी तटमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थान (USGS) ले बुधबार यो जानकारी दिएको हो । यसअघि भूकम्पको तीव्रता ८ म्याग्निच्युड अनुमान गरिएको थियो, जसलाई पछि बढाएर ८.७ बनाइएको हो । USGS का अनुसार भूकम्प रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की सहरबाट करिब १३६ किलोमिटर (८५ माइल) टाढा र १९ किलोमिटर गहिराइमा गएको हो ...
। अमेरिकाको न्यूयोर्कस्थित म्यानह्याटनको मिडटाउनमा भएको गोलीकाण्डमा प्रहरी अधिकृतसहित ४ जनाको मृत्यु भएको छ । गोली चलाउने २७ वर्षीय युवकले आफैंलाई पनि गोली हानेका छन् । ती युवक लासभेगासका रहेको प्रहरीले जनाएको छ । प्रहरीले सार्वजनिक गरेको फोटोमा उनी लामो बन्दुक बोकेर भवनभित्र छिर्दै गरेको देखिन्छ । प्रत्यक्षदर्शीका अनुसार उनी भवनको लबीमा पुग्नासाथ अन्धाधुन्द गोली चलाउन ...
। युक्रेनमा रुसी हमलामा कम्तीमा २० जनाको मृत्यु र ४० जनाभन्दा बढी घाइते भएको क्षेत्रीय अधिकारीहरूले मङ्गलबार बताएका छन् । सैन्य प्रशासनका प्रमुख इभान फेडोरोभका अनुसार रूसले जापोरिझिया क्षेत्रमा जेल लक्षित आक्रमण गरेको थियो । ‘१६ जनाको मृत्यु भएको छ, ३५ जना घाइते भएका छन्, परिसर ध्वस्त भएको र नजिकैका घरहरू क्षतिग्रस्त भएको उल्लेख गर्दै उनले टेलिग्राममा ...