मुख्य समाचार
नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा
नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा

। काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरिएको हो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले देशभरका सबै विद्यालयहरु बन्द गरी काठमाडौंको सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गरेका छन् ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु २०८१ माघ २० गदेखि निरन्तर आन्दोलनमा छन् ।

यसैक्रममा उनीहरुले चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले यसलाई शिक्षा ऐन जारी गराउने सवालमा ‘अन्तिम र निर्णायक आन्दोलन’ भनेका छन् ।

नेपाल शिक्षक महासंघको राष्ट्रिय समितिको विज्ञप्तिमा लेखिएको छ, ‘यो आन्दोलनलाई सशक्त बनाउन २०८१ चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरिएको छ । अब देशभरको सबै विद्यालय बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनिवार्य आउन हामी सबै शिक्षक–कर्मचारी साथीहरुलाई आग्रह गर्दछौं ।’

महासंघले आन्दोलनको अवधिमार उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन पनि आग्रह गरेको छ ।

शिक्षकहरूले माग पूरा नभएसम्म उत्तरपुस्तिका परीक्षण नगर्ने घोषणा गरेपछि एसईई नतिजा प्रकाशन तयारीमा ढिलाइ हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विद्यालय शिक्षा विधेयकको माग गर्दै काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलनप्रति गोरखाका स्थानीय तहहरूले ऐक्यबद्धता जनाएका छन् । सोमबार जिल्लाका ११ वटै स्थानीय तहका अध्यक्षहरूले संयुक्त विज्ञप्ती जारी गर्दै शिक्षकहरू को माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । संसदमा दर्ता भएको शिक्षा विधेयकलाई नजर अन्दाज गरी अकस्मात संसद् अधिवेशन अन्त्य गर्नु राज्यले शिक्षा क्षेत्रलाई नै अवमुल्यन र ...
। काठमाडौंको तीनकुनेमा १५ चैतमा भएको प्रदर्शनमा तोडफोड र आगजनी भएपछि मंगलबार बल्खु क्षेत्रका व्यवसायीहरूले सटर बन्द गरेका छन् । राजावादी प्रदर्शन उग्र बनेपछि व्यक्तिको सटर, घर तथा पसलमा तोडफोड र आगजनी भएको थियो । बल्खु क्षेत्रमा पनि त्यस्तै प्रकृतिको घटना हुनसक्ने भन्दै व्यवसायीहरूले भने पसल नै बन्द गरेका छन् । तर बल्खुको प्रदर्शन भने आज शान्तपूर्ण रह्यो ...
। प्रारम्भिक बालविकास (ईसीडी) दुई वर्षको बनाउने सहमति भएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिले विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफलको क्रममा इसीडीलाई दुई वर्षको बनाउने सहमति जुटाएको हो । ‘ईसीडीका कर्मचारी-सजजकर्ता विद्यालय मातहत रहन्छ । दुई वर्षको बनाउने सहमति जुटेको छ,’ समितिका एक सदस्यले भने । अनिवार्य तथा नि:शुल्क शिक्षा ऐनले इसीडी १ ...
। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिबाट राजीनामा दिएका केसरजंग बरालले राजीनामा आफैंले लेखेको तर निजी सचिवले गएर बुझाएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले राजीनामामा सनाखत नभएको बताएपछि बरालले आफैंले राजीनामा लेखेको बताएका छन् । ‘मेरै हातले लेखेर मेरो सचिवले गएर १५ चैतमा राजीनामा बुझएका हुन्,’ बरालले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्री कार्यालयको सचिवसँग हिजो र आज कुरा भएको ...
। शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई पुनः वार्तामा बोलाएको छ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० प्रतिनिधिसभामा पेश भइसकेको भन्दै शिक्षासँग सम्बन्धित माग राख्दै आन्दोलनमा रहेका शिक्षक तथा कर्मचारीहरूलाई शिक्षा मन्त्रालयले फेरि वार्ताका लागि बोलाएको हो। यसअघि मन्त्रालयले चैत २१ र २२ गते छलफल र परामर्शका लागि आन्दोलनरत पक्षहरूलाई बोलाएको थियो । यद्यपि, आन्दोलनरत ...