मुख्य समाचार
कुलमान घिसिङलाई पुनर्बहालीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलीमा प्रदर्शन
कुलमान घिसिङलाई पुनर्बहालीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलीमा प्रदर्शन

। कुलमान घिसिङलाई नेपाल विद्यु्त प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहालीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलीमा आइतबार प्रदर्शन भएको छ ।

कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिको अगुवाइमा विरोध प्रदर्शन भएको हो । विरोध प्रदर्शनमा सहभागीहरूले ‘प्राधिकरणमाथिको राजनीति बन्द गर, ‘देशको शान कुलमान घिसिङ’, लगायतका प्लेकार्ड बोकेका थिए भने ‘उज्यालो नेपालका नायक कुलमान घिसिङ’ टिसर्ट लगाएका थिए ।

सहभागीहरू तामाङ पोशास, नेवारी पोशाक, डम्फू र झाक्रीको पोशाकमा प्रदर्शनमा उत्रिएका थिए ।

कुलमान घिसिङलाई अपमानित ढंगले बर्खास्त गरिएको भन्दै सरकारको उक्त निर्णयविरुद्ध प्रदर्शन भएको हो ।

११ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।

आफूलाई अवैधानिक तरीकाले हटाइएको भन्दै सरकारको त्यो निर्णयको विरुद्धमा घिसिङले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले आफूलाई तत्काल पुनर्स्थापना गर्न अन्तरिम आदेश माग गरे पनि सर्वोच्च अदालतको संयुक्त इजलासले शुक्रबार त्यस्तो आदेश दिन अस्वीकार गरेको थियो ।

कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिको नाममा आह्वान भएको आन्दोलनमा नेपाल राष्ट्रिय कर्मचारी संगठन, तामाङ संघलगायत संघसंस्था सहभागी छन् ।

सर्वोच्चले अन्तरिम आदेश नदिएपछि घिसिङले २२ चैतमा पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिबाट राजीनामा दिएका केसरजंग बरालले राजीनामा आफैंले लेखेको तर निजी सचिवले गएर बुझाएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले राजीनामामा सनाखत नभएको बताएपछि बरालले आफैंले राजीनामा लेखेको बताएका छन् । ‘मेरै हातले लेखेर मेरो सचिवले गएर १५ चैतमा राजीनामा बुझएका हुन्,’ बरालले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्री कार्यालयको सचिवसँग हिजो र आज कुरा भएको ...
। शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई पुनः वार्तामा बोलाएको छ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० प्रतिनिधिसभामा पेश भइसकेको भन्दै शिक्षासँग सम्बन्धित माग राख्दै आन्दोलनमा रहेका शिक्षक तथा कर्मचारीहरूलाई शिक्षा मन्त्रालयले फेरि वार्ताका लागि बोलाएको हो। यसअघि मन्त्रालयले चैत २१ र २२ गते छलफल र परामर्शका लागि आन्दोलनरत पक्षहरूलाई बोलाएको थियो । यद्यपि, आन्दोलनरत ...
। सस्तो भाडा दरमा उडान गर्ने भारतको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी स्पाइस जेटले पाँच वर्षपछि पुनः नेपाल उडान गर्ने भएको छ । स्पाइस जेटले २७ वैशाख २०८२ (१० मे २०२५) देखि नेपालका लागि दैनिक एक उडान गर्ने तालिका सार्वजनिक गरेको छ । स्पाइस जेटको नेपालका लागि ‘जनरल सेल्स एजेन्ट’ (जीएसए) मा हिमालयन ग्लोबल ट्राभल सर्भिसेस प्रालि नियुक्त ...
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजतन्त्रले नेपालमा कहिल्यै पनि सत्कर्म नगरेको बताएका हुन् । मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टीको वृहत् जागरणसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले त्यसैको परिणाम आज पनि नेपाली जनताले भोगिरहनु परेको बताए । नेपाली राजतन्त्रको इतिहासमा पृथ्वीनारायण शाह र बहादुर शाहबाहेक अरू कसैले सत्कर्म नगरेका उनको भनाइ छ । ‘गाउँघरमा एउटा भनाइ छ– मान्छेले ...
शिक्षक महासंघ आन्दोलनको समीक्षा बैठकमा, वार्ताबारे धारणा बनाउने